Skip to main content

नेपाल जान टिकट नभए पछि जेलमै

-सुन्दर आले, मलेसिया, सेरेम्बान/मलेसियन अध्यागमन बिभागले तोकि दिएको तीन महिना जेल सजाय काटेर क्याम्पमा आई पुगेका निरज रोका टिकटका कारण अझै पनि जेलमै बस्न बाध्य छन्।
रोकाको घरको अवस्था नाजुक भएपछि घरबाट टिकटको लागि पैसा पठाउन सक्ने अबस्था समेत छैन। नेपाल कसरी र कहिले जाने भनि उनी अन्योलमा छन्। घर पर्ठाई दिने र टिकट को व्यवस्था गरिदिने मलेसियामा केही नभएको बताउछन् उनी। अहिले सेरेम्बान लिङकिङ क्याममा जेल जीबन बिताईरहेका छन्। उनको जेल बोडी नम्बर २४३२८ हो। रोका रोल्पा स्थायी बासिन्दा हुन्। उनका परिवार अहिले काठमाडौंमा बस्दैआएका छन्।

Comments