Skip to main content
धरानमा र टिकौलीमा रत्ननगर महोत्सव
भक्तपुर, २२ पुस। धरान नयाँ सहर भएर पनि विकासमा फड्को मार्न सफल छ । त्यही धरानमा पर्ुवाञ्चल महोत्सवको तयारी भएको छ। लुकेर वसेको कलाकौशल, हस्तकला, वैज्ञानिक कृषि प्रविधि, स्थानीय श्रोतवाट उत्पादित वस्तुको व्यापार प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव हुन लागेको हो।
विकासोन्मुख देशका संभावित वस्तुको जर्गेनासंगै आधुनिक प्रविधिले दिने नयाँ सोचको विस्तारवाट प्राप्त लाभको आधुनिक ढंगले प्रकाशमा ल्याइ त्यसवाट पाउने उपलव्धि उद्यमी व्यवसायीलाई उर्जाको रूप दिने महोत्सवको अर्को उद्देश्य रहेको छ।
धरान वजार पर्ूवाञ्चलको मुख्य केन्द्रविन्दु हो। सदावहार विजयपुर डाँडाको काखमा धरान रहेको छ। यो सहरलाई पेन्सनवाला व्रिटिस गोरखा सैनिकहरूले वासस्थानको रूपमा प्रयोगमा ल्याएका छन्। त्यही भएर यहाँ धेरैजसो परिवारको मुख्य पेसा नै सेनासंग सम्वन्धित रहने गरेको हो। धरानमा वनाइएको सैनिक क्याम्प मार्फ व्रिटिस सेनामा भर्ना लिने प्रवन्ध मिलाइने गरिएको छ। सेनामा रूचि राख्ने युवाहरू, यो डाँडामा हरेक दिन दगर्ुर्दै कठोर अभ्यास गर्न आइपुग्छन्। पेन्सन पाकेकाहरू भने महिना दिनमा पेन्सन वुझ्न जाने गरेका छन्। विजयपुरमा केही फलफूल खेती पनि गरिएको छ। सुन्तला यहाँ राम्रो फलिरहेको छ।
मकालु क्षेत्रको पदयात्राको प्रस्थान विन्दुको रूपमा धरानलाई नेपाल सरकारले राखेको छ। मकालुलाई संसारका कठिन पदमार्गहरूको सूचीमा राखिएको छ। यहाँवाट अरूण उपत्यका, सिफटान भन्ज्याङ हुँदै सगरमाथा, मकालु र ल्होत्से हिमालहरू नजिकवाट अवलोकनको लागि जान सकिन्छ।
विजयपुरको मध्ये भागमा दन्तकालीको मन्दिर छ। यहाँ स्वास्थानीमा वर्ण्र्ाागरिएकी सतीदेवी दाँत पतनको भएको विश्वास गरिन्छ । पौराणिक कथा अनुसार भगवान शिवले मृत भएकी सतीदेवी वोकेर लग्ने क्रमको हाल दन्तकाली रहेको मन्दिरमा उनको दाँत पतन भएको हो ।
दन्तकालीको मन्दिरसंगै पिण्डेश्वर वावाको मन्दिर रहेको छ। त्यसैगरी विजयपुर मै अग्ला वाँसको घारीमा वुढासुव्वाको मन्दिर छ। यो मन्दिरमा कुनै मर्ुर्ति छैन। मन्दिर भित्र तीन वटा माटोको ढिस्काहरूलाई पवित्र मानी पूजा अर्चना गर्ने गरिन्छ। यहाँ काग कहिल्यै आउंदैन र यहाँ रहेका वाँसमा टुप्पा नहुनुलाई आर्श्चर्यको रूपमा हेरिएको छ। किम्वदन्ती अनुसार एक शिकारीले आफ्नो गुलेली त्यहाँ गाडेका थिए। गुलेलीको वाँस पलाएर ठूलो भए पछि उम्रिदा टुप्पो नरहेको भन्ने जनविश्वास रहदै आएको छ।
धरान वसपार्कवाट ८ किलोमिटरमा विष्णु पादुका रहेको छ । कोका नदीको किनारमा विष्णु पादुकाको मन्दिर छ। यहाँ रहेको एउटा ढुङगामा भगवान विष्णुको पैतलाको चिन्ह रहेको विश्वास गरिन्छ । नेपालीहरूले यस मन्दिरलाई भारतको गया जतिकै पवित्र मान्ने गरेका छन्।
हिन्दुहरूको चार क्षेत्र मध्ये एक वराह क्षेत्र धरान नजिकै रहेको छ। कोशी टप्पु आरक्षण क्षेत्र पनि यहाँवाट नजिक रहेको छ। आधुनिक धरानमा भने सप्तरंगी पार्क, भानुमार्ग, सहिदपार्क आदि पनि हर्ेन सकिन्छ। शिक्षा क्षेत्रमा धरानको नाम कहलिएको छ। मेडिकल जनशक्ति उत्पादन गर्ने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, खाद्य विज्ञानको अध्यापन गर्ने नेपालको पहिलो क्याम्पस हातिसार क्याम्पस र कृषि इन्जिनियरीङ कलेजमा पढ्न देशका विभिन्न भागवाट विद्यार्थीहरू आएर धरानमा अध्ययनको लागि वसेका छन् । पुस २२ गते देखि धरानमा हुन लागेको महोत्सवले भने यहाका विविध क्षेत्रको जानकारी आदानप्रदान गर्ने अवसर जुटाउन लागेको छ।
यसैगरी समग्र चितवनको गौरव र गरिमामय प्रस्तुती भन्ने मुल नाराका साथ रत्ननगर महोत्सव हुन लागेको छ। यही पुस २७ गते देखि माघ ५ गतेसम्म रत्ननगरको टिकौलीमा महोत्सव हुन लागेको हो। महोत्सवमा कृषि मेला अर्न्तर्गत माछा र केरालाई विशेष रूपमा पर््रदर्शन गर्न लागिएको छ। सो क्षेत्रका पर्यटकीय गन्तव्यहरूको उद्देश्य सहित पर्यटन मेला पनि महोत्सवको दोश्रो विशेषताको रूपमा रहने छ।
महोत्सव मै विविध सांस्कृतिक कार्यक्रमहरू, अटो मेला, घरजग्गा मेला, सूचना प्रविधि मेला र शैक्षिक मेलालाई समेत समेटिने भएको छ। सोही अवसरमा राष्ट्रिय स्तरका व्यवसायिक सेमिनार समेत हुनेछ।
यसैगरी पुसको अन्तिम साता पश्चिम नेपाल महोत्सवमय हुने भएको छ। महोत्सव आयोजना हुन लागेका क्षेत्रका पर्यटकीय गन्तव्यहरूको प्रचारमा कार्यक्रमहरू हुन लागेका हुन । यस अवधिमा तनँहुको माने भन्ज्याङ महोत्सव पुस २४ गतेदेखि ८ दिनसम्म चल्नेछ। टिकौलीमा रत्नगर महोत्सव पुस २७ गतेवाट सुरू हुने भएको छ। कास्कीको रूपाकोटमा पुस २८ देखि माघ २ गतेसम्म महोत्सव हुनेछ। माघ १ र २ गते म्याग्दीमा खाना महोत्सव हुनेछ। पोखरा नजिक रहेको आर्थरमा डाँडाखर्क महोत्सव माघ १ गते देखि ५ गते सम्म चल्नेछ। पोखराकै ढुङगेसाँघुमा माघे संक्रान्तिको भव्य मेला लाग्दैछ। पुस २२ गतेवाट दैलेख महोत्सव सुरू भएको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...