Skip to main content

Posts

त्रिवेणी स्पिनिङ मिल सुचारु

वीरगंज, २6 असार । दुइ दिनदेखि बन्द रहेको त्रिवेणी स्पिनिङ मिल्स आजदेखि सुचारु भएको छ।  बाराको छातापिपरा-४ गढीमाइ मन्दिर नजिकैको रुखमा असार २२ गते राति झुन्डिएर मृत अवस्थामा फेला परेका कारखानाका अपरेटर रौतहट गौर न.पा.-१३ निवासी बर्ष२६ को अयोध्याप्रसाद श्रीवास्तवको मृत्यु भएपछि आन्दोलनरत मजदूरहरुले उद्योग बन्द गराइ पर््रदर्शनमा उत्रिएका थिए।  मृतकको दाह संस्कारको लागि शव रौतहट पठाइएपछि र उद्योग व्यवस्थापन र आन्दोलनरत मजदूरहरुबीच सहमतिपछि सो उद्योग सुचारु भएको हो।

द कार्टर सेन्टरले नेपालको शान्ति प्रक्रियालाई सहयोग जारी राख्ने

काठमाडौं, २६ असार। द कार्टर सेन्टरले नेपालको शान्ति प्रक्रियालाई सहयोग जारी राख्ने भएको छ।  आज प्राप्त जानकारी अनुसार द कार्टर सेन्टर नेपालले विगत तीन वर्षा शान्ति र स्थायित्वको मार्गमा गरेको उल्लेख्य प्रगतिको प्रशंसा गर्दै सन् २००८ को संविधानसभा निर्वाचनको लगत्तै सहमतिको राजनीति भंग भएको र अघिल्ला प्रतिबद्धताहरूको कार्यान्वयनमा देखिएको ढिलाइले अहिलेसम्म हासिल भएको प्रगतिलाइ छिन्नभिन्न पार्नसक्ने कुराप्रति चासो व्यक्त गरेको छ।  "म नेपाली राजनीतिक कर्ताहरूलाई विगतका केही वर्षेखिको ऐतिहासिक प्राप्तिहरूलाई नेपाली नागरिकहरूको हितमा सुदृढ गर्न र सदिच्छापूर्वक एक साथ मिलेर काम गर्न प्रोत्साहित गर्दछु," अमेरिकी पूर्व राष्ट्रपति तथा कार्टर सेन्टरका सह-संस्थापक जिम्मी कार्टरले भन्नुभयो। "नेपालका लागि वास्तविक र चिरस्थायी शान्तिको मार्गमा हासिल भएका प्रगतिमा अवरोध पुर्‍याउन खोज्ने चुनौतीहरूलाई पन्छाउँदै लोकतान्त्रिक र समावेशी संविधानको मस्यौदा गर्नका लागि यस्तो सहकार्य अपरिहार्य छ।" जुन २००९ मा, द कार्टर सेन्टरले शान्ति तथा संविधान मस्यौदा प्रक्रियालाई बढोत्तरी गर्न सकिने ...

प्रमद्वारा ठाराब क्याम्पसलाइ १ करोड सहयोग

-फलोअप- वीरगंज, २६ असार । प्रधानमन्त्री नेपालले ठाकुर राम बहुमुखी क्याम्पसलाइ रु १ करोड आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नुभएको छ। आज ठाराब क्याम्पसमा निरीक्षण तथा सम्मान कार्यक्रममा बोल्दै आफूले अध्ययन गरेको क्याम्पसमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै क्याम्पसको माथिल्लो तल्लाको छत निर्माणका १ करोड रुपैया उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्दै अर्थमन्त्रीलाई फोनमार्फ आदेश समेत दिनुभयो ।  यसैगरी प्रधानमन्त्री माधव कुमार नेपालले देश अहिले समस्या नै समस्याबाट गुज्रिरहेकोमा गुनासो पोख्नुभएको छ। आज प्रमंको सम्मानमा वीरगंज उद्योग वाणिज्य संघद्वारा आयोजित कार्यक्रममा बोल्दै उहांले शान्तिपर्ूण्ा सामाजिक परिवेशको समस्या, राजनीतिक स्थिरताको समस्या, नीतिगत सामञ्जस्यता र निरन्तरताको समस्या, उद्योग र श्रमिकहरुबीचको आपसी समझदारीको समस्याहरु निराकरण गर्ने सरकारले ध्यान पुर्‍याउने कुरामा जोड दिनुभयो ।  प्रम नेपालले दस वर्षो द्वन्द्वले देश पछाडि परिसकेको दाबी गर्दै जनताको विश्वास सरकारप्रति कम भएकोमा बताउनुभयो ।  देश अब शान्तिको युगमा प्रवेश गर्न खोज्दैछ उहांले भन्नुभयो संक्रमणक...

संवाद र सहमतिका आधारमा निष्कर्षा पुग्ने- प्रमं

वीरगंज, २६ असार । प्रधानमन्त्री माधव कुमार नेपालले दलहरुबीच गम्भीर मतभेद भए पनि संवाद र सहमतिका आधारमा निष्कर्षमा पुग्ने बताउनु भएको छ ।  आज अधिराज्यकै निजी क्षेत्रको अत्याधुनिक र ठूलो अस्पताल वीरगंज-१८ स्थित नेशनल मेडिकल कलेजको उदघाटन गर्नुहुंदै प्रधानमन्त्री नेपालले धैयता, लगनशीलता, लक्ष्यप्रति निष्ठा भएमा सोचेको कुरा पूरा हुन्छ भन्नुभयो।  त्रिभुवन विश्वविद्यालयका उपकूलपति समेत रहेका प्रमं नेपालले नयां नयां संक्रमक रोगहरुले हाम्रँे स्वास्थ्य जीवनलाई चुनौतीपूण् बनाइरहेको छ । जनताले सुलम उपचार पाउन सकिरहेका छैनन्। मेडिकल शिक्षा अत्यन्तै खर्चिलो छ । गरिब जनताका समस्या ज्यूंका त्यूं रहेमा द्वन्द्व बढाउंने बताए।  शिक्षामन्त्री रामचन्द्र कुशवाहाले लोकतन्त्रको स्थायित्व गर्न शिक्षाको आवश्यकता पर्दछ। देश तथा विदेशका छात्रछात्राहरुले नेशनल मेडिकल कलेजमा राम्रो अध्ययनको अवसर पाउंछ भन्नुभयो।  श्रम तथा व्यवस्थामन्त्री अफताब आलमले डा. जैनुद्दिन अंसारीको हौसला बुलन्द भएकोले नै सफल भएको हो। अब जनतन्त्र होइन, लोकतान्त्रिक संविधान बनाउन नेपाली जनता जुट्नु पर्दछ भन्नुभयो।  गृहराज्य मन्त्री रिजवान...

सभापतिका लागि उम्मेदवारी दिन्छु- कोइराला

काठमाडौं, असार २६ । नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले कांग्रेसको १२ औं महाधिवेशनमा सभापतिका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेका छन् । आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आफ्नो नेतृत्वमा कांग्रेस सशक्त, संगठित र सुदृढ बन्ने दाबी गरे । ' १२ औं महाधिवेशनमा म सभापतिको उम्मेदवारी दिन्छु, ' कोइरालाले भने, ' जीवनभर सरकारमा जानेभन्दा पार्टर्ीीई सशक्त बनाउन समर्पित भएकाले जित्छु । ' आफूलाई कांग्रेसका आम कार्यकर्ताको र्समर्थन रहेको दाबी समेत गरे । पार्टर्ीी अनुशासन कायम गर्ने आफ्नो प्रमुख मुद्या रहेको बताए । उनले भने, ' अहिले अनुशासन छैन, अराजकता छ, अब सबै तोड्छु । ' पार्टर्ीीत्र अनुशासन र योगदानको उच्च मूल्यांकन गर्ने प्रणाली स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरे । मूल्य र मान्यताको राजनीतिक संस्कार बसालेर कांग्रेसलाई उदाहरणीय पार्टर्ीी रुपमा स्थापित गर्ने बताए । सहमतिबाटै पार्टर्ीीभापति बन्न पहल गर्ने नभए चुनाव लडेर भएपनि बन्ने स्पष्ट पारे । कांग्रेसभित्र दोस्रो पुस्ताका एकसे एक क्षमतावान नेताहरु रहेको भन्दै सबैको सहयोगबाट अगाडि बढ्ने ...

अपहरित युवतीको उद्धार

वीरगंज, २६ असार । बिहविार अपहरित भएकी एक युवतीको सशस्त्र प्रहरी वेश क्याम्प निजगढले सकुशल उद्धार गरेको छ भने अपहरणकारी फरार भएका छन्।  आज बिहान अपहरणकारीले काठमाडौंबाट सर्लाहर्ीतर्फ गइरहेको बा ३ ख २४६० नं.को राजदेवी ट्राभल्सको बसबाट सशस्त्र प्रहरीले सोधपुछ गर्ने क्रममा अपहरणकारी फरार भएपछि अपहरित युवतीको उद्धार गरेको सशस्त्र प्रहरी निरीक्षक उत्तम कार्कीले जनाएका छन्। झापाको गौरीगंज निवासी शेषराज भटराइको छोरी इशा भटराइलाइ बिहीवार काठमाडौंको पद्मकन्या क्याम्पस नजिकै भ्यानमा आएका दुइ जनाले केही सुंघाएर बेहोस बनाइ अपहरण गरेको प्राप्त जानकारीमा उल्लेख छ। इशाले आफू यहां कसरी आइपुगेको थाहा नभएको बताएकी छन्। उनी हाल इलाका प्रहर कार्यालय निजगढमा रहेको प्रहरीले जनाएको छ।

चरित्र हत्या गर्नेविरुद्ध भत्सर्ना

पोखरा, २६ असार । तत्कालीन तमू छोंज धीका केन्द्रीय महासचिव तथा वर्तमान तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय संरक्षक समितिका सदस्य पोखरा उप-महानगरपालिका लेकर्साईड निवासी खड्गबहादुर गुरुङलाई प्रायोजित रुपमा एकिकृत नेकपा -माओवादी) सम्बद्ध मजदूरहरुले चरित्र हत्या गर्ने उद्देश्यका साथ गत असार २२ गते वहांको घर खानतलासी गरी जंगलमा मर्ृग मार्न जान लागेको भनी नियोजित रुपमा प्रचार प्रसार गरेकोले धींको गम्भिर ध्यानाकृष्ट भएको जनाएको छ।  आज प्राप्त प्रेस विज्ञप्तिमा गुरुङ विगत लामो समय देखि आदिवासी जनजाती आन्दोलनको सक्रिय नेतृत्वमा रहदै आउनुभएकोमा वहांमाथि लगाइएको आरोप कलोकल्पित, झूटो र नियोजित षडयन्त्र भएको ठहर गरेको महासचिव रेशम गुरुङले जनाएको छ।