Skip to main content

Posts

युनुस अन्सारीलाइ रिहाइको मांग गर्दै चक्काजाम

वीरगंज, ५ माघ । जाली नोटको कारोबारमा संलग्न रहेको आरोपमा राजधानीमा प्रहरीले युनुस अन्सारीलाइ पक्राउ गरेपछि उनको रिहाइको मांग गर्दै राष्ट्रिय जनता दल बारा-पर्साले आज दुइ घण्टा बारा र पर्सामा सडक अवरुद्ध गरेका छन्। पार्टीका केन्द्रीय अध्यक्ष युनुस अन्सारीको रिहाइको मांग गर्दै दलका कार्यकर्ताहरुले संयुक्तरुपमा बाराको परवानीपुर र वीरगंजको घण्टाघर, बाइपास सडकखण्डमा टायर बालेर सडक अवरुद्ध गरेका हुन्।

निर्दोष शिक्ष्ँकलाइ पक्राउ गरी निर्घाट कुटपिट

वीरगंज, ५ माघ । हत्याको आरोपमा पक्राउ परेका एक शिक्षकलाइ प्रहरीले निर्घात कुटपिट गरेको विरोधमा शिक्ष्ँक युनियन र संघमा आबद्ध शिक्ष्ँक-शिक्षिका तथा नेकपा एमालेका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा एक डेलिगेसन गइ घटनाको विरोध गरेको छ। गत पुस २७ गते पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्लमाथि सांघातिक हमला र उनका अंगरक्षक प्रहरी जवान आनन्दराज खड्काको अज्ञात समूहले गोली हानी हत्या गरेको घटनाको छानबिन गर्ने क्रममा प्रहरीले माघ ४ गते वीरगंजको रेल्वे माविका शिक्ष्ँक महन्थ यादवलाइ पक्राउ गरी निर्घात कुटपिट गरी आज छाडेपछि सो डेलिगेशन ज्रि्रका पर्सामा पुगेको हो।

प्लाष्टरको सरस्वती माताको मूर्तिहरु सस्तो भएपछि

-उत्तम खड्गी वीरगंज, ५ माघ। यस पटक सरस्वती पूजा माघ ६ गते परेको छ। सरस्वती पूजाको दिन नजिकिदै गर्दा देशभरि यसको चहलपहल देख्न सकिन्छ। खासगरी सरस्वती पूजा मनाउन विद्यार्थीहरु निकै उत्साहित हुने गरे पनि विद्यालय लगायत टोल, टोल, गाउं घरमा समेत यसको चहलपहल बढेको  छ। कोही टेन्ट बनाउन व्यस्त छन् भने कोही सरस्वती माताको मूर्ति किनेर ल्याउनमा व्यस्त छ भने कोही बजारमा पूजाको सामग्री किन्नमा व्यस्त भएको छ। यसपटक भने वीरगंजमा राजस्थान, भारतबाट आएका कलाकारहरुले प्लाष्टरको मूर्ति बनाएर सस्तो दरमा बिक्री गरेकोले पनि सरस्वती पूजा गर्नेहरु अघिल्लो वर्षो तुलनामा वृद्धि भइरहेको बुझिन आएको हो। प्लाष्टरको मूर्तिहरु रु एक सयदेखिको मोलमा सुरु भइ एक हजारभन्दा माथिको दरमा पनि उपलब्ध छ। त्यसकारण प्लाष्टरको मूर्ति बजारमा आएपछि माटोको मूर्ति बनाउने स्थानीय कलाकार, व्यापारीहरु मारमा परेका छन्। माटोको मूर्ति एक हजारभन्दा कममा नपाउने भएकोले माटोको मूर्ति यसपटक त्यति मात्रामा बिक्री हुन सकेन भन्ने जानकारी एक स्थानीय माटोको मूर्ति बनाउने कलाकारले गराएका छन्। उता फोटोप|mेम गरेर सरस्वतीको तस्बिर बेच्नेहरु पनि मारमा...

असल शिक्ष्ँक खोज्दै प्रअ

-अजय यादव बारा, ५ माघ। राहत शिक्ष्ँक दरबन्दी कोटामा असल शिक्ष्ँक राख्ने श्री नेरामावि हर्दिया ओरैयाका प्रधानाध्यापाक रामविलास प्रसाद यादवले बताएका छन्। राहत शिक्ष्ँक दरबन्दी कोटामा चार जनाको सिट आएको छ। त्यसमध्ये दर्ुइ मावि तहका लागि र दर्ुइ प्रँवि तहका लागि आएको कुरा प्रअ यादवले बताए। राहत शिक्ष्ँक दरबन्दी कोटाको विषयलाई लिएर बारम्बार झैंझगडा हुंदै आएको बारा जिल्लामा यसपालि श्रीनेरामावि हर्दिया, ओरैयामा खुल्ला प्रतियोगिताबाट शिक्षक-शिक्षिका छान्ने काम भइरहेको छ। प्रअ यादव असल र राम्रो शिक्ष्ँक शिक्षिका छान्न सकियोस् भन्ने पक्ष्ँमा छन्। तर शिक्ष्ँक दरबन्दीमा पैसाले शिक्षक छान्ने काम हुने हो कि भन्ने आशंका स्थानीय बासिन्दाले गरेका छन्। विद्यालयको कोठा, ब्रेन्च, डेस्क लगायत अन्य सबै टुटेफुटेको देखिएको तर सम्बन्धित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सदस्यहरु जिम्मेवार नरहेको एक स्थानीयवासीले बताएका छन्। यसपालि पनि पैसाले शिक्ष्ँक शिक्ष्ँिका चुनिने हो कि भन्ने आशंका रहेको सविनन्दप्रसाद यादवले राष्ट्रिय दैनिकलाई बताए। सो विद्यालयमा विद्यालय व्यवस्थापन समितिको चुनाव लिएर विवाद हुंदै आए...

चिसोका कारण बाराको जनजीवन प्रभावित

अजय यादव बारा, ५ माघ। बाक्लो हुस्सु, शितलहर र चिसोको कारण बाराको जनजीवन प्रभावित भएको छ।     दर्ुइ-चार दिनदेखि मौसम अनुकूल नरहेको हुनाले शितलहर दिनभरि परिरहेको छ भने घामको मुख हर्ेनसम्म पाइएको छैन। बारा जिल्लाको अधिकांश गाउंहरुमा पशु चौपायाहरु चिसोका कारण मर्दै गइरहेको स्थानीयवासीले बताएका छन्। सदरमुकाम कलैयामा अहिले जाडो बढेको हुनाले अधिकांश पसलहरु बन्द रहेको व्यापारीहरुले बताएका छन्। चिसोले गर्दा व्यापारमा कमी आएको कृषि बीज भण्डार कलैयाका संचालक प्रभु यादवले बताए। मौसम एकदमै खराब हुंदा कलैया बजार गर्नेको संख्यासमेत न्यून हुंदै गइरहेको यादवले बताए।     अधिकांश विद्यालयहरु पनि बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापकले बताएका छन्। बाराको भवानीपुर, बरियारपुर, स्रि्रौनगढ, निजगढ, सिमरा, बघवन, तेतरिया, हर्दिया, मटिअर्वा लगायतको ठाउंमा जनजीवन प्रभावित बन्न पुगेको त्यहांका स्थानीय बासिन्दाले बताएका छन्।

१९५० को सन्धि पुनरावलोकन होइन, प्रतिस्थापन ः माओवादी

सीमा, तटबन्धलगायत समस्यामा कांग्रेस सहमत काठमाडौं, माघ ४। एकीकृत नेकपा माओवादीका स्थायी समितिका सदस्य वर्षान पुनले सन् १९५० को शान्ति तथा मैत्री सम्बन्धको पुनरावलोकन होइन, प्रतिस्थापन आवश्यक भएको बताएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा नेता पुनले आफ्नो पार्टी विगतका असमान सन्धिलाई नयाँ राजनीतिक सर्न्दर्भमा नयाँ सन्धि गर्ने पक्षमा रहेको बताए। 'भारतीय विदेश मन्त्री एसएम कृष्णाले विना कूटनीतिक भाषामा स्पष्ट आफ्ना कुरा सोझै राखेका छन्। हामीले पनि स्पष्ट रुपमा राखेका छौं,' उनले भने- तर, माओवादी आन्दोलन र नेपाली जनताको संवेदना डार्इभर्ट गर्न खोजेको होइन भने यसलाई हामीे सकारात्मक रुपमा लिन चाहन्छौं। भारतसँग हामीले सम्बन्धै चाहिँदैन भनेका होइनौं, समानताका आधारमा नयाँ ढंगले सम्बन्धलाई परिभाषित गर्न खोजेका हौं। रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा नेता पुनले भारतीय स्थल सेनाध्यक्ष दीपक कपुरले सेना समायोजनबारे स्पष्ट धारणा राख्नुपर्ने बताए। 'सेना समायोजनबारे विवादास्पद धारणा दिने भारतीय स्थल सेनाध्यक्ष ...

अर्न्तक्रिया तथा सम्मान कार्यक्रम, राकँ गाविसको गाउँ परिषद विभिन्न खेलकूद प्रतियोगिता

ज्ञानेन्द्र शर्मा रोल्पा, ४ माघ। चन्द्र माडी युवा क्लव बाजाबाङ  रोल्पालेे माघे सक्रान्तिको अबसर पारेर आयोजना गरेको बिभिन्न खेलकुद प्रतियोगिताहरु आज सम्पन्न भएका छन्।     कार्यक्रममा भलिबल, हाजिरी जवाफ, घैटाफोर, रस्साकसीँ र भाले छोपार्ँइ प्रतियोगिता संचालन गरिएको थियो।     १२ टिमको बिचमा प्रतिस्पर्धा भएको भलिवल प्रतियोगितामा सिर्जनशील युवा क्लव महेन्द्री प्रथम, समाज सेवी युवा क्लव कोछाप दोस्रो र सल्लीबोटको टिम तेस्ा्रो भएका छन्।     यसैगरी हाजिरी जवाफ तर्फचन्द्र माडी युवा क्लवको ए टिम प्रथम, सुस्मीता स्मृती युवा क्लव हरीगाउँ दोस्रो र चन्द्र माडी युवा क्लवको बि टिम तेस्रो भएका छन्।     घैटाफोर प्रतियोगिता तर्फहरिगाउँ रोल्पाका अरुण थापाले प्रथम स्थान हासिल गरेका छन्।     रस्साकसी प्रतियोगिता तर्फसल्लीबोटको टिम प्रथम, लेकाली युवा क्लव खेवासेको टिम दोस्रो र चन्द्रमाणी युवा क्लव बाजबाङको टिम तेस्रो भएका छन्।     भाले छोपार्ँइ प्रतियोगिता तर्फबाजबाङका टेक बहादुर र्घर्ति प्रथम भएका छन्।  ...