Skip to main content

अमृत घ्यू र फेमेली तोरीको तेल गुणस्तरहीन

वीरगंज, ६ असार। अन्नपूर्ण्ाा भेजिटेबुल प्रोडक्टस, लिपनीमाल बाराद्वारा उत्पादित अमृत डाल्डा घ्यू र श्री शिवशक्ति घ्यू उद्योग प्रालि जीतपुरद्वारा उत्पादित फेमेली हेल्थ तोरीको तेलका बारेमा उपभोक्ताहरूले गुणस्तरहीन रहेको बताएका छन्। 
उपभोक्ताहरूका अनुसार अमृत वनस्पति घ्यू सफा, दानादार हुने गरेकोमा हिजोआज वीरगंज बजारमा विक्री भइरहेको अमृत वनस्पति घ्यू मकैको ढिंडोजस्तो पहेंलो रंगको र दूषित गन्ध आउने गरेको तथा फेमेली तोरीको तेल पनि तोरीको गन्धहिन रहेको थाहा हुन आएको छ। 
एक स्रोतले अमृत वनस्पति घ्यू पाम आयल कच्चा पदार्थबाट तयार हुने गरेको र राम्रोसंग रिफाइनरी 
-प्रशोधित) नगरिएबाट सेतो हुनुपर्ने घ्यूको रंग पहेंलो भइ गुणस्तरहीन हुन गएको जानकारी गराएको छ। 
त्यस्तै फेमेली तोरीको तेल पनि पाम आयल कच्चा पदार्थ प्रयोग गरी तोरीको झांस मिसाइएबाट गुणस्तरहीन र अखाद्य भएको दाबी उपभोक्ताहरूको छ। 
  घ्यू र तेलको गुणस्तरीयताको बारेमा राम्रो ज्ञान नभएका र बजारमा विक्रेताले जे बस्तु दियो त्यहि बस्तु खरिद गर्नुपर्ने, उपभोक्ताहरूको मांग र चाहना अनुसारको बस्तु आप\mनो पायक पर्ने बजार र पसलमा उपलब्ध नभएका कारण उत्पादक र विक्रेताले गुणस्तरहीन बस्तुबाट आम उपभोक्ताहरूलाई ठगी रहने अवस्था देखा परेको छ। 
खाद्य ऐन र उपभोक्ता हित संरक्षण ऐनको परिधिमा खाद्य वस्तुको तौल, गुण छ, छैन भनि नियमित अनुगमन गर्नुपर्ने निकायमा पर्ूण्ा निष्त्रिmयता छाएकोले कम तौल र गुणस्तरहीन बस्तु विक्री वितरण गरी उत्पादक र विक्रेताले आम उपभोक्ताहरूलाई नाजायज ठगी रहेको, अखाद्य बस्तु खाद्य पदार्थमा मिलावट, मिसावट गरी विक्री वितरणमा ल्याइ रहेबाट प्रत्येक घरमा नानाथरिका रोगबाट मानिसहरू विरामी भइ अस्पताल, क्लिनिक, नर्सिङ होम, टिचिङ हस्पिटलमा चांप बढीरहेको पाइन्छ। 
अमृत वनस्पति घ्यू र फेमेली तोरीको तेल उत्पादन गर्ने उद्योगले गुणस्तरहीन वस्तु उत्पादन गरी उपभोक्ताहरूको स्वास्थ्य स्थितिमा प्रभाव पार्ने काम गरेकाले आप\mनो उत्पादनलाई गुणस्तरीय बनाउनुको सट्टा गुणस्तरहीन बस्तु उत्पादन गरी विक्रीमा ल्याएकोमा आम उपभोक्ता समक्ष्ँ आत्मालोचना गर्न जरूरी देखिन्छ। फेमेली तोरीको तेल र अमृत वनस्पति घ्यू उत्पादन गर्ने उद्योगको वास्तविक भनाइको पर्खाइमा उपभोक्ताहरू रहेका छन्। 
हाल वीरगंज बजारमा अमृत वनस्पति घ्यूको खुद्रा मूल्य प्रतिकेजी रू ७५ र फेमेली तोरीको तेल प्रतिकेजी रू १०५ रहेको छ। 

 

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।