Skip to main content

पत्रकार महासंघ मकवानपुरको प्रतिवेदन

-खेम बोलखे
मकवानपुर, २० पुस। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले मकवानपुर जिल्लामा श्रमजीवी पत्रकार ऐन कार्यान्वयको वर्तमान अवस्था सम्बन्धी संक्षिप्त अनुगमन प्रतिवेदन आज र्सार्वजनिक गरेको छ।
प्रतिवेदनमा मकवानपुर जिल्लामा केही वर्षयताको अवस्थालाई हर्ेदा सञ्चारमाध्यमको संख्यात्मक बृद्धि भएको छ। त्यही अनुसार पत्रकारितालाई पेशा बनाएर कार्यरत सञ्चारकर्मीहरुको संख्यापनि उत्तिकै बढेको छ। पत्रकारिता पर्ढाई हुने विद्यालय र कलेजहरुलेपनि यो पेशामा लाग्ने सञ्चारकर्मीको संख्या थपेको देखिन्छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरको तथ्यांकलाई हर्ेर्ने हो भने पत्रपत्रिका दर्ताको संख्या ८५ रहेको छ।
ती मध्ये दैनिक ७, साप्ताहिक ५६, अर्धसाप्ताहिक १, पाक्षिक ५, मासिक ६ वटा रहेका छन्। दर्ता भएका सबै पत्रपत्रिका नियमित रुपमा प्रकाशन भएका छैनन्। हाल यहाँबाट हेटौंडा सन्देश, नारायणी, हेटौंडा टुडे र मकवानपुर पोष्ट दैनिकरुपमा प्रकाशन भइरहेका छन्। त्यसैगरी प्रयास अर्ध साप्ताहिक रुपमा प्रकाशनमा छ भने साम, निकास, हेटौंडा वापौ, ताम्सालिङ ताम्सोर, हेटौंडा खबरपत्र, हेटौंडा टाइम्स, सक्रिय, मध्यस्थता, विकास खवर पत्रिका, मकवानपुर आवाज, नमस्कार साप्ताहिकरुपमा प्रकाशित भइरहेको छ।
मिसाइल पाक्षिक रुपमा र जुनकिरी मासिक रुपमा प्रकाशनमा छ। विद्युतीय सञ्चारमाध्यमतर्फ२०५७/०५८ तिर हेटौंडामा उपत्यका बाहिरको पहिलो व्यवसायिक रेडियो स्टेशनका रुपमा मनकामना एफएम प्रशारण आरम्भ भएको थियो, भने हाल यो स्टेशन बन्द अवस्थामा छ।
अहिले मकवानपुरमा २ सामुदायिक र ३ व्यवसायिक रेडियो स्टेशन प्रशारणमा छन्। यी मध्ये रेडियो थाहा सञ्चार, हेटौंडा एफएम र रेडियो मकवानपुर हेटौंडा नगर भित्र रहेको छ भने उत्तरी क्षेत्र पालुङबाट रेडियो पालुङ र दामनबाट प्रतिध्वनी एफएम प्रशारण भइरहेको छ।
नेपाल पत्रकार महासंघ मकवानपुरको तथ्यांक हर्ेर्ने हो भने अहिले ९९ को संख्यामा सदस्य रहेका छन्। मकवानपुरमा छापा माध्यममा काम गर्ने संचारकर्मीको संख्या बढेसँगै विद्युतीय सञ्चार माध्यममा पत्रकारिता गर्ने सञ्चारकर्मीको संख्यापनि उल्लेख्य बृद्धि भएको छ। प्रविधिका दृष्टिकोणलेपनि यहाँका संचारसंस्था र संचारकर्मीले प्रगति गरेका छन्।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।