Skip to main content

सभापतिका लागि उम्मेदवारी दिन्छु- कोइराला

काठमाडौं, असार २६ । नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले कांग्रेसको १२ औं महाधिवेशनमा सभापतिका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेका छन् । आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आफ्नो नेतृत्वमा कांग्रेस सशक्त, संगठित र सुदृढ बन्ने दाबी गरे ।
' १२ औं महाधिवेशनमा म सभापतिको उम्मेदवारी दिन्छु, ' कोइरालाले भने, ' जीवनभर सरकारमा जानेभन्दा पार्टर्ीीई सशक्त बनाउन समर्पित भएकाले जित्छु । ' आफूलाई कांग्रेसका आम कार्यकर्ताको र्समर्थन रहेको दाबी समेत गरे । पार्टर्ीी अनुशासन कायम गर्ने आफ्नो प्रमुख मुद्या रहेको बताए । उनले भने, ' अहिले अनुशासन छैन, अराजकता छ, अब सबै तोड्छु । ' पार्टर्ीीत्र अनुशासन र योगदानको उच्च मूल्यांकन गर्ने प्रणाली स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरे । मूल्य र मान्यताको राजनीतिक संस्कार बसालेर कांग्रेसलाई उदाहरणीय पार्टर्ीी रुपमा स्थापित गर्ने बताए । सहमतिबाटै पार्टर्ीीभापति बन्न पहल गर्ने नभए चुनाव लडेर भएपनि बन्ने स्पष्ट पारे । कांग्रेसभित्र दोस्रो पुस्ताका एकसे एक क्षमतावान नेताहरु रहेको भन्दै सबैको सहयोगबाट अगाडि बढ्ने बताए । उनले भने, ' कांग्रेसमा युवाशक्ति उदाउनेछन् । ' युवा, महिला, उपेक्षित समुदायलाई नेतृत्व तहमा ल्याउने आफ्नो लक्ष्य रहेको बताए ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै कोइरालाले सरकारको नीति तथा कार्यक्रममा केही विषयहरु छूटेकाले प्रधानमन्त्री माधवकुमार नेपालले सच्याउने बताए । गरिबसंग विश्वेश्वर, गणेशमान शान्ति अभियान, युवा स्वरोजगार जस्ता महत्वपर्ूण्ा कार्यक्रमहरु प्रधानमन्त्रीको सम्बोधनमार्फ आउनेमा आफू विश्वस्त भएको बताए । उनले भने, नीति तथा कार्यक्रममा केही विषय छूटेकाले सच्याइनेमा विश्वस्त छु । ' माधवकुमार नेपाल नेतृत्वको सरकार बनाउन नेपाली कांग्रेसको प्रमुख भूमिका रहेको उल्लेख गर्दै कांग्रेसले उठाएका जायज विषयलाई बेवास्ता नगर्न भने । 
सहमतिबाट अगाडि बढ्नुको विकल्प नभएको बताउदै माओवादीलाई समेत सरकारमा सहभागी हुन आग्रह गरे । माधव नेपाल नेतृत्वको सरकारमा माओवादीलाई सहभागी गराएर राष्ट्रि्य सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिए । उनले भने, ' माओवादी सहभागी भएपछि राष्ट्रि्य सहमतिको सरकार निर्माण प्रक्रिया पूरा हुन्छ ।' माओवादीले सरकार ढाल्छु भनेको छ नि भन्ने प्रश्नमा उनले भने, डर, 'धाक, धम्की र छलछामबाट केही हुनेवाला छैन ।' माओवादी नेतृत्वको सरकार बन्ने कुनै सम्भावना नरहेको बताए । विगतका कमी कमजोरी सच्याएर सहमतिमा आउन आग्रह गरे । माओवादीलाई बेवास्ता गरेर अगाडि बढ्न नहुनेमा उनको जोड थियो । माओवादीले हिंसात्कम क्रियाकलापलाई निरन्तरता दिएको भन्दै आलोचना गरे । वाइसिएलका गतिविधि तत्काल अन्त हुनुपर्नेमा उनको जोड थियो ।
कोइरालाले शान्तिसुरक्षाका लागि कर्डाईका साथ प्रस्तुत हुन सरकारलाई आग्रह गरे । शान्तिसुरक्षाका लागि सरकारले चाल्ने कदममा आफूहरुको पर्ूण्ा र्समर्थन हुने बताउदै भने, 'गल्ती गर्नेमाथि कारबाही गर्न पछि नहट्नुहोस, कांग्रेसलेनै गल्ती गर्‍यो भने पनि छूट नदिनुहोस् । ' दण्डहीनताका कारण देशमा शान्तिसुरक्षामा खलल पुगेको उल्लेख गर्दै कसैलाई पनि छूट दिन नहुने बताए । शान्तिसुरक्षामा कसैसंग सम्झौता नगर्न विशेष जोड दिए । देश भित्र र बाहिरका नेपाली र विदेशीको शान्तिसुरक्षामा चिन्ता रहेको उल्लेख गर्दै त्यसका लागि गम्भीर हुनुपर्ने बताए ।
अमेरिकामा दुइ हप्ता बिताएका कोइरालाले ज्रि्रोको समस्याबारे जाँच गरेको बताए । आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको चिकित्सकको जाँचबाट थाहा भएको बताए । अमेरिका बस्दा नेपाली समुदायको विभिन्न कार्यक्रममा सहभागी भएको उल्लेख गर्दै शान्ति प्रक्रियामा प्रवासी नेपाली र विदेशीहरुको चासो निकै रहेको बताए।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...