Skip to main content

आर्थिक हिनामिना गरेपछि अध्यक्ष लामिछाने निलम्बित

बारा, २४ मंसिर । आर्थिक हिनामिना गरेको आरोपमा प्ररायु संघ नेपाल कलैया नगरकमिटीका अध्यक्ष मोहन लामिछाने निलम्बनमा परेका छन्।
आज बाराको कलैयामा सम्पन्न नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल, बारा जिल्लाको सचिवालय वैठकले यस्तो निर्णय गरेको हो।
प्ररायु संघको आउने पुस ११-१३ गते हुने केन्द्रीय अधिवेशनको लागि बैठकले विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरेको प्राप्त जानकारीमा उल्लेख छ।

Comments