Skip to main content

Posts

बारामा हतियारसहित दुइ पक्राउ, पर्सामा बम विस्फोट

वीरगंज, २७ मंसिर। हतियारसहित बारामा दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ। आज बिहान बिहान साढे सात बजे बाराको अमरपट्टी-५ बाट सशस्त्र प्रहरी बलले हतियारसहित सोही ठाउं बस्ने बर्ष ४० को बिश्वनाथ साह र बर्ष २३ को अनसिकलाल यादवलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट कटुवा पेस्तोल थान १, सोको गोली ३ राउण्ड र सकेट बम १ थान फेला परेको र हाल दुवैलाइ जि.प्र.का. बारामा राखिएको प्रहरीले जनाएको छ। बरामद गरिएको सो सकेट बम आज बिहान पौने बारह बजे डिस्पोज गरिएको थियो। यसैगरी गए राति साढे दश बजे पर्साको बिरुवागुठी ४ स्थित मेरो मोवाईलको टावरको गेटमा अज्ञात समूहले सुतली बम विस्फोट गराएको छ। ४/५ नकाबधारीले पालेलाई डोरीले बांधेर सुतली बम विस्फोट गराएपछि कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

गहुंको बिउमा मूल्यवृद्धि, कृषकहरू मर्कामा

-अजय यादव बारा, २७ मंसिर। गहुंको बिउको मूल्यमा वृद्धि भएपछि बाराका किसानहरू मर्कामा परेका छन्। बारामा अहिले धमाधम गहुं र्छर्ने काम भइरहेको छ। तर जिल्ला कृषि विकास कार्यालयले किसानहरूको गुनासोउपर ध्यान नपुर्‍याएको किसानहरूले बताएका छन्। बाराको सदरमुकाम कलैयामा बिउ खरिद गर्नको लागि ग्रामीण भेगबाट किसानहरूको घुंइचो लागेको छ। कलैयाका बिज भण्डार संचालकहरू मौकामा चौका हानिरहेको कुरा कलैया-१३ बस्ने रामबाबु महतोले राष्ट्रिय दैनिकलाई बताए। उहांले भन्नुभयो- यस विषयतर्फकसैको ध्यान नगएको हुनाले किसानहरू मर्कामा परेका छन् । यता राष्ट्रिय बिउ विजन हेटौडाले गहुंको बिउ उपलब्ध गराउंदै आइरहेको बताइएको छ। बिउ बिजन हेटौडाले प्रति केजी ३४.५० मा गहुंको बिउ उपलब्ध गराउंदै आइरहेको छ भने त्यसमा पनि व्यापारीहरूले ६ प्रतिशत छुट पाउंछन्। कलैयाको दही बजार नजिकै रहेको राज बिज भण्डारका संचालक राजा साहले बताउनुभयो- जिल्ला कृषि विकास कार्यालय बाराले गहुंको बिउ व्यापारीलाई उपलब्ध गराउन नसकेकोले हामीहरू प्रति केजी रू ४१ रूपैयांदेखि ४३ रूपैयांसम्म बेचिरहेका छौं। यता किसानहरूको ढाड सेकाउने गरी मूल्य वृद्धि गरेपछि गाविस म...

वीरगंज बजार बन्द, ढुवानी ठप्प

वीरगंज, २७ मंसिर । कैरियसको कर्मचारीको हत्याको विरोधमा अनिश्चितकालीन बीरगंज बजार बन्दको दोश्रो दिन पनि प्रभावित रहयो। वीरगंज उद्योग वाणिज्य संघ एवं ट्रान्सपोर्ट एसोसिएसन पर्साले गठन गरेको अपराध प्रतिकार संघर्ष समितिले आह्वान गरेको अनिश्चितकालीन ट्रान्सपोर्ट, यातायात, बजार बन्द भएको छ। मंसिर २५ गते अपराधीहरुले गोली प्रहारबाट पशुपति ट्रान्सपोर्टका आदर्शनगरका कर्मचारी राजेश्वर दुबेको मृत्यु भएको थियो। पेट्रोलियम पदार्थको ट्याकंर बाहेक सम्पुर्ण ढुवानी बन्द गरिएको संघर्ष समितिले जनाएको छ। यसैवीच अनिश्चितकालीन आन्दोलन यथावत रहेको संघर्ष समितिले प्रेस विज्ञप्तिमार्फ जनाएको छ। दोषीलाई अविलम्ब कारबाही मृतकलाई शहीद घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने लगायत ५ वटा मांग राखी आन्दोलन जारी राखेको संयोजक हरिन्द्र साहले बताए।

समाजवादी पार्टीको धर्ना सम्पन्न

वीरगंज, २७ मंसिर । समाजवादी पार्टी पर्साको दुइ दिने धर्ना कार्यक्रम सम्पन्न भएको छ। उपराष्ट्रपति परमानन्द झाको ससम्मान पुनरबहालीको मांग गर्दै हिजोदेखि सुरु भएको धर्ना आज सम्पन्न भएको महासचिव नन्दन यादवले बताएका छन्।

द्वन्द्वसम्बन्धी महासचिवका विशेष प्रतिनिधिले नेपाल भ्रमण गर्ने

वीरगंज, २७ मंसिर। माओवादी सेनाको शिविरहरूबाट नाबालिगहरूको बिदाइलाई अन्तिम रूप दिन बालबालिका तथा सशस्त्र द्वन्द्वसम्बन्धी महासचिवका विशेष प्रतिनिधिले नेपाल भ्रमण गर्ने भएको छ। आज प्राप्त एक प्रेस विज्ञप्ति अनुसार बालबालिका तथा सशस्त्र द्वन्द्वसम्बन्धी महासचिवका विशेष प्रतिनिधि राधिका कुमारा स्वामीले २००९ डिसेम्बर १४ देखि १७ सम्म नेपालको भ्रमण गर्दै हुनुहुन्छ। भ्रमणको मुख्य उद्देश्य सन् २००७ मा संयुक्त राष्टूसंघको अगुवाइमा सम्पन्न प्रमाणीकरण प्रव्रिmयामा नाबालिगका रुपमा प्रमाणीत माओवादी सेनाका करिब ३,००० जना सदस्यको बिदाइको प्रगतिको सुनिश्चितता गर्नु हो। प्रमाणीकरण प्रव्रिmया सम्पन्न भए लगत्तै ती सबै बालबालिकाहरूलाई बिदाइ गरिनु पर्ने थियो र यसका लागि सुरक्षापरिषद्ले बारम्बार आव्हान गर्दै आएको थियो। आफनो भ्रमणका व|mममा अन्तर्रर्ााटूय मापदण्डअनुरूप नाबालिगहरूको बिदाइसम्बन्धी समयसीमा तोकिएको कार्ययोजनामा हस्ताक्षरका व|mममा आफू साक्षीका रूपमा उपस्थित हुने कुरामा कुमारास्वामी आशावादी हुनुहुन्छ। एनेकपा -माओवादी) द्वन्द्वमा बालबालिका भर्ती र उनीहरुको प्रयोग गर्ने पक्षको रुपमा बालबाल...

नेपाल जान टिकट नभए पछि जेलमै

-सुन्दर आले, मलेसिया, सेरेम्बान/मलेसियन अध्यागमन बिभागले तोकि दिएको तीन महिना जेल सजाय काटेर क्याम्पमा आई पुगेका निरज रोका टिकटका कारण अझै पनि जेलमै बस्न बाध्य छन्। रोकाको घरको अवस्था नाजुक भएपछि घरबाट टिकटको लागि पैसा पठाउन सक्ने अबस्था समेत छैन। नेपाल कसरी र कहिले जाने भनि उनी अन्योलमा छन्। घर पर्ठाई दिने र टिकट को व्यवस्था गरिदिने मलेसियामा केही नभएको बताउछन् उनी। अहिले सेरेम्बान लिङकिङ क्याममा जेल जीबन बिताईरहेका छन्। उनको जेल बोडी नम्बर २४३२८ हो। रोका रोल्पा स्थायी बासिन्दा हुन्। उनका परिवार अहिले काठमाडौंमा बस्दैआएका छन्।

एक वर्षअघि देखि लापत्ता

सुन्दर आले, मलेसिया, क्वालालम्पुर/रोजगारिको सिलसिलामा कफि केर्डाईर् इपोमा आएका कृष्ण नेउपाने बिगत एकवर्षअघिदेखि सर्म्पर्क बिहिन छन्। नेउपानेलाई मानसिक असन्तुलनको कारण देखाई कम्पनिले घर पठाउन केएलआईए एरपोर्ट पुर्‍याएको र नेउपाने एरपोर्टबाट भागे पछि सर्म्पर्कबिहिन भएको कम्पनिले जानकारी दिएका छ। नेउपाने अप्रिल चार तारिख २००८ मा मलेसिया आएका थिए्। आउको सात महिना पछि डिसेम्वार एक तारिख उनीमा मानसिक असन्तुलन भएको भनि नेपाल फर्काउने अन्तिम तयारी हुदा“ सर्म्पर्कबिहिन भएको हो। डिसेम्बर पन्ध्र तारिख २००८ मा पुलिस रिपोर्ट गरिएको थियो। बिमान एरलाईन्सको सिट नं ८७ टिकट लिएका कृष्ण नेपाल नगई एयरपोर्टबाट नै भागेको भनिए पनि आधिकारीक के हो अहिलेसम्म खुल्नसकेको छैन्। बेपत्ता कृष्णर् इनरुवा नगरपालिका वडा नं. ९ का स्थाई बासिन्दा हुन। नेउपानेको खोजि र आधिकारिक जानकारीका लागी बिभिन्न संघ सस्थास“ग उनका परिवारले अनुरोध गरेका छन्।