Skip to main content

Posts

प्रतिनिधि करिन लनग्रेनद्वारा प्रस्तुत ब्रिफ्रिङ

नेपालले आफ्नो शान्ति प्रक्रियामा सहयोग पुर्याउन संयुक्त राष्ट्रसंघलाई गरेको अनुरोधका सम्बन्धमा सुरक्षा परिषद्को बैठकमा नेपालस्थित महासचिवका प्रतिनिधि करिन लनग्रेनद्वारा प्रस्तुत ब्रिफ्रिङ १५ जनवरी २०१० शुभप्रभात, अन्मिनका तर्फबाट हेइटीका जनता तथा हेइटीस्थित राष्ट्रसंघीय मिसनमा कार्यरत हाम्रा सहकर्मी तथा उहाँहरूका परिवारजनलाई पीडा र अनिश्चितताको यो घडीमा हामी साथमा छौं भन्ने वताउन चाहन्छु। अध्यक्षज्यू, तत्कालिन सात दलीय गठबन्धन र तत्कालिन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० को अनुरोधमा सुरक्षा परिषद्ले अन्मिनलाई परिचालित गर्ने अधिकार दिएको पनि तीन वर्ष वितिसकेको छ। मिसनको चुनावसँग सम्बन्धित कार्यहरू केही ढिलै भएपनि सन् २००८ को अप्रिलमा सम्पन्न भयो। अन्मिनले विशेष गरि हतियार तथा सेना व्यवस्थापनको अनुगमनको माध्यमद्वारा तथा संयुक्त अनुगमन समन्वयन समितिको अध्यक्षको हैसियतमा शान्ति प्रक्रियालाई निरन्तर रूपमा पुर्याउँदै आएको सहयोग अझै समापन हुन सकेको छैन। अहिले तपाईँका साथमा रहेको महासचिवको प्रतिवेदन ९७ जनवरीको एसर२०१०र१७,० ले दलहरूका विवादास्पद व्यक्तव्य तथा क्रियाकलापयुक्त अशान्त अवस...

सातौ संशोधन विधेयक सदभावनाद्वारा दहन

वीरगंज, २ माघ । संविधान सभामा विचाराधिन सातौ संशोधन बिधेयक आज नेपाल सद्भावना पार्टीले वीरगंजको घण्टाघरमा दहन गरेको छ।     महासचिव महम्मद कदम रसुलले बिधेयकबाट निष्कृय उपराष्ट्रपतिलाई पुनः हिन्दी वा नेपाली भाषामा बाध्य पार्न काम भएको आरोप लगाए। उनले तीन दलिय उच्चस्तरीय राजनितिक संयन्त्र बनाएर अन्य दललाइ समावेश नगरी षडयन्त्र गरेको आरोप लगाए। संघियताको बिरोधीहरुको प्रतिकार गर्ने चेतावनी दिए।

गाउको विकास गर्न जाग- शर्मा

बीरगंज, २ माघ । सभासद ओमप्रकाश शर्माले गाउको विकास गर्न स्थानीयवासी जागरुक हुनुपर्नेमा जोड दिएका छन्।     आज वीरगंज सुख्खा बन्दरगाहमा आदर्श चोक संरक्षण सर्म्वर्द्धन संस्थाको कार्यक्रमलाइ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।     कार्यक्रममा स्थानीय नेता, कार्यकर्ताको उपस्थिति थियो।

गाउको विकास गर्न जाग- शर्मा

बीरगंज, २ माघ । सभासद ओमप्रकाश शर्माले गाउको विकास गर्न स्थानीयवासी जागरुक हुनुपर्नेमा जोड दिएका छन्।     आज वीरगंज सुख्खा बन्दरगाहमा आदर्श चोक संरक्षण सर्म्वर्द्धन संस्थाको कार्यक्रमलाइ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।     कार्यक्रममा स्थानीय नेता, कार्यकर्ताको उपस्थिति थियो।

भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रम रद्द

बीरगंज, २ माघ । पर्साको अलौ गाबिसमा नवनिर्मित वीरगंज एकीकृत जा“च चौकीको शिलान्यास कार्यक्रम भारतीय विदेशमन्त्री एसएम कृष्णा नआएपछि रद्द भएको छ।     आज भौतीक योजना तथा निर्माण मन्त्रालयका सचिव दिप बस्नेतले मौसमको प्रतिकूलताको कारण त्रिभुवन विमानस्थलबाट कुनै उडान नभएपछि भारतिय बिदेशमन्त्री कृष्णा वीरगंज आउन नसकेको जानकारी गराएका हुन्।   नेपालको करिव ७१ हेक्टर भूभागमा भारत सरकारको २ सय करोड रुपैयाको लागतमा अत्याधुनिक प्रविधि जडान भएको बीरगंज एकीकृत जांच चौकीको १४ महिनाभित्र निर्माण हुने बस्नेतले बताए। यसबाट नेपालका उद्योगी ब्यापारीहरुले स्थानको अभावमा तिर्दै आएको विलम्ब शुल्कबाट मुक्ति पाउने र समयको बचत हुने छ।   सचिव बस्नेतले क्षमायाचना गर्दै कागजमा अलौ लेखेर ब्यानर र शिलास्तम्भमा टासेपछि मात्रै गाउलेले कार्यक्रम संचालन गर्न दिएका थिए।  कार्यक्रम स्थल वरपर सुरक्षाको लागि ब्यापक सुरक्षाकर्मीलाई परिचालन गरिएको थियो। तस्बिर- उत्तम खडगी

प्रधानमन्त्रीलाई संयन्त्रमा राख्ने कुनै सहमति भएको छैन

काठमाडांै, २ माघ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश' ले उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्री माधवकुमार नेपाललाई स्थायी आमन्त्रित सदस्य नभई आवश्यक परेका बेला मात्र बोलाउने सहमति भएको बताएका छन्। 'प्रधानमन्त्रीलाई अस्थायी आमन्त्रित सदस्यका रुपमा राख्न सकिँदैन,' शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा श्रेष्ठले भने- एमालेको एउटा वरिष्ठ नेताका रुपमा र केही कुरा बुझ्नु परेमा मात्र संयन्त्रको बैठकमा बोलाउन सकिन्छ।     उपाध्यक्ष श्रेष्ठले संयन्त्रमा अरु दललाई पनि क्राइटेरियाका आधारमा  संयन्त्रमा बोलाउन सकिने बताए। उनले संयन्त्रमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा पनि छलफल हुने जानकारी दिए। 'संयन्त्रको उद्देश्य सरकार ढाल्नु होइन,' उनले भने- संयन्त्रको मुख्य काम शान्ति प्रक्रियाको टुङ्गो, संविधान निर्माण र राजनीतिक गतिरोधको अन्त्य गर्नु हो। उनले संयन्त्रको विरोध गर्नेहरु शान्ति र संविधानविरोधी भएको आरोप लगाए।     रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा श्रेष्ठल...

२४ औं भोजपुरी कवि गोष्ठी

वीरगंज, २ माघ ।  २४ औं भोजपुरी कवि गोष्ठी आज वीरगंजको घण्टाघरमा सम्पन्न भयो। प्रगतिशील भोजपुरी साहित्य परिषदको परिषद्का अध्यक्ष धु्रवलाल प्रसाद सहनी सास्तीको सभापतित्वमा सम्पन्न भएको थियो।  कार्यक्रममा स्थानीय कविहरुले रचना बाचन गरेका थिए ।