Skip to main content

Posts

अहिलेको सरकार धेरै चाँडो ढल्छ ः यादव

दिपेश केसी काठमाडौं, पुस २२। मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले एक महिनाभित्र राष्ट्रिय संयुक्त सरकार बन्ने बताएका छन्। 'जनताबाट अनुमोदित दलका प्रमुख नेताको नेतृत्वमा नयाँ सरकार बनाउन एक महिना पखर्नर्ुपर्छ,' बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा यादवले भने- अबको संविधानसभामा पाएको मतको आधारमा सत्तँमा साझेदारी हुनर्ुपर्छ भन्ने हाम्रो माग हो। यादवले नयाँ सरकार भारतीय दबाबमा नबन्ने स्पष्ट पारे। उनले भने- हामी आफै सरकार बनाउन सक्षम छौं। हाम्रो अरुको होइन, हाम्रै काम हो। उनले माधवकुमार नेपालको सरकार धेरै चाँडै ढल्ने ठोकुवा गरे। अबको प्रधानमन्त्री को होला भन्ने प्रश्नमा भने उनले स्पष्ट पार्न चाहेनन्। उनले भने- जो बने पनि एकजना नेपाली बन्छ। रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा अध्यक्ष यादवले अन्तरिम संविधान, संविधानसभा र सरकारको औचित्य सकिने भएकाले पनि २०६७ जेठ १४ भित्र संविधान जारी गर्नुको विकल्प नरहेकेा बताए। उनले भने- समयमै संविधान जारी भएन भने मुलुकमा विशाल भ्याकुम बन्छ र अराजकता बढ्छ।

राजधानीमा पर्यटन संकल्प

भक्तपुर, २१ पुस। फागुन १४ गते पर्यटन संकल्प गरिने भएको छ। नेपाल पर्यटन बर्ष२०११ को औपचारिक शुभारम्भ्ा गर्ने अवसरमा पारेर ६ वटा समूहमा बांडिएर देशका बिबिध क्षेत्रबाट पर्यटन बर्षसफल पार्न संकल्प गर्नको लागि जुलुस कार्यक्रमको आयोजना नेपाल पर्यटन बोर्डले गर्न लागेको हो। सरकारी टोलीको समूह सो दिन १२ बजे टुंडिखेलमा जम्मा हुने छन्। सरकारी कर्मचारीहरू प्रज्ञा भवनमा, पत्रकार तथा खेलकुदकर्मीहरू रंगशालामा, सांस्कृतिक टोलीहरू बसन्तपुरमा, पर्यटनकर्मीहरू लैनचौरमा र ब्यापारीक जगत राष्ट्रिय सभागृहमा सो दिन भेला हुनेछन्। दिउंसो एक बजेबाट यात्रा सुरू हुनेछ। सो दिन लुम्बिनीबाट ल्याइने र्टच टंुडिखेलमा प्रज्वलन गरिनेछ। सबै टोली टंुडिखेलमा जम्मा भए पछि हात-हातमा मैनबती लिएर, आ आफ्नो क्षेत्रबाट पर्यटन बर्षसफल बनाउन मैनबतीमाथि हात राखेर संकल्प गरिनेछ। संकल्पको मुख्य एजेन्डा बन्द हडताललाई नै बन्द गर्ने रहेको छ।- रविन राचलिका हरीत समूह भक्तपुर

पर्यटन बोर्डले काम गरेन

भक्तपुर, २२ पुस। नेपाल पर्यटन बोर्डमा एमालेनिकट सुवास निरौलाको कारण बोर्डको उद्देश्य अनुरूप काम हुन सकेको छैन। बोर्ड पर्यटन पर््रबर्द्धन गर्न गठन गरिएको हो। तर नेपालमा हुने केही मेला र महोत्सवका ब्रोसरहरूमा पर््रबर्द्धक उल्लेख गर्नु बाहेक उपलब्धिमूलक केही कार्य बोर्डले गर्न सकेको छैन। बिदेशी मिडियाहरूले नेपाललाई असुरक्षित गन्तब्य भनिरहदा समेत बोर्डले केही गर्न सकेन। बोर्डका केही कर्मचारी मेला महोत्सवमा सहभागी हुन जानु मै पर्यटन कर्मचारीको दिनचर्या बनेको छ। अंग्रेजी महिनाको पहिलो दिन, अघिल्लो महिनामा हवाइजहाजबाट नेपाल आएका बिदेशी पर्यटकको तथ्याङक प्रेस बिज्ञप्तीमार्फ बोर्डले र्सार्बजनिक गर्ने गरेको छ। तर हाल सम्म पनि खुल्ला सिमानाबाट आउने पर्यटकको बारेमा बोर्डले केही भन्न सकेको छैन। महोत्सवहरूको बारेमा बोर्डको वेभसाइटमा कुनै जानकारी छैन। मेलाहरूको जानकारी दिने बोर्डले अझसम्म ब्यवस्था गरेको छैन। बोर्डको सूचना केन्द्रमा जानकारी लिन जानेहरूलाई पर्चाबाहेक अरू केही सही जानकारी दिदैन। स्थानीय बिद्यालयहरूले गर्ने शैक्षिक मेलालाई पर्यटन गतिबिधिको रूपमा अझसम्म पनि बोर्डले परिभाषा समेत ग...
धरानमा र टिकौलीमा रत्ननगर महोत्सव भक्तपुर, २२ पुस। धरान नयाँ सहर भएर पनि विकासमा फड्को मार्न सफल छ । त्यही धरानमा पर्ुवाञ्चल महोत्सवको तयारी भएको छ। लुकेर वसेको कलाकौशल, हस्तकला, वैज्ञानिक कृषि प्रविधि, स्थानीय श्रोतवाट उत्पादित वस्तुको व्यापार प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव हुन लागेको हो। विकासोन्मुख देशका संभावित वस्तुको जर्गेनासंगै आधुनिक प्रविधिले दिने नयाँ सोचको विस्तारवाट प्राप्त लाभको आधुनिक ढंगले प्रकाशमा ल्याइ त्यसवाट पाउने उपलव्धि उद्यमी व्यवसायीलाई उर्जाको रूप दिने महोत्सवको अर्को उद्देश्य रहेको छ। धरान वजार पर्ूवाञ्चलको मुख्य केन्द्रविन्दु हो। सदावहार विजयपुर डाँडाको काखमा धरान रहेको छ। यो सहरलाई पेन्सनवाला व्रिटिस गोरखा सैनिकहरूले वासस्थानको रूपमा प्रयोगमा ल्याएका छन्। त्यही भएर यहाँ धेरैजसो परिवारको मुख्य पेसा नै सेनासंग सम्वन्धित रहने गरेको हो। धरानमा वनाइएको सैनिक क्याम्प मार्फ व्रिटिस सेनामा भर्ना लिने प्रवन्ध मिलाइने गरिएको छ। सेनामा रूचि राख्ने युवाहरू, यो डाँडामा हरेक दिन दगर्ुर्दै कठोर अभ्यास गर्न आइपुग्छन्। पेन्सन पाकेकाहरू भने महिना दिनमा पेन्सन वुझ्न ...

चांदीको पाउजुसहित दुइ पक्राउ

वीरगंज, २२ पुस । चांदीको पाउजुसहित दुइजना प्रहरीले पक्राउ गरेको प्रहरीले आज जनाएको छ। गए राति वीरगंज-२ मा प्रहरीले भारतको रक्सौलबाट भन्सार छली ना.११प १६४० नं.को मोटरसाइकलमा आएका बारा कलैया बस्ने हिरालाल साह सोनार र सुरज साह सोनारलाई चांदीको ६१ जोर पाउजु सहित पक्राउ गरेको हो।

नारायणी यातायात व्यवसायी संघको साधारण सभा

हेटौडा, २२ पुस । नारायणी यातायात व्यवसायी संघको २३ औं वार्षिक साधारणसभा पुस २५ गते शनिबारका दिन बाशुदेव सभागृहमा हुने भएको नारायणी यातायात व्यवसायी संघ, मुख्य कार्यालय हेटौंडाका अर्जुन क्षितिजले जानकारी गराएका छन्।

नारायणी अंचल हडतालको सामान्य प्रभाव

वीरगंज, २२ पुस । जनमोर्चा नेपालको नारायणी अंचल बन्दको कारण बारा, पर्सा, रौतहटमा सामान्य प्रभाव परेको छ। आज विहान वीरगंजमा जनमोर्चाले विरोध प्रदर्शन गर्दै बजार बन्द गराए पनि मध्यान्हदेखि सवै बजार सुचारु भएको छ। वीरगंजबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन ठप्प छन्। मकवानपुरमा कलकारखाना खुला रहेको छ भने बजार बन्द भएका छन् त्यसैगरी चितवनमा अस्पताल खुल्ला रहेको अन्य सबै बन्द, सिन्धुलीमा काठमाण्डौ जाने सवारी बन्द छ भने पूर्व जाने र लोकल सवारीसाधन चालु रहेको प्रहरीले जनाएको छ । राष्ट्रिय जनमोर्चा नेपालले गणतन्त्रको सुदृढीकरण र संस्थागत गर्नका लागि, राष्ट्रियताको रक्ष्ँाका लागि, संघीयता विरूद्ध जनचेतना फैलाउनको लागि, तोकिएको समयमा संविधान निर्माणका लागि, प्रजातान्त्रिक विकेन्द्रीकरण र स्थानीय स्वशासनमा आधारित एकात्मक राज्यप्रणाली लागू गर्नका लागि, दण्डहीनताको अन्त्य गर्नका लागि, प्रेस स्वतन्त्रताको ग्यारेण्टीका लागि, बढ्दो महंगी नियन्त्रणका लागि, नेपाल-भारत बीचको सन् १९५० लगायत सम्पर्ूण्ा असमान सन्धि सम्झौता खारेज गराउनका लागि, जातिय, क्षेत्रीय, सामाजिक सदभाव कायम राख्नका लागि,...