Skip to main content

Posts

दलहरुको भागवण्डापछि विवाद मिल्यो

अर्घाखांची, १२ असार । दलहरुले भागवण्डा गरेपछि लामो समयदेखि गठन हुन नसकेका अर्घर्ाांचीका दुइ गाविसमा विभिन्न तीन समितिले पूर्णता पाएका छन्। दर्जनौँ पटक बैठक बसेपनि अध्यक्षमा दलहरुको आाफ्नै दाविका कारण गठन हुन नसकेका बलकोट गविसको बल्कोट उच्चमाविको ब्याबस्थापन समिती र केरुंगा गविसको शारदा माध्यमिक विद्यालय व्यबस्थापन समिती तथा बाहाखोला खानेपानी उपभोक्ता समितीको दलहरुले भागबण्डा गरेर लिएका हुन्। शुक्रबार सम्पन्न दर्ुइ गविसका सरोकारवाला र अभिभावकहरुको संयुक्त भेलामा जनताले समिती गठन गर्नैपर्ने दवाब दिएपछि दलहरुले भागवण्डा गरेर मिलाएका हुन्। दलहरुले बल्कोट उच्च माध्यमिक विद्यालय ब्यवस्थापन समितीको अध्यक्षमा नेपाली कांग्रेसका टेकराज पौडेल तथा नेपाली कांग्रेसका तीन र एमालेका दर्ुइ सदस्य दिएर बिबाद मिलाएका हुन। शारदा माध्यमिक विद्यालयमा एकीकृत नेकपा माओवादीका रामलाल पराजुलीको अध्यक्षतामा काँग्रेसका तीन र एमालेका दर्ुइ सदस्य रहेको समिती गठन गरीएको हो। तयस्तै बाहांखोला खानेपानी योजनामा एमालेका ध्रुव पाण्डेको अध्यक्षतामा एकीकृत माओवादीका चार, नेपाली काँग्रेसका चार, नेकपा एककिृत र राष्ट्र...

लागुऔषध दुव्र्यसनीविरुद्ध जिल्लामा जनचेतनामूलक कार्यक्रम

-भरत पाण्डेय- गुल्मी १२ असार । लागु औषध दुरुपयोग तथा ओसारपसारबिरुद्ध अन्तराष्ट्रिय दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ। आज रेसुंगा सामुदायिक सेवा समाजको आयोजनामा गुल्मीको सदरमुकाम तम्घासमा विभन्नि कार्यक्रम गरियो। विहान तम्घासमा प्रभातफेरी कार्यक्रम पछि आयोजित सभामा बोल्ने बक्ताहरुले लागुऔषध दर्ुर्व्यसनीविरुद्ध जिल्लामा जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए। प्रमुख जिल्ला अधिकारी टेकवीरजंग रायमाझीले विभिन्न सरोकारवाला संघसंस्थाहरु तथा शिक्षकहरुले गाउंका जनता तथा विद्यालयमा विद्यार्थीहरुलाई लागुऔषधसम्बन्धी चेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभएकेा थियो। प्रहरी निरीक्षक ऋषि कंडेलले मन्तव्य व्यक्त गरेको सो कार्यक्रमको संचालन उपाध्यक्ष हरिकुमार श्रेष्ठले गर्नुभएको थियो भने समाजकी अध्यक्ष दिलशोभा पुनको सभापतित्वमा अन्तरक्रिया सम्पन्न भएको थियो।

रेसुंगा क्षेत्र संरक्षण र सम्बर्धनमा हाम्रो दायित्व

-भरत पाण्डेय- गुल्मी १२ असार । रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको आयोजनामा रेसुंगा क्षेत्र संरक्षण र सम्बर्धनमा हाम्रो दायित्व विषयक अर्न्तक्रिया कार्यक्रम आज रेसुंगा डांडाको पोखरी क्षेत्रमा सम्पन्न भएको छ। अर्न्तक्रियामा रेसुंगा क्षेत्रको एतिहासीक, सांस्कृति, क्षेत्रको संरक्षण र महत्व जोगाइराख्नु अहिलेको मुख्य आवश्यकता भएको कुरामा जोड दिइएको थियो । त्यस्तै रेसुंगा क्षेत्रमा रहेका बहुमुल्य जटीबुटी र बन्य जन्तुहरुको विनास बढ्दै गएकाले पनि त्यसको संरक्षण र सुरक्षाका लागि स्थानीय प्रशासन देखि, सामुदायीक वनहरु र रेसुंगा क्षेत्रसंग सम्बन्धित सम्पर्ूण्ा संघ संस्थाहरुले विशेष पहल गर्नु पर्ने पनि कार्यक्रममा औल्याइएको थियो। अर्न्तक्रिया कार्यक्रमले रेसुंगाका सम्पूर्ण पुरातात्वीक संरचनाहरुको संरक्षण गर्दै थप विकासका कार्यहरु अगाडी बढाउने, जैविक विविधताहरुको संरक्षण गर्ने, बनस्पती र बन्य जन्तुको संरक्षणमा सबैले भुमिका निर्वाह गर्ने निष्कर्ष निकालेको छ । सो क्षेत्रको धार्मिक महत्वमा बिशेष दख्खल राख्ने शशी पन्थी, दीन पन्थी, प्रेमनाथ अर्याल, नेपाली कांग्रेसका जिल्ला सचिव फ...

टेलिकमले न्यू जेनेरेशन नेटवर्क ल्याउने

वीरगंज, १२ असार । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश सिकारिया दूरसंचारको सेवालाइ अझै प्रभावकारी र व्यवस्थित बनाउनु पर्नेतर्फ जोड दिएका छन्। आज नेपाल टेलिकमका प्रबन्ध निर्देशक विश्वनाथ गोयल तथा सहकर्मीसंग संघको कार्यकक्षमा एक छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै उनले विशेष गरेर वीरगंजबाट नेपाल टेलिकमलाई अत्यधिक राजश्व उपलब्ध भई रहेकोले यस क्षेत्रको समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्नु पर्नेमा जोड दिए। वीरगंजमा जी.पी.आर.एस., जी.एस.एम., ३जी., एम.एम.एस., एडीएसएल इन्टरनेट सेवा र कालर रिंगटोन सेवा पनि शुरु गर्नु पर्ने धारणा छलफलका सहभागी मनीष आस्वानी, शिवजी कलवार, सुबोध गुप्ता, ओम प्रकाश जायसवाल, प्रकाश र्सराफ, अरविन्द्र आमात्य, गोविन्द शाह, भुषण तिमला, प्रेम गोयल, तारा प्रसाद गुप्ता, दिपक टिवडेवाल लगायतले टेलिकम सेवाका विविध पक्षहरुका बारे जिज्ञासा राख्नु भएको थियो। नेपाल टेलिकमका प्रबन्धक निर्देशक विश्वनाथ गोयलले दूरसंचारका सेवालाई समयानुकल बनाउ“दै जाने प्रतिबद्धताका साथ चांडै नै एडीएसएल सि.आर.बि.टी., नचाहिदो एस.एम.एस.लाई ब्लक गर्ने यावत सुविधाहरु उपलब्ध गराउनुका साथै...

राजनीतिक संयन्त्रको नेतृत्व गर्छु - कोइराला

काठमाडौं, १२ असार। नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सरकार संचालनका लागि निर्माण हुन लागेको राजनीतिक संयन्त्रको नेतृत्व गर्ने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको प्रतिनिधिमण्डललाई आज आफ्नै निवास महाराजगञ्जमा भेटी सहमति, सहकार्य र एकतालाई बलियो बनाउन शिर्षनेताहरु रहने संयन्त्रको नेतृत्व आफूले गर्ने खुलासा गरेका हुन्। म राजनीतिक संयन्त्रको फिगर हेड बन्छु, कोइरालाले भने, संयन्त्रमा सबै दलका शिर्षनेताहरु रहनुहुन्छ। माओवादी अध्यक्ष प्रचण्ड समेत संयन्त्रमा सहभागी हुने बताए। आफूले प्रचण्डलाई भेटी संयन्त्रमा सहभागी हुन आग्रह गरेको बताउदै त्यसले नयां राजनीतिक सहमतिको वातावरण निर्माण गर्ने बताए। सहमति, सहकार्य र एकताको विकल्प नभएको बताउदै राजनीतिक संयन्त्रमा बसेर सहमतिका लागि भूमिका निर्वाह गर्ने बताए। उनले भने, म नेतृत्वमा देखिन मात्र हो, काम गर्ने अरु साथीहरुले हो। संयन्त्रले सरकारमा विवाद भएमा समाधान गर्ने बताए। आपसी सहमति, सहकार्य र एकताका लागि संयन्त्र उपयोगी सावित हुने बताए। सबै मिलेर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउनुको विकल्प नभएको बताए। देशभित्र सहमति, ...

शुभारम्भमार्फत उदाइन् शुभा

--संगम बानियां -- काठमाडौं, १२ असार। उपत्यकाको बुढानीलकण्ठ स्कुलमा आठ कक्षामा अध्ययनरत शुभा बानियांले शुभारम्भ एल्वम बजारमा ल्याएकी छिन्। दिल्लीमा स्काउटको जेम्वोरी सम्मेलनमा सहभागी भएर समेत आफनो गीत सुनाइसकेकी शुभा कथा, कविता र निबन्ध लेख्न रुचि राख्छिन्। बूढानीलकण्ठ स्कुलमा आठ कक्षामा अध्ययनरत उनी उत्कृष्ट स्वर भएकी विद्यार्थी हुन्। देशको वर्तमान परिस्थिति, बालबालिकाले व्यहोर्नुपरेको दुःख, पढाइको अवस्था आदि विषयसंग सम्बन्धित गीतहरु शुभारम्भमा समेटिएका छन्। टायरको धुंवा सधैं सधैं बाटो बन्द सधैं नारा सधैं जुलुस सधैं स्कुल बन्द बन्द बाटा बन्द स्कुल खुल्न देउन सिर्जनाका नौलाबाटा खन्न देउन यी मार्मिक शब्दहरु एउटा बाल एल्बम समेटिएको गीतको हो। बालबालिकाले भोग्नु परेको पीडालाई सजीव ढङ्गले उतारिएको आफ्नो पहिलो गीति संग्रह शुभारम्भ लिएर शुभा बानियां संगीत क्षेत्रमा उदाएकी छिन्। डि्रम्स म्युजिकको प्रस्तुति रहेको यो एल्बममा छुट्टाछुट्टै परिवेशमा १० वटा गीतहरु समेटिएका छन्। रामबाबु सुवेदी, दिनेश अधिकारी, दैवज्ञराज न्यौपाने, कृष्णप्रसाद पराजुली, रामप्रसाद ज्ञवाली, डिल्लीराज पौडेलका शब्दहरुमा सुम...

हतियार र गांजासहित ८ जना पक्राउ

वीरगंज, १२ असार । नुवाकोट र बारामा हतियार र गांजासहित आठ जना पक्राउ परेका छन्। बिहीवार राति नुवाकोटको कुमारी-६ बस्ने सूर्य बहादुर गुरूङको घरबाट भरूवा बन्दुक १ थान र राजु तामाङको घरबाट भरूवा बन्दुक थान-१ फेला परेको हो भने सोही स्थान बस्ने रामकृष्ण गुरूङको घरबाट करिब ११ केजी गांजा बरामद गरेको प्रहरीले जनाएको छ। सूर्य र राजुलाइ प्रहरीले पक्राउ गरेपनि रामकृष्ण फरार रहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ। यसैगरी ३० केजी गांजासहित प्रहरीले पांचजनालाइ पक्राउ गरेको छ। बिहविार बाराको निजगढ-८ स्थित लालबकैया पुल नजिकै रतनपुरी -६ बस्ने राम बहादुर मोक्तान, बिक्रम लामा, फुल बहादुर गोले र जितपुर-२ बस्ने राम चौधरीको श्रीमती बर्ष३४ की फुलमती चौधरीको साथबाट ३० केजी गांजा बरामद गरिएको प्राप्त जानकारीमा उल्लेख छ ।