Skip to main content

१९५० को सन्धि पुनरावलोकन होइन, प्रतिस्थापन ः माओवादी

सीमा, तटबन्धलगायत समस्यामा कांग्रेस सहमत

काठमाडौं, माघ ४। एकीकृत नेकपा माओवादीका स्थायी समितिका सदस्य वर्षान पुनले सन् १९५० को शान्ति तथा मैत्री सम्बन्धको पुनरावलोकन होइन, प्रतिस्थापन आवश्यक भएको बताएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा नेता पुनले आफ्नो पार्टी विगतका असमान सन्धिलाई नयाँ राजनीतिक सर्न्दर्भमा नयाँ सन्धि गर्ने पक्षमा रहेको बताए।

'भारतीय विदेश मन्त्री एसएम कृष्णाले विना कूटनीतिक भाषामा स्पष्ट आफ्ना कुरा सोझै राखेका छन्। हामीले पनि स्पष्ट रुपमा राखेका छौं,' उनले भने- तर, माओवादी आन्दोलन र नेपाली जनताको संवेदना डार्इभर्ट गर्न खोजेको होइन भने यसलाई हामीे सकारात्मक रुपमा लिन चाहन्छौं। भारतसँग हामीले सम्बन्धै चाहिँदैन भनेका होइनौं, समानताका आधारमा नयाँ ढंगले सम्बन्धलाई परिभाषित गर्न खोजेका हौं।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा नेता पुनले भारतीय स्थल सेनाध्यक्ष दीपक कपुरले सेना समायोजनबारे स्पष्ट धारणा राख्नुपर्ने बताए। 'सेना समायोजनबारे विवादास्पद धारणा दिने भारतीय स्थल सेनाध्यक्ष दीपक कपुर नआएको भए हुन्थ्यो,' उनले भने- अब आउने नै भएपछि सेना समायोजनबारे स्पष्ट गर्नुपर्छ।

पुनले आफ्नो पार्टीको प्राथमिकता सरकारभन्दा पनि नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनता रहेको दाबी गरे। माओवादी सेना समायोजनको विपक्षमा नभएको उनको भनाइ थियो।  'शान्तिप्रति सबै इमानदार हुने हो भने सेना भर्ती र हतियार खरिद जरुरी छैन,' उनले भने- सेना समायोजन र संविधान कार्यतालिकअनुसार समयमै बन्नर्ुपर्छ भन्नेमा हामी स्पष्ट छौं।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले माओवादी नेताहरुले जुलुस लिएर सीमामा गएर सस्तो राजनीति गरेको आरोप लगाए। 'भारतसँग रहेका कालापानी, सुस्तालगायत सीमा, तटबन्धलगायत समस्या रहेको कुरामा हामी पनि सहमत छौं,' उनले भने- तर, त्यसलाई कूटनीतिक माध्यमबाट राजनीतिक स्तरमा समाधान खोज्नर्ुपर्छ।

उनले कांग्रेसको सरकार भारतले कहिले पनि नबनाएको र नढालेको बताए। 'यहाँको सरकार संसदले बनाउने हो, भारतले भनेर बन्ने र नबन्ने होइन, माओवादीले आफ्नो कमजोरी ढाकछोप गरेको मात्र हो,' उनले भने, 'सरकारमा रहँदा ठीक र बाहिरिएपछि हस्तक्षेप ठान्नु गलत हो।'

सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधन,  सीमा, तटबन्धका समस्या सडकको विषय नभएको उनको भनाइ थियो। उनले रेमिट्यान्स घटेको, भारतसँगको व्यापार घाटा वाषिर्क साढे २ खर्ब भएको र विदेशी मुद्राको संचिती घटेकाले मुलुकको अर्थतन्त्र धराशयी भएको बताए। उनले भने- माओवादीको आन्दोलन, मजदुरको बन्द, हडताल, चन्दा र वाइसिएलको आतंकका कारण उद्योगधन्दा बन्द छ। त्यसका कारण माओवादी गम्भीर नबन्ने हो भने मुलुकको अर्थतनत्त तहसनहस हुन्छ।

कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यक्षेत्र शान्ति र संविधान मात्र रहेकाले सरकार बनाउने र ढाल्न नसक्ने बताए। साथै उनले संयन्त्रमा स्थायी आमन्त्रित सदस्य रहन प्रधानमन्त्री माधवकुमार नेपाल तयार रहेको जनाउ पनि दिए। खाली भएको ठाउँमा सैनिक भर्ना नाजायज हुन नसक्ने उनको भनाइ थियो।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले माओवादी विभिन्न नामका आन्देालनमार्फ सके सरकारको नेतृत्व गर्ने नसके सम्मानजनक ढंगले सरकारमा सामेल हुने चाँजोपाँजो मिलाइरहेको आरोप लगाए। उनले भने- माओवादी आन्दोलन सरकारबाट बाहिरिनुपर्दाको छटपटी मात्र हो। भारतसँगको सम्बन्ध अन्ध राष्ट्रवाद र राष्ट्रिय आत्मर्समर्पणवादबाट ग्रसित भएकाले जनराष्ट्रवादका आधारमा नयाँ संविधान विकसित गर्नुपर्ने उनको धारणा थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।