Skip to main content

Posts

मधेशी जन अधिकार फोरमको आन्दोलन सुरु

वीरगंज, ३ माघ । मधेशी जनअधिकार फोरम नेपालले पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार आजदेखि तराइको जिल्लमा आन्दोलन सुरु गरेको छ।     विगतको सहमति कार्यान्वयनको मांग गर्दै आज मधेशी जन अधिकार फोरम पर्साका जिल्ला अध्यक्ष शशी कपुर मियांले प्रमुख जिल्ला अधिकारी यादब कोइरालामार्फत प्रधानमंत्रीलाई ज्ञापन पत्र बुझाएको हो।     आन्दोलनको पहिलो चरण अन्तर्गत आज फोरमले विभिन्न जिल्ला प्रशासनहरूमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो।     फोरमले समग्र मधेस प्रदेशको माग गर्दै  मधेश प्रदेशको आन्दोलनलाई मधेशको राष्ट्रिय स्वधीनताको आन्दोलनसंग समेत जोडेर आन्दोलन सुरु गरेको हो।

दिप-ज्योति समूह बहराइनको प्रथम साधारण सभा सम्मन्न

-दिपक नेपाल, बहराइन, ३ माघ। बहराइनको सीत्रा स्थित मोःमो एण्ड क्याटरीङ्ग सेन्टरको हलमा यही १५ जनवरी २०१० का दिन दिप-ज्योति समूह बहराइनले आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको छ। उक्त साधारण सभाको सभापति सोही समूहकी अध्यक्ष श्रीमती कृष्णकुमारी बिष्टले गर्नु भएको थियो। भने प्रमुख अतिथी नेपाली क्लब बहराइनका अध्यक्ष श्री दर्ुगा गिरी हुनुहुन्थ्यो। अतिथीहरुमा एनआरएनए आइसीसी का सदस्या निलेसमान सिह प्रधान, म्याग्दी उद्दार समितिका उपाध्यक्ष भेष बहादुर सेन, युनिटी लाइफ एसोरेन्स बहराइनका अध्यक्ष श्री छबीलाल बीक लगायत बिभिन्न संस्थाका प्रतिनिधीहरु हुनुहुन्थ्यो। आफ्नो मनतव्य दिने क्रममा बिभिन्न संस्थाका प्रतिनिधीले यस संस्थाले छोटो समयमा गरेको उल्लेखनीय कार्यहरुको प्रसंषा गर्नु भएको थियो। उक्त समूहका महासचिव श्री सुवाष हमालले उक्त सभा सञ्चालन गर्नु को साथै सो समूहको वाषर्ीक गतीविधी पनि प्रस्तुत गर्नु भएको थियो। भने उक्त समूहका सदस्यहरुलाई सदस्यता पत्र म्याग्दी उद्दार समितिका उपाध्यक्ष भेष बहादुर सेनले बितरण गर्नु भएको थियो। रेडीयो नेपालका गायक बीर ध्वज सिवा लगाएत स्थानीय कलाकारहरुले आ-आफ्नो कला प्र...

दैनिक ९ घण्टा लोडसेडिङ, सवै मर्कामा

वीरगंज, ३ माघ । विद्युत प्राधिकरणले आजदेखि ९ घण्टा विद्युत आपूर्ति कटौति गर्ने भएपछि सर्वसाधारणदेखि उद्योगी व्यापारीहरु झन मर्कामा परेका छन्। नयां सूची अनुसार ४ र ५ गरी दिनमा दुइ पटकमा ९ घण्टासम्म लोडसेडिङ हुने प्राधिकरणले जानकारी गराएको छ। यसबाट संचारकर्मी, सर्वसाधारण, उद्योगी, व्यापारी, कलकारखानाहरुलाइ कति ठूलो पीडा दिएको छ त्यो भनि साध्य छैन। यसअघि सातामा ५ दिन ५ घण्टा र २ दिन २ घण्टा लोडसेडिङ हुनेगरेको थियो ।

गैरसरकारी संस्थालाइ पर्साको वैरिया, विर्ता, दापुमा प्रवेश रोक

वीरगंज, ३ माघ । सर्वसाधारणलाइ विभिन्न प्रलोभनमा पारेर आफनो दुनो सोझयाउने गैरसरकारी संस्थालाइ पर्साको वैरिया, विर्ता, दापु गाउंमा प्रवेश रोक लगाएको छ। आज सो गाविसका नायब सुब्बा एवं गाविसका सचिव रामजोगिन्द्रप्रसाद साहले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा यस्ता गैरसरकारी संस्थाहरु यस गाविसमा आउंदा गाविसको स्वीकृति लिई मात्र आउने र सवै कार्य पारदर्शी नभएसम्म रोक लगाउने शनिवार पार्टी प्रतिनिधिहरुको संयुक्त बैठकले निर्णय गरेको उल्लेख छ। पर्सा जिल्लाको वैरिया विर्ता, दापुमा केही गैरसरकारी संस्थाहरुले गाविसमा कार्यक्रमको प्रलोभन देखाइ गाविसका सर्वसाधारण जनताहरुको नाममा आफूले विदेशी रकम खाने र मोटो रकम कमाउनुको साथै कमिशन खाइ, दुइ चार ठाउमा नोकरी गर्ने, आफनो नातेदार, खुसामद गर्ने व्यक्तिलाई काममा लगाउने, झूटो आश्वासन बांडदै हिंड्ने काम गरेकोमा उनीहरुलाई गाउं प्रवेशमा रोक लगाएको विज्ञप्तिमा उल्लेख छ।

महाशिवरात्री महामहोत्सव महा-यात्रा

वीरगंज, ३ माघ। महाशिवरात्री महामहोत्सव महा-यात्रा २०६६ आजदेखि प्रारम्भ भएको छ। आज बिहान वीरगंजमा निस्किएको १००८ कलशद्वारा नगर परिक्रमा गराइएको थियो। वीरगंजको नेशनल मेडिकल कलेज, वीरगंजको दक्षिण पवित्र सिंघिया नदीको किनारमा यस वर्ष विश्वकै इतिहासमा प्रथम पटक श्री महाशिवरात्री महामहोत्सव महायात्रा २०६६ मनाइने भएको छ। महायात्रामा १००८ देव-देवताको मूर्तिहरू एवं विश्वप्रसिद्ध १२ ज्योर्तिलि·हरूको एकै स्थानमा दुर्लभ दर्शनको व्यवस्था एवं शिव महायज्ञको शुभारम्भ गरिने पुण्य कार्यमा समस्त धर्मावलम्बीहरूलाई आयोजक संस्थाले आमन्त्रण गरेको छ। माघ २७ गतेसम्म देवीदेवताका १००८ मूर्ति र प्रसिद्ध १२ ज्योतिलि·हरूको प्रदर्शनी, माघ २८ गते सम्पूर्ण मूर्तिलाई पशुपतिनाथ मन्दिरमा समाहित गर्न महायात्रा चलाइने आयोजकले जनाएको छ।

जग्गाको मूल्य घट्ने संकेत

वीरगंज, २ माघ। वीरगंज नगर क्ष्ँेत्रभित्रको जग् गाको मूल्य एक्कासी घट्न थालेपछि अहिले जग्गाको कारोबार गर्ने कारोबारीहरु बिचल्लीमा पर्ने भएको बुझिन आएको छ। विगत समय जग्ग्ाामा आंखा चिम्लेर स्थानीय बैंकहरुले लगानी गर्ने गरेको कारण प्रत्येक घरजस्तोमा जग्गाको कारोबार गर्ने व्यक्तिहरु देखिने गरेको अवस्था अब बैंकले जग्ग्ाामा लगानी गर्न रोक लगाएपछि नरहने बताइंदैछ। वीरगंज नगरमै ठूलो रुपमा जग्गाको काम गर्ने केही कारोबारीहरुलाई बैंकले लगानी गर्न नमानेपछि अब तिनीहरुले व्यक्तिहरुको जग्गामा बैना गरेको रकम डुब्ने निश्चित भएको बताइंदैछ। भनिन्छ यस्ता कारोबारीहरु वीरगंजमा दुइ-तीनजना रहेका छन् भने तिनीहरुको तीन-चार करोड रकम जग्गा बैना वापत फसेको छ। स्थानीय जग्गा खरिद-बिक्री गर्ने कारोबारीहरुको बैना गरिएको जग्ग्ाामा वीरगंजका बैंकहरुले लगानी गर्न नमानेपछि अहिले ती जग्गाका कारोबारीहरुको बैना रकम समेत डुब्ने भएको भरपर्दो स्रोतबाट बुझिन आएको छ। बैंकले जग्गामा लगानी गर्न कम गरेपछि अहिले वीरगंज नगर क्षेत्रको जग्गाको मूल्य समेत ओरालो लाग्न थालेको जग्गाका कारोबार गर्नेहरुले बताएका छन्।

नेपाल पत्रकार महासंघ ९ जिल्लाको ध्यानाकर्षण

वीरगंज, ३ माघ। नेपाल पत्रकार महासंघ कैलाली, बझाङ, डोटी, कञ्चनपुर, दार्चुला, डडेल्धुरा, बाजुरा, बैतडी र अछामले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी डेढ बर्षअघि कैलालीका पत्रकार जेपी जोशी-जगतप्रसाद जोशी पण्डित)को सम्बन्धमा सरकारद्धारा गठित जेपी जोशी हत्या जाँचबुझ आयोगले छानबिनका क्रममा करीव ३१ लाख रुपैया खर्च गरेकोमा नेपाल पत्रकार महासंघका सुदूरपश्चिमका नौ वटै जिल्लाका शाखाको गम्भिर ध्यानाकर्षा भएको जनाएको छ। विज्ञप्तिमा उल्लेख छ- आर्थिक अबस्था दयनीय भएका कारण अत्यन्त बिचल्लीमा परेको पत्रकार जोशीका परिवारलाई डेढ बर्षबित्नलाग्दा पनि ३१ पैसा सहयोग नगर्ने सरकारले जोशीकै घटनाको छानबिनका लागि करीव ३१ लाख रुपैया खर्च गरेकोमा महासंघ गम्भिर आपत्ती प्रकट गर्दछ। प्रतिबेदन र्सार्बजनिक नभएको र डिएनए रिपोर्ट र्सार्बजनिक नभएकै कारण डेढ बर्षबित्नलाग्दा पनि जोशीका परिवारले सदगती गर्न पाएका छैनन। परिवारको अभिभावक नै मारिएका कारण जोशी परिवार बिचल्लीमा परेको छ। तर बिभिन्न बहानामा पत्रकार जोशीका परिवारलाई राहत तथा क्षतिपर्ूर्ति दिन आनाकानी गर्दै आएको सरकारले छानविन समितीलाई यति ठूलो रकम दिएको घटनाप्रति...