Skip to main content

प्रधानमन्त्रीलाई संयन्त्रमा राख्ने कुनै सहमति भएको छैन

काठमाडांै, २ माघ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश' ले उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्री माधवकुमार नेपाललाई स्थायी आमन्त्रित सदस्य नभई आवश्यक परेका बेला मात्र बोलाउने सहमति भएको बताएका छन्। 'प्रधानमन्त्रीलाई अस्थायी आमन्त्रित सदस्यका रुपमा राख्न सकिँदैन,' शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा श्रेष्ठले भने- एमालेको एउटा वरिष्ठ नेताका रुपमा र केही कुरा बुझ्नु परेमा मात्र संयन्त्रको बैठकमा बोलाउन सकिन्छ।
    उपाध्यक्ष श्रेष्ठले संयन्त्रमा अरु दललाई पनि क्राइटेरियाका आधारमा  संयन्त्रमा बोलाउन सकिने बताए। उनले संयन्त्रमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा पनि छलफल हुने जानकारी दिए। 'संयन्त्रको उद्देश्य सरकार ढाल्नु होइन,' उनले भने- संयन्त्रको मुख्य काम शान्ति प्रक्रियाको टुङ्गो, संविधान निर्माण र राजनीतिक गतिरोधको अन्त्य गर्नु हो। उनले संयन्त्रको विरोध गर्नेहरु शान्ति र संविधानविरोधी भएको आरोप लगाए।
    रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा श्रेष्ठले माओवादीले आन्दोलन र वार्तासँग सँगै लगेकाले माघ १० गतेदेखि गर्ने भनिएको अनिश्चितकालीन आम हडताल फिर्ता नलिने बताए।
    माओवादीका उपाध्यक्ष श्रेष्ठलेे भारत सरकारसँग माओवादीले कूटनीतिक सम्बन्ध विस्तार गर्न चाहेको बताए। उनले अब १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको आवश्यकता नभएको बताए। '१९५० को सन्धि अब पुनरावलोकन होइन, खारेज गर्नुपर्छ,' श्रेष्ठले भने, 'नयाँ सन्धि गर्नुहुन्न भन्ने हाम्रो मान्यता होइन तर १९५० को सन्धि आवश्यक छैन, हामीसँग नयाँ सन्धिको खाका छ। आवश्यक परे हामी दिन तयार छांै।
    कार्यक्रममा माओवादी उपाध्यक्ष श्रेष्ठले समानताका आधारमा भारतसँग सम्बन्ध राख्ने बताए। भारतले कालापानीमा भएको भारतीय सेना हटाउनुपर्ने, सीमा अतिक्रमण बन्द गर्नुपर्ने, आन्तरिक मामिलामा हस्तक्षेप रोक्नुपर्ने, हामी भारतीय विदेशमन्त्रीसँग यसै विषयमा भारतीय विदेशमन्त्री एसएम कृष्णासँग प्याकेजमा डिल गर्ने श्रेष्ठले बताए।
    उनले भारतको निगाहमा कुनै पनि सरकार नबनाउने बताए। 'भारतको निगाहमा माओवादी कहिल्यै सरकारमा जाँदैन, हामी आन्तरिक समस्यामा भारतलाई गुहार्दा पनि गुहार्दैनौं,' उनले भने- नेपालको आन्तरिक मामिलामा भारतसँग कुरा राख्नुको कुनै औचित्य छैन। अब दलहरु बसेर समाधान खोजिनर्ुपर्छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।