Skip to main content

नारायणी यातायात बस व्यवसायी संघको प्रकरण

वीरगंज, ६ असार। नारायणी यातायात बस व्यवसायी संघ वीरगंजमा आबद्ध बस व्यवसायीहरूबीच यतिखेर ठूलो अन्तरसंर्घष्ा र अन्तरविरोध जारी भइ एक गुटले अर्को गुटको भण्डाफोर गरिरहेको छ। 
नारायणी यातायात बस व्यवसायी संघ वीरगंजका कार्यालय प्रमुख हरि निरौलाले गत जेठ ३० गते एक प्रेस विज्ञप्ति जारी गरी संघको कार्यालयमा भएको साधारणसभाबाट प्रमोद राउत कर्ुर्मीको अध्यक्षतामा १३ सदस्यीय नयां कार्यसमिति निर्विरोध निर्वाचित भएको र्सार्वजनिक गरे। 
नारायणी बस व्यवसायी संघका संयोजक कृष्णराज उप्रेतीले गत जेठ १८ गते जारी प्रेस विज्ञप्तिमा तत्कालीन सचिव दीपकमान श्रेष्ठ 
-राम श्रेष्ठ) ले नगद तथा जिन्सी सम्पत्तिहरू मनोमानी किसिमबाट हिनामिना गरेको, अध्यक्षको निर्देशन बमोजिम वर्षौदेखि कार्यसमितिको बैठक समेत नबोलाइ अख्तियार दुरूपयोग गरिरहेकोले विपक्षीलाई झिकाइ संस्थाको हिनामिनाबाट जोगाउनका लागि शान्ति-सुरक्षाको व्यवस्था मिलाइ श्रेष्ठमाथि कारबाहीको मांग राखी जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिनको लागि गरेको निर्णयमा उपाध्यक्ष कुलवन्त सिंहले हस्ताक्ष्ँर गरेको उल्लेख छ। 
गत वैशाख ३१ गते संघका अध्यक्ष कृष्णराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष कुलवन्त सिंह, उपसचिव राजेन्द्रप्रसाद श्रेष्ठ, कोषाध्यक्ष सुमन श्रेष्ठ, सदस्य रोशनमान श्रेष्ठ, सदस्य अनिल श्रेष्ठ, सुनील मानन्धर, अजितपाल सिंह, अशोक श्रीवास्तव, हरवंश सिंहको उपस्थिति रहेको थियो । सो बैठकले सचिव दीपकमान श्रेष्ठ 
-राम श्रेष्ठ)ले संघका कोषाध्यक्षलाई बाइपास गरी मनोमानी ढंगले आर्थिक कारोबार गरी लाखौंलाख अपचलन गरेको, लेखा परीक्षण समेत नगराएको, व्यवसायीहरूलाई आफूखुशी नयां इण्ट्री लगायतका काम गरी व्यवसायीहरूसंग रकम असुल गरिरहेको र सोको हरहिसाब आजसम्म संघमा नदिएको, धाक, धम्की दिंदै हिंड्ेकाले जिल्ला प्रशासन कार्यालय पर्सामा आवश्यक कारबाहीको लागि पत्राचार गर्ने निर्णय गरेको थियो। 
सोही बैठकले वैशाख ३१ गतेका दिनबाट कार्यसमितिलाई भंग गरी, आगामी असार मसान्तभित्र संघको निर्वाचन गराउनका लागि संघका अध्यक्ष्ँ कृष्णराज उप्रेतीको संयोजकत्वमा कुलवन्त सिंह, राजेन्द्र श्रेष्ठ, सुमन श्रेष्ठ, अजितपाल सिंह, सुनील मानन्धर, अशोक श्रीवास्तव, अनिल श्रेष्ठ, हरिवंश सिंह रहने गरी नौं सदस्यीय तदर्थ समिति गठन गरेको थियो। 
संघका अध्यक्ष कृष्णराज उप्रेती, कुलवन्त सिंह, सुशील मानन्धर, राजेन्द्र श्रेष्ठ, सुमन श्रेष्ठको हस्ताक्षरसहितको जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता गराएको शान्ति सुरक्षाको व्यवस्था मिलाइ संस्थाको सम्पत्ति हिनामिना गरेकोमा कारबाही गरी सम्पत्ति दिलाइ पाऊ विषयक निवेदनमा जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएको नारायणी यातायात वस व्यवसायी संघका सचिव दीपकमान श्रेष्ठ किर्ते नाम राम श्रेष्ठले संघको नगद तथा जिन्सी सम्पत्तिहरू हिनामिना गरीरहेको र कार्यसमितिले त्यसो नगर्न भन्दा हामीहरूसंग झैंझगडा गर्न तयार भएकोले कारबाही गरी पाऊ उल्लेख भएको थियो। 
संघका उपाध्यक्ष कुलवन्त सिंहले वि.सं. २०४७ सालमा स्थापित दर्ुइ पटक मात्र साधारणसभा गरिएको, हालै भएको तथाकथित साधारणसभाप्रति आप\mनो सहमति नरहेको, मेरो घरमा राम श्रेष्ठको नेतृत्वमा आएका ५०-६० जना मानिसले मेरो अध्यक्षतामा साधारणसभा भएको भन्ने बेहोराको कागजमा जबरजस्ती मेरो सही गराइ र्सार्वजनिक गरिएको हो। यो अवैधानिक र अप्रजातान्त्रिक छ। गुण्डाहरूको बलमा गैर बस व्यवसायीहरूको आधारमा गठन गरिएको संघप्रति मेरो कुनै संलग्नता छैन। हाम्रो संघको संस्थापन पक्षको वैधानिक साधारणसभा बस व्यवसायीहरूको एकतामा असार ९ गते हुंदैछ भन्नुभएको छ। 
सो संघका पर्ूव कोषाध्यक्ष विनोद मानन्धरले दीपकमान श्रेष्ठ 
-राम श्रेष्ठ)ले सुरूदेखि नै व्यवसायीहरूको हित विपरित, संघको विधान उल्लघंन गर्दै मनोमानी ढंगले कार्य गर्दै आइरहेकोले मैले तत्काल राजिनामा दिएको थिए। हाल आएर निजका विरूद्ध सिंगो कार्यसमिति नै उत्रिएर असार ९ गते वैधानिक तवरले साधारणसभा हुंदैछ। सो साधारणभाले बस व्यवसायीहरूको हित गर्न नयां नेतृत्व चयन गर्ने आशा गर्दै सफलताको कामना गर्दछ भन्नुभएको छ। 
कार्यसमिति सदस्य राजेन्द्र श्रेष्ठले दर्ुइ वर्षेखि कार्यसमितिको कुनै बैठक बसेको थिएन। अध्यक्षको आदेशलाई लत्याउंदै, संघको श्रीसम्पत्ति कब्जा गरी आफूखुशी राम श्रेष्ठले चलाएकोले हामी विरोधमा उत्रिएका हौं। प्रमोद राउत कर्ुर्मी अध्यक्ष रहेको संघको कुनै औचित्य छैन भन्नुभएको छ। 
कोषाध्यक्ष्ँ सुमन श्रेष्ठले सचिव राम श्रेष्ठ, दीपकमान श्रेष्ठले संघको कोष हिनामिना गरी कार्यसमितिलाई बाइपास गरी संघको दुरूपयोग गर्न थालेपछि साविकको कार्यसमिति भंग गरी संघका अध्यक्ष कृष्णराज उप्रेतीको संयोजकत्वमा वैशाख ३१ गते बसेको बैठकले तदर्थ समिति गठन गरी असार ९ गते साधारणसभाको मिति तोकी र्सार्वजनिक सूचना समेत प्रकाशित गरिएपछि गरिएको साधारणसभालाई कुनै पनि हालतमा वैधानिकता दिन सकिदैन। बहुमत अझसम्म पुरानै संघमा छ। आफू आर्थिक हिनामिनामा पर्ने डरले हतास मनस्थितिमा अवैधानिक र कपोलकल्पित संघमा बसेर भ्रम सिर्जना गरी व्यवसायीहरूको एकता भांड्न गरेको दुष्प्रयास असफल भइसकेको बताउनुभयो।  
सुमन श्रेष्ठले करिब ५७-५८ लाख रुपैयां सचिव राम श्रेष्ठले हिनामिना गरेका छन्, सो रकम पचाउन संघमा फूट ल्याएका हुन्, हामी बस व्यवसायीहरुका बीच उनलाई नंग्याएर कानूनी कारबाही गराउन दृढ रहेको बताएका छन्। 
स्थापनाकालमा करिब दर्ुइ सय साधारण सदस्य रहेको नारायणी यातायात बस व्यवसायी संघमा विभिन्न   संघ गठन हुंदै जाने क्रममा हाल ३२ जना साधारण सदस्य रहेका छन्। 
वीउमनपा वडा नं. १८ मा १६ धुर जग्गामा पिल्लार उठाएको ढलान हुन बांकी संघको निर्माणाधीन कार्यालय भवन छ। कसैको घरमा कोठामा गोप्य तवरले बोलाइएको संघको साधारणसभाबाट नारायणी यातायात व्यवसायी संघका कर्मचारी रामभरोस यादव, दिपेन्द्र पटेल, राजकुमार गुप्ता, रमेश यादवलाई पनि कार्य समिति सदस्य चयन भएकोमा आपत्ति राजेन्द्र श्रेष्ठले प्रकट गरेका छन्। 

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।