काठमाडौं, २७ असार । परराष्ट्र्मन्त्री सुजाता कोइरालाले गोर्खा भूतपर्ूव सैनिकहरुको जायज माग पूरा गराउन आफूले कुटनीतिक पहल गर्ने बताएकी छिन् । मंगलवार ब्रिटिश गोर्खा भूतपर्ूव सैनिकसम्वद्ध सातवटा संस्थाका प्रतिनिधिसंगको भेटमा गोर्खा भूतपर्ूव सैनिकहरुको माग जायज भएकाले बेलायत सरकारसंग कुटनीतिक माध्यमले कुरा राख्ने बताएकी हुन् । भेटमा गोर्खा सैनिकहरुले आफूहरुको आन्दोलन जारी रहेको स्पष्ट पारेका थिए । संयुक्त ब्रिटिश गोर्खा भूतपर्ूव सैनिक संघ नेपालका अध्यक्ष प्रेम र्राईले आन्दोलन तुहाउन केही व्यक्ति लागेपनि अधिकार प्राप्त नभएसम्म सक्रिय भइरहने जानकारी गराएका थिए । सरकारले आफूहरुको माग पूरा गराउन सक्रियता र सहयोग नगरेको भन्दै गुनासो व्यक्त गरेका थिए । मन्त्री कोइरालाले आफू गोर्खाहरुको समस्या र चुनौतीबारे जानकार भएको भन्दै कुटनीतिक रुपमा लाग्ने बताइन् । भेटमा समान पेन्सन, युद्धको समाप्तिपछि खाली खुट्टा र खाली हात घर फर्काइएका गोर्खाहरुलाई उचित क्षतिपूर्ति र पेन्सन, विधवाहरुलाई क्षतिपूर्ति र पेन्सन, १८ वर्ष नाघेका भूतपूर्व सैनिकका छोराछोरीहरुलाई आवाशीय भीसालगायतका मागहरु पूरा गर्न बांकी रहेकाले आन्दोलन जारी राख्नुपर्ने जानकारी गराइएको अध्यक्ष र्राईले बताए ।
खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो । सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ । साथै, बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...
Comments
Post a Comment