Skip to main content

Posts

पर्साका गाविस सचिवद्वारा आन्दोलनको घोषणा

वीरगंज ६ असार/ सुरक्षाको माग गर्दै पर्साका गाविस सचिवहरुले आन्दोलनको घोषणा गरेको छ। गाविस सचिव हकहित संरक्षण केन्द्र पर्साले भूमिगत संगठनहरुबाट सचिवहरुसंग रकम माग गरी धम्क्याएको घटनाप्रति सम्बन्धित निकायले कुनै ध्यान नदिएको भन्दै असार ८ गते संकेतिक हड्ताल गर्ने र ९ गते आन्दोलनका सशक्त कार्यक्रमहरुको घोषणा गर्ने जनाएका छन्।  सचिवहरुलाई विभिन्न भुमिगत संगठनका सदस्यहरुले दश-दश हजारको दरले चन्दा मांग गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केन्द्रका अध्यक्ष मदनमोहन मालीले जानकारी गराए।

भारी मात्रामा हतियार पक्राउ

वीरगंज, ६ असार । पर्साको सुर्जाहामा भारी मात्रामा अवैध हतियार सशस्त्र प्रहरीले बरामद गरेको छ। आज बिहान सशस्त्र प्रहरी हवल्दार चिरन्जीवी रेग्मीको नेतृत्वमा रहेको पकाहामैनपुरको गस्ती टोलीलाइ देखेपछि चार-पांच जनाले हतियार भागेर फरार भएका हुन्। उनीहरुले छाडेको झोलाबाट ४ थान कटुवा पेस्तोल, ९ थान गोली फेला परेको प्रहरीले जानकारी गराएको छ।

नेपाल औषधि कर्मचारीको प्रथम अंचल अधिवेशन

वीरगंज, ६ असार । नेपाल औषधि कर्मचारी संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले अधिकार प्रयोग गर्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन्। आज वीरगंजमा संघको प्रथम अंचल अधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथि बास्कोटाले साहु र नोकरको व्यवहार नगरी कर्मचारीको नाताले काम गर्न संचालकहरुलाइ आग्रह गरे। उनले नेपाल सरकारबाट लागू गरिएको श्रम ऐनको कार्यान्वयन नगरेकोमा १५ बुंदे मांग राखी आन्दोलन जारी राखेकोमा हालसम्म कतैबाट कुनै सुनवाइ नभएकोमा आक्रोश व्यक्त गरे। रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेका सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो।

नारायणी यातायात बस व्यवसायी संघको प्रकरण

वीरगंज, ६ असार। नारायणी यातायात बस व्यवसायी संघ वीरगंजमा आबद्ध बस व्यवसायीहरूबीच यतिखेर ठूलो अन्तरसंर्घष्ा र अन्तरविरोध जारी भइ एक गुटले अर्को गुटको भण्डाफोर गरिरहेको छ।  नारायणी यातायात बस व्यवसायी संघ वीरगंजका कार्यालय प्रमुख हरि निरौलाले गत जेठ ३० गते एक प्रेस विज्ञप्ति जारी गरी संघको कार्यालयमा भएको साधारणसभाबाट प्रमोद राउत कर्ुर्मीको अध्यक्षतामा १३ सदस्यीय नयां कार्यसमिति निर्विरोध निर्वाचित भएको र्सार्वजनिक गरे।  नारायणी बस व्यवसायी संघका संयोजक कृष्णराज उप्रेतीले गत जेठ १८ गते जारी प्रेस विज्ञप्तिमा तत्कालीन सचिव दीपकमान श्रेष्ठ  -राम श्रेष्ठ) ले नगद तथा जिन्सी सम्पत्तिहरू मनोमानी किसिमबाट हिनामिना गरेको, अध्यक्षको निर्देशन बमोजिम वर्षौदेखि कार्यसमितिको बैठक समेत नबोलाइ अख्तियार दुरूपयोग गरिरहेकोले विपक्षीलाई झिकाइ संस्थाको हिनामिनाबाट जोगाउनका लागि शान्ति-सुरक्षाको व्यवस्था मिलाइ श्रेष्ठमाथि कारबाहीको मांग राखी जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिनको लागि गरेको निर्णयमा उपाध्यक्ष कुलवन्त सिंहले हस्ताक्ष्ँर गरेको उल्लेख छ।  गत वैशाख ३१ गते संघका अध्यक्ष कृष्णराज उप्रेतीक...

अमृत घ्यू र फेमेली तोरीको तेल गुणस्तरहीन

वीरगंज, ६ असार। अन्नपूर्ण्ाा भेजिटेबुल प्रोडक्टस, लिपनीमाल बाराद्वारा उत्पादित अमृत डाल्डा घ्यू र श्री शिवशक्ति घ्यू उद्योग प्रालि जीतपुरद्वारा उत्पादित फेमेली हेल्थ तोरीको तेलका बारेमा उपभोक्ताहरूले गुणस्तरहीन रहेको बताएका छन्।  उपभोक्ताहरूका अनुसार अमृत वनस्पति घ्यू सफा, दानादार हुने गरेकोमा हिजोआज वीरगंज बजारमा विक्री भइरहेको अमृत वनस्पति घ्यू मकैको ढिंडोजस्तो पहेंलो रंगको र दूषित गन्ध आउने गरेको तथा फेमेली तोरीको तेल पनि तोरीको गन्धहिन रहेको थाहा हुन आएको छ।  एक स्रोतले अमृत वनस्पति घ्यू पाम आयल कच्चा पदार्थबाट तयार हुने गरेको र राम्रोसंग रिफाइनरी  -प्रशोधित) नगरिएबाट सेतो हुनुपर्ने घ्यूको रंग पहेंलो भइ गुणस्तरहीन हुन गएको जानकारी गराएको छ।  त्यस्तै फेमेली तोरीको तेल पनि पाम आयल कच्चा पदार्थ प्रयोग गरी तोरीको झांस मिसाइएबाट गुणस्तरहीन र अखाद्य भएको दाबी उपभोक्ताहरूको छ।    घ्यू र तेलको गुणस्तरीयताको बारेमा राम्रो ज्ञान नभएका र बजारमा विक्रेताले जे बस्तु दियो त्यहि बस्तु खरिद गर्नुपर्ने, उपभोक्ताहरूको मांग र चाहना अनुसारको बस्तु आप\mनो पायक पर्ने बजार र पसलमा उपलब्ध नभएका कारण उत...

धादिङ र मकवानपुरमा दुर्घटना, १ को मृत्यु, दुइ घाइते

वीरगंज, ६ असार । धादिङ मार्पाक गा.वि.स.वडा नं.६ पन्तटार भन्ने स्थानमा गए राति कच्चि सडकमा बा.६.च २१७१ नं.को महेन्द्र जिप दुर्घटना हुंदा १ जनाको घट्नास्थलमा नै मृत्यु भएको छ भने ५ जना र्घाईते भएका छन्। घाइतेको जिल्ला अस्पताल धादिङवेसीमा उपचार भइरहेको छ। चालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको । मकवानपुरको चुरियामाई ९ मा आज बिहान ना.१.ज.२२१६ नं.को टाटा सुमो र अनटेस्ट मोटरसाइकल एक आपसमा ठोक्किदा दुइजना घाइते भएका छन्। घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको छ।

महोत्तरी बजार बन्द

वीरगंज, ६ असार । महोत्तरी नगरपालिकाका प्रहरी कर्मचारीले चेकजांच गरेको विरोधमा स्थानीयबासिन्दाले बजार बन्द गराएको छ। आज स्थानीयवासी र प्रहरीबीच विवाद भएपछि प्रदर्शनकारीले नपा अगाडि टायर बालेर बजार बन्द गराउंदै हिडेको प्रहरीले जनाएको छ ।