Skip to main content

Posts

ब्रिज मेक अप कम्पटीसन

ब्रिज मेक अप कम्पटीसनको लागि पूर्व तयारी गर्दै र्याम्पमा हिडदै मोडलहरु । तस्बिर- उत्तम खडगी, काठमाडौंबाट

गोर्खा सैनिकको माग पूरा गराउन सुजाताद्धारा कुटनीतिक पहलको प्रतिवद्धता

काठमाडौं, २७ असार । परराष्ट्र्मन्त्री सुजाता कोइरालाले गोर्खा भूतपर्ूव सैनिकहरुको जायज माग पूरा गराउन आफूले कुटनीतिक पहल गर्ने बताएकी छिन् । मंगलवार ब्रिटिश गोर्खा भूतपर्ूव सैनिकसम्वद्ध सातवटा संस्थाका प्रतिनिधिसंगको भेटमा गोर्खा भूतपर्ूव सैनिकहरुको माग जायज भएकाले बेलायत सरकारसंग कुटनीतिक माध्यमले कुरा राख्ने बताएकी हुन् । भेटमा गोर्खा सैनिकहरुले आफूहरुको आन्दोलन जारी रहेको स्पष्ट पारेका थिए । संयुक्त ब्रिटिश गोर्खा भूतपर्ूव सैनिक संघ नेपालका अध्यक्ष प्रेम र्राईले आन्दोलन तुहाउन केही व्यक्ति लागेपनि अधिकार प्राप्त नभएसम्म सक्रिय भइरहने जानकारी गराएका थिए । सरकारले आफूहरुको माग पूरा गराउन सक्रियता र सहयोग नगरेको भन्दै गुनासो व्यक्त गरेका थिए । मन्त्री कोइरालाले आफू गोर्खाहरुको समस्या र चुनौतीबारे जानकार भएको भन्दै कुटनीतिक रुपमा लाग्ने बताइन् । भेटमा समान पेन्सन, युद्धको समाप्तिपछि खाली खुट्टा र खाली हात घर फर्काइएका गोर्खाहरुलाई उचित क्षतिपूर्ति र पेन्सन, विधवाहरुलाई क्षतिपूर्ति र पेन्सन, १८ वर्ष नाघेका भूतपूर्व सैनिकका छोराछोरीहरुलाई आवाशीय भीसालगायतका मागहरु पूरा गर्न बांकी रहेकाले ...

निष्काशित मजदूर पुनरबहाली नभए आन्दोलन

वीरगंज, १६ असार । नेशनल पोली प्लाष्टको संचालकले श्रम ऐन विपरित कर्मचारी निष्काशित गरेको आरोप लगाउंदै कार्यरत कर्मचारीले निष्काशित कर्मचारीको पुनरबहाली नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।  आज नेपाल पत्रकार महासंघ पर्सामा एक पत्रकार सम्मेलन गर्दै मजदूरहरुले  एक्कासी केही मजदूरलाई अवकाश दिएको र भाडाको गुण्डा लगाई मजदूरहरुलाइ तर्साउने गरेको आरोप लगाए।  अखिल नेपाल औद्योगिक मजदूर संघ आधिकारिक टे्रड युनियन नेशनल पोलीप्लाष्ट प्लान्ट प्रालिका अध्यक्ष किशोरी राउत कर्ुर्मीले मजदूर अच्छेलाल राउत र शिवकुमार यादवलाइ पुनरबहाली गरी वार्ताद्वारा समस्याको समाधान गर्न जोड दिए।

कृषि बजारको लागि उपभोक्ता समिति गठन

वीरगंज, १६ असार । पर्सा जिल्लाको ग्रमीण अर्थतन्त्रलाई सबल बनाउनु थोक तरकारी बजारको स्थापना गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले कृषि उपज सेड निर्माण तथा अन्य सुविधा विकास व्यवस्थापन सम्बन्धमा वीरगंज उद्योग वाणिज्य संघ, स्थानीय निकाय, वस्तुगत संघ संस्थाहरु संग सहकार्य गरेको छ । जिल्ला कृषि विकास कार्यालय पर्साले जानकारी गराए अनुसार कृषि उपज बजार सेड निर्माण कार्यका लागि गठित उपभोक्ता समितिको संयोजकमा वीउवासंघका का.स.सदस्य नरेश कुमार टिवडेवाल, सचिव श्रीमति मधुराणा, कोषाध्यक्ष सुरेश अग्रवाल तथा सदस्य सचिवमा सुनिल कुमार कण्ठ समेत गरी १३ जना सदस्य रहनु भएको छ । गठित समितिले सम्बन्धित निकायमा सर्म्पर्क तथा समन्वय गरी सेड निर्माण कार्यलाई त्रि्रता प्रदान गर्ने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  

एकलाख बराबरको धनमाल चोरी

-भरत पाण्डेय- गुल्मी १६ असार ।  गुल्मीको मुसिकोट गविसमा सोमबार राती करीव एक लाख बराबरको धनमाल चोरी भएको छ। मुसिकोट गाविस वडा नं ६  रातचौर निवासी कृष्णबहादुर खत्रीको घरमा कोही नभएको समयमा एकलाख ५० हजार नगद, एउटा मोवाईल सेट र तनिवटा घडी चोरी  भएको कौरव खत्रीले बताए। घटनाको वामी प्रहरी चौकीले अनुसन्धान गरीरहेको बताएको छ।  

ट्रकको ठक्करबाट एक गम्भीर

-भरत पाण्डेय- गुल्मी १६ असार । तम्घासबाट पोखरा जांदै गरेको ट्रकको ठक्करबाट गुल्मीको दुविचौरमा एक महिला गम्भिर घाइते भएकी छन्। सोमबार राती ग.१.ख २६२८ नम्बरको ट्रकले गुल्मीको दुवचौरमा ठक्कर दिंदा दुविचौर ४ सिराना बस्ने ३५ वर्षीया उमाकला खत्री र्घाईते भएको स्थानिय कृष्ण बहादुर बस्नेतले बताए। टाउकोमा गम्भिर चोट लागेको खत्रीको जिल्ला अस्पत्ताल गुल्मीमा उपचार हुन नसेकपछि उपचारको लागी पाल्पा तर्फलगीएको छ। ट्रक र चालक जिल्ला प्रहरीकार्यालयमा रहेको प्रहरीले जनाएकेा छ।

कृषि मजदूरहरु पनि आन्दोलित

वीरगंज, १६ असार । कृषी मजदुरहरुले ज्याला वृद्धिको माग गर्दै किसानहरु प्रदर्शनमा उत्रिएका छन्। आज बाराको कलैयामा माओवादी मातृका यादव समूहको अगुवाइमा निस्किएको कृषि मजदूरहरुको एक रयालीले कृषी मजदुर एक होऔं नारा लगाउंदै नगर परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो ।  कोण्ँसभालाई सम्बोधन गर्दै वक्ताहरुले खेतमा काम गरेवापत ६ केजी अन्न ज्याला नपाएसम्म काममा नर्फकन जोड दिएका थिए।