Skip to main content

Posts

द्वन्द्वसँग सम्बन्धित बेपत्ता पार्ने कार्यबाट पीडितहरूलाई सहयोग गर्न

राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूद्वारा बर्दिया भ्रमण काठमाडौं, २४ मंसिर । बर्दिया जिल्लामा भएको द्वन्द्वसँग सम्बन्धित बेपत्ता पार्ने कार्यसम्बन्धी उच्चायुक्तको कार्यालयको प्रतिवेदन प्रकाशित भएको एक वर्षपछि अस्ट्रेलिया, डेनमार्क, फिनल्यान्ड, युरोपेली सङ्‍घ, फ्रान्स, जर्मनी, नर्वे, स्विट्जरल्यान्ड, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका तथा उच्चायुक्तको कार्यालयको प्रतिनिधित्व गर्ने ११ विदेशी कूटनीतिज्ञहरूले द्वन्द्वसँग सम्बन्धित बेपत्ता पार्ने कार्यको दृढ समाधानका लागि वकालत गर्ने प्रयासस्वरूप सो जिल्लाको भ्रमण गरे। बर्दिया जिल्लामा सन् २००१ देखि २००४ सम्म कम्तीमा १७० जना बेपत्ता पारिएका थिए। बर्दियामा बेपत्ता पार्ने कार्यबाट पीडितहरूलाई नेपाली तथा अन्तर्राष्ट्रिय कानुनको स्पष्ट विपरीत हुनेगरी उचित कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरी राख्‍नुका साथै शारीरिक तथा मनोवैज्ञानिक यातना दिइएको र धेरैलाई मारिएको अनुमान गरिएको छ। ती घटनाहरूलाई उच्चायुक्तको कार्यालय तथा राष्ट्रिय मानवअधिकार आयोगद्वारा राम्रोसँग अभिलेखन गरिएको भए तापनि र नेपालको सर्वोच्च अदालतले सन् २००७ मा गरेको आदेशका बाब...

आजदेखि अनिश्चितकालको लागि भाजेपुरा क्षेत्रको उद्योगहरु बन्द

वीरगंज, २४ मंसिर । नेशनल मेडिकल कलेजको विवादलाइ लिएर अखिल नेपाल ट्रेड युनियन महासंघले घोषणा गरेको भोजपुरा क्ष्ँेत्रका सम्पुर्ण उद्योग, कलकारखाना बन्द भएपछि बारा-पर्साको औद्योगिक क्षेत्र ठप्प भएको छ। आज बीरगंज पथलैया क्षेत्रको औद्योगिक कोरिडोरको छातापिपरा देखि पिपरा सिमरा सम्मको कलकारखानाहरु माओवादीका भातृ संगठन भोजपुरा राज्य समितिका कार्यकर्ताले बन्द गराएको छन्। नेशनल मेडिकल क्लेज बीरगंजमा ब्यवस्थापन पक्षले कर्मचारी माथि दमन गरेको आरोप लगाउदै ट्रेड युनियनले आज भोजपुरा क्षेत्रको उद्योग तथा कलकारखाना बन्दको घोषणा गरेको हो।

गणराज्य घोषणा गरे सरकार चुप लाग्दैन ः ओली

काठमाडौं, २४ मंंसिर । नेकपा एमालेका प्रभावशाली नेता केपी ओलीले माओवादीले गणराज्य घोषणा गरे सरकार चुप लागेर नबस्ने बताएका छन् । माओवादीलाई हामीले धेरै छुट दिइसक्यौं, बुधबार रिपोर्र्टर्स क्लबको साक्षात्कार कार्यक्रममा ओलीले भने, अब गणराज्य घोषणा कार्यक्रम फिर्ता नलिए सरकार चुप लागेर बस्दैन । नेता ओलीले माओवादी आन्दोलनलाई अराजक गतिविधिको संज्ञा दिए । 'पृथ्वीवासीलाई ग्लोबल वार्मिङले गरेको असरभन्दा बढी छटपटी माओवादीलाई परेको छ,' माओवादी आन्दोलनप्रति कटाक्ष गर्दै उनले भने, 'त्यसैले संविधान बनाउने विषयलाई छाडेर वन फँडानीतर्फलागेको हो ।' माओवादीले जति फजुल कुरा पशुपतिका गजेडीले पनि नगर्ने ओलीको भनाइ थियो ।

हतियार देखाई लुटपाट

बीरगंज २४ मंसिर/ अज्ञात लुटेरा समूहले दुइ व्यक्तिलाइ लुटपाट गरेको छ। गए राति पर्साको बैरिया बिर्ता - सिमरवानी नहरको बाटोमा दुइ लुटेराले बसन्तपुर-२ निवासी भुपेशवर साह र २ जना बटुवाको साथमा रहेको मोवाइल २ थान, मोटरसाइकल र २२ हजार नगद लुटेको प्रहरीले जनाएको छ। यसैगरी बारा, सिमरा रोलिङ मिल्समा गए राति अज्ञात समूले लुटपाट गरेको छ। मास्क लगाएर करिब दश जनाको संख्यामा आएका लुटेराहरुले चौकिदारलाई नियन्त्रणमा लिइ मोटर पम्प २ थान, साइकल २ थान, मोबाइल २ थान र ट्रान्सर्फमरमा लाग्ने तार लुटी लगेका हो।

आर्थिक हिनामिना गरेपछि अध्यक्ष लामिछाने निलम्बित

बारा, २४ मंसिर । आर्थिक हिनामिना गरेको आरोपमा प्ररायु संघ नेपाल कलैया नगरकमिटीका अध्यक्ष मोहन लामिछाने निलम्बनमा परेका छन्। आज बाराको कलैयामा सम्पन्न नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल, बारा जिल्लाको सचिवालय वैठकले यस्तो निर्णय गरेको हो। प्ररायु संघको आउने पुस ११-१३ गते हुने केन्द्रीय अधिवेशनको लागि बैठकले विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरेको प्राप्त जानकारीमा उल्लेख छ।

अनिश्चितकालीन उद्योग, कलकारखाना बन्दविरुद्ध वीउवासंघद्वारा नो वर्क नो पे सिद्धान्त

वीरगंज, २४ मंसिर । एकीकृत नेकपा माओवादी सम्बद्ध भोजपुरा राज्य समितिले आजदेखि अनिश्चितकालका लागि भोजपुरा क्ष्ँेत्रमा रहेको सम्पूर्ण उद्योग, कलकारखाना बन्द गर्ने घोषणाप्रति वीरगंज उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आज वीउवासंघले एक प्रेस विज्ञप्ति जारी गरी उद्योग बन्द भएको मितिदेखि नो वर्क नो पेयको सिद्धान्त अनुसार मजदूर, कर्मचारीलाई पारिश्रमिक नदिन उद्योग बाध्य हुने उल्लेख छ। उद्योग, कलकारखाना बन्द भएपछि श्रमिकको रोजगारी र उद्योगको उत्पादन नै ठप्प भइ राष्ट्रिय अर्थतन्त्रमा नै प्रतिकूल प्रभाव पर्न जाने देखिएकोले हुंदा उद्योग कलकारखानामा गरिएको बन्द कार्यक्रम यथाशीघ्र फिर्ता लिन सम्बन्धित पक्षसंग वीउवासंघले अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ। नेशनल मेडिकल कलेजमा आन्दोलनरत मजदूरहरुको विवादलाइ लिएर माओवादीले आजदेखि भोजपुरा क्ष्ँेत्र अन्तर्गतका सम्पूर्ण उद्योग, कलकारखाना अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेको हो।

बाघलाइ ढुंगा लाग्दा ठहरै

रसुवा, २४ मंसिर । गोठमा बाघ आएपछि एक व्यक्तिले ढुंगा प्रहार गरी बाघको हत्या गरेको छ। गए राति दुइ बजे थेचुङ -७ निवासी मानबहादुर गोलेको गोठमा आएको बाघलाई देखेपछि गोलेले ढुंगा प्रहार गरेपछि बाघको टाउकोमा नै लागेको थियो। ढुंगा लागेर बाघको घटनास्थलमै मृत्यु भएपछि सेनाले आवश्यक अनुसन्धान गरिरहेको छ।