Skip to main content

Posts

ट्राफिक प्रहरीले बन्दूक उठाएपछि

-उत्तम खड्गी वीरगंज, २० पुस । एक भारतीय मोटरसाइकल चालकले हेलमेट नलगाएको भन्दै चेकजांच गर्ने क्रममा एक ट्राफिक प्रहरीले घुस खान नपाएपछि बन्दूक उठाएर विद्यार्थीहरुलाइ तर्साएका छन्। आज वीरगंजको अलखियामठमा खटिएका ट्राफिक प्रहरी सूर्य शिवाकोटीले बी आर ०५०डि ८७८२ नं.को मोटरसाइकललाइ हेलमेट नलगाएको भन्दै घुस माग्न थालेपछि विद्यार्थीले हस्तक्षेप गर्दा उनले त्यस्तो गरेका हुन्। मोटरसाइकल चालकले जरिवाना तिर्न खोजेपनि शिवाकोटीले रसिद नकाटेपछि विद्यार्थीले हस्तक्षेप गर्दा रिसले मुरमुरिदै जनपथ प्रहरी जवानको बन्दूक खोसेर विद्यार्थीउपर ताकेको विद्यार्थीले बताए। ट्राफिक प्रहरी शिवाकोटीले विद्यार्थीहरुले हुलहुज्जत गरेको भन्दै आफूले त्यस्तो गरेको बताए। पछि सो मोटरसाइकल चालकले कुनै जरिवाना नतिरेर गएका थिए।

निर्धारित समयमा संविधान निर्माण हुन नसक्ने

वीरगंज, २० पुस । बारा, पर्साका सभासद्हरुले दलहरुबीचको सहमति बिना निर्धारित समयमा संविधान निर्माण हुन नसक्ने कुरामा जोड दिएका छन्। आज वीरगंजको घण्टाघरमा सभासद् र आम नागरिकबीच प्रत्यक्ष खुल्ला बहस कार्यक्रममा बोल्दै सभासदहरुले सो कुरा बताएका हुन्। मीरेष्ट नेपालद्वारा समायोजन टेलिभिजन कार्यक्रमका लागि छायाड्ढन गरिएको खुल्ला बहस कार्यक्रमका सभासदहरु अजयकुमार द्विवेदी, इस्लाम मिया धोबी, जीतेन्द्र सोनल, प्रमोदकुमार गुप्तालगायतसंग जनताले प्रश्न सोधेका थिए। तस्बिरः उत्तम खडगी

पुस २२ गते नारायणी हडताल

वीरगंज, २० पुस । राष्ट्रिय जनमोर्चा नारायणीले पुस २२ गते नारायणी हडतालको आहवान गरेको छ। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै जनमोर्चा पर्साका अच्छेलाल साहले हडताल सफल पार्न आग्रह गरेका हुन्। विभिन्न मांग राख्दै जनमोर्चा नेपालले पुस २२ गते नारायणी अंचल हडतालको आहवान गरेको हो।

कार्यक्रम गर्ने मञ्च फोहोरको थलो

ज्ञानेन्द्र शर्मा लिवाङ रोल्पा पौष २० गते । रुकुम खलंगा सदरमुकाममा रहेका कायक्रम गर्ने मञ्चहरु दिनानु दिन दर्ुगन्धित हुदै गएका छन्। पाँच वर्षअघि दर्ुइ वटा मञ्च जिल्ला विकास समितिको सहयोगमा खलंगा गा.वि.स.ले वनाए पछि त्यस क्षेत्रमा कुनै कार्यक्रम नभएर वजार वरिपरि खुल्ला वाटोमा कार्यक्रम हुन थोले पछि स्थानीय वासिन्दाले त्यसको प्रयोग गरि गरेर दुगन्धित वनाई रकेका छन्। वि.पींचोक व्राहाटाकुरामा रहेको मञ्च ट्वाईलेटको प्रयोग र वच्चा वच्चि खेल्ने ठाउ वनाईएको छ कार्यक्रम गर्ने मञ्चमा भुष,ढेङ्गा माटो थुप्रीएर त्यहाँ जान समेत कठिन परेको छ। शहिद महिदानमा रहेको अर्काे कार्यक्रम गर्ने मञ्च क्यारेम वोर्ड खेल्ने ठाउ,डोका,र्साईकल,मोटरर्साईकलहरु राख्ने ठाउ वनेको छ। नत यी दुवै मञ्चमा कार्यक्रम हुने गर्दछन् नत कुनै सरकारी काममा प्रयोग भएका छन्। सरकारले लाखौँ रकम खर्च गरेर वास्ता विहिन रहेका मञ्चको दुरुपयोग भएको कसैले पनि ध्यान नदिएको स्थानीय वुद्धिजीविहरुको भनाई रहेको छ। कार्यक्रम कार्यक्रम गर्ने मञ्चमा नभएर विद्यार्थी पढ्ने विद्यायलयमा कसैका पसल नजिकैमा कार्यक्रमहरु हुने गर्दछन्।

संविधान संशोधन विधेयकमा झलनाथ र प्रचण्डबीच सहमति भइसकेको दाबी

काठमाडौं, पुस २०। एमाले पोलिटब्युरो सदस्य रामचन्द्र झाले बाहिर जति बिरोध गरे पनि माओवादी संविधान संशोधन विधेयकको पक्षमै रहेको बताएका छन्। 'एमाले र माओवादी नेतृत्व -झलनाथ खनाल र प्रचण्ड) बीच यसलाई अनुमोदन गर्ने सहमति भइसकेको छ,' सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा झाले भने- ६ महिना ठीक भनिसकेको प्रस्तावमा माओवादीले खोेचंे थाप्न मिल्दैन। समुदायको मुद्दामा राजनीतिक दाउपेच गरेर माओवादीले भाषिक अधिकार अस्वीकार नगर्ने उनको विश्वास थियो। नेता झाले संघीय संघीयताको विरोध अनावश्यक भएको भन्दै मधेस एक प्रदेश हुन नसक्ने बताए। रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा माओवादी सभासद् एवं केन्द्रीय सदस्य प्रभु शाहले संघीयता कुनै पार्टर्ीीशेषको भन्दा पनि जनतामा माग भएकाले कसैले निषेध गर्न नसक्ने बताए। तमलोपाका नेता बृशेषचन्द्र लालले सबै मातृभाषा अझ हिन्दीमा पनि सपथ लिन पाउनुपर्ने जिकिर गर्दै उनले उपराष्ट्रपति प्रकरणमा सर्वोच्च अदालतको फैसला पर्ूवाग्रही भएको आरोप लगाए। उनले मेची-महाकाली मधेस एक प्रदेश हुनुपर्ने धारणा राख...

पत्रकार महासंघ मकवानपुरको प्रतिवेदन

-खेम बोलखे मकवानपुर, २० पुस। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले मकवानपुर जिल्लामा श्रमजीवी पत्रकार ऐन कार्यान्वयको वर्तमान अवस्था सम्बन्धी संक्षिप्त अनुगमन प्रतिवेदन आज र्सार्वजनिक गरेको छ। प्रतिवेदनमा मकवानपुर जिल्लामा केही वर्षयताको अवस्थालाई हर्ेदा सञ्चारमाध्यमको संख्यात्मक बृद्धि भएको छ। त्यही अनुसार पत्रकारितालाई पेशा बनाएर कार्यरत सञ्चारकर्मीहरुको संख्यापनि उत्तिकै बढेको छ। पत्रकारिता पर्ढाई हुने विद्यालय र कलेजहरुलेपनि यो पेशामा लाग्ने सञ्चारकर्मीको संख्या थपेको देखिन्छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरको तथ्यांकलाई हर्ेर्ने हो भने पत्रपत्रिका दर्ताको संख्या ८५ रहेको छ। ती मध्ये दैनिक ७, साप्ताहिक ५६, अर्धसाप्ताहिक १, पाक्षिक ५, मासिक ६ वटा रहेका छन्। दर्ता भएका सबै पत्रपत्रिका नियमित रुपमा प्रकाशन भएका छैनन्। हाल यहाँबाट हेटौंडा सन्देश, नारायणी, हेटौंडा टुडे र मकवानपुर पोष्ट दैनिकरुपमा प्रकाशन भइरहेका छन्। त्यसैगरी प्रयास अर्ध साप्ताहिक रुपमा प्रकाशनमा छ भने साम, निकास, हेटौंडा वापौ, ताम्सालिङ ताम्सोर, हेटौंडा खबरपत्र, हेटौंडा टाइम्स, सक्रिय, मध्यस्थता, विकास खवर पत्रिका...

गाविसस्तरीय बाल कार्यक्रम सम्पन्न

हेटौंडा, २० पुस। प्लान नेपाल मकवानपुरको सहयोग तथा पञ्चकन्या जनजागरण सेवा संस्थाको व्यवस्थापनमा इपा पञ्चकन्या गाविस स्तरीय बाल कार्यक्रम सम्पन्न भएको छ। इपा गाविसको किटेनीमा बालबालिकाहरुबीच साँस्कृतिक, म्युजिक चियर, ग्याम्पो फुर्टाई र हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरिएको हो। कार्यक्रममा १ सय ५० जना बालबालिकाको सहभागिता रहेको थियो। बाल कार्यक्रम अन्तरगत सञ्चालित प्रतियोगितामा स्थानीय शिक्षक गोविन्द तिमल्सिना, जयराम कठायत र यसोदा खड्काले निर्ण्ाायकको भूमिका निर्वाह गर्नु भएको थियो। संस्थाका अध्यक्ष रामकुमार दानीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सुमित्रा कठायत लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो।