Skip to main content

द कार्टर सेन्टरले नेपालको शान्ति प्रक्रियालाई सहयोग जारी राख्ने

काठमाडौं, २६ असार। द कार्टर सेन्टरले नेपालको शान्ति प्रक्रियालाई सहयोग जारी राख्ने भएको छ। 
आज प्राप्त जानकारी अनुसार द कार्टर सेन्टर नेपालले विगत तीन वर्षा शान्ति र स्थायित्वको मार्गमा गरेको उल्लेख्य प्रगतिको प्रशंसा गर्दै सन् २००८ को संविधानसभा निर्वाचनको लगत्तै सहमतिको राजनीति भंग भएको र अघिल्ला प्रतिबद्धताहरूको कार्यान्वयनमा देखिएको ढिलाइले अहिलेसम्म हासिल भएको प्रगतिलाइ छिन्नभिन्न पार्नसक्ने कुराप्रति चासो व्यक्त गरेको छ। 
"म नेपाली राजनीतिक कर्ताहरूलाई विगतका केही वर्षेखिको ऐतिहासिक प्राप्तिहरूलाई नेपाली नागरिकहरूको हितमा सुदृढ गर्न र सदिच्छापूर्वक एक साथ मिलेर काम गर्न प्रोत्साहित गर्दछु," अमेरिकी पूर्व राष्ट्रपति तथा कार्टर सेन्टरका सह-संस्थापक जिम्मी कार्टरले भन्नुभयो। "नेपालका लागि वास्तविक र चिरस्थायी शान्तिको मार्गमा हासिल भएका प्रगतिमा अवरोध पुर्‍याउन खोज्ने चुनौतीहरूलाई पन्छाउँदै लोकतान्त्रिक र समावेशी संविधानको मस्यौदा गर्नका लागि यस्तो सहकार्य अपरिहार्य छ।"
जुन २००९ मा, द कार्टर सेन्टरले शान्ति तथा संविधान मस्यौदा प्रक्रियालाई बढोत्तरी गर्न सकिने अवसर र चुनौतीहरू पहिचान गर्न नौ वटा विभिन्न राष्ट्रको प्रतिनिधित्व गर्ने १५ जना दर्ीघकालीन पर्यवेक्षक प्रतिनिधिहरूलाई नेपालका पाँच वटा विकास क्षेत्रहरूमा परिचालन गर्‍यो। तिनीहरूले सरकारी अधिकारीहरू, राजनीतिक कर्ताहरू, अन्तर्रर्ााट्रय समुदायका सदस्यहरू, नागरिक समाजका प्रतिनिधिहरू, मिडियाका सदस्यहरू, र र्सवसाधारण नागरिकहरूसँग भेटघाट गर्नेछन्। द कार्टर सेन्टरले पर्यवेक्षकहरूद्वारा पत्ता लगाइएका तथ्यहरूमा आधारित सुझावहरूसमेत समावेश गरी नियमित विज्ञप्तिहरू प्रकाशित गर्नेछ।
द कार्टर सेन्टर नेपालमा सन् २००३ देखि सक्रिय रूपले कार्यरत रहेको छ र, हालै सेन्टरले सन् २००८ को संविधानसभा निर्वाचनका लागि दर्ीघकालीन अन्तर्रर्ााट्रय निर्वाचन पर्यवेक्षण मिसन सञ्चालन गर्‍यो। द कार्टर सेन्टरलाई यतिखेर स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्तरमा शान्ति प्रक्रिया र संविधान मस्यौदा कार्यमा केन्द्रित हुँदै नेपालमा यसको अन्तर्रर्ााट्रय पर्यवेक्षण उपस्थिति राखिरहन निमन्त्रणा गरिएको छ।
"नेपालका राजनीतिक नेताहरूले कठिन घडीहरूमा साझा सहमतिको आधार पहिल्याउन उल्लेख्य क्षमता देखाएका छन्," हालै नेपालमा एउटा मूल्यांकन मिसन पूरा गर्नुभएका द कार्टर सेन्टरका डेमोक्रेसी प्रोग्रामका उप-निर्देशक डा. डेभिड पोटीले भन्नुभयो। "अहिले, संविधानसभा निर्वाचनको एक वर्षन्दा बढी समयपश्चात्, म के आशा गर्छु भने सम्पूर्ण पार्टीहरू तिनीहरूले थालनी गरेको सहमतिको बाटोभन्दा उत्तम विकल्प केही हुनेछैन भन्ने मनन गर्दै तिनीहरूका प्रतिबद्धताहरू ताजा बनाउन एकसाथ हुन सक्नेछन् र शान्ति प्रक्रियालाई अगाडि बढाउनेछन्।"
कार्टर सेन्टर १९८२ मा अमेरिकाका भूतपूर्व राष्ट्रपति जिमि कार्टर तथा वहाकी धर्मपत्नी रोजालिनद्वारा एमोरी विश्वविद्यालयसगं को साझेदारीमा विश्वव्यापी रूपमा शान्ति तथा स्वास्थ्यको विकासका लागि स्थापना गरिएको थियो। मुनाफारहित गैरसरकारी संस्था कार्टर सेन्टरले ७० भन्दा बढी मुलुकहरूमा द्वन्द्व समाधान, प्रजातन्त्रको विकास, मानवअधिकार तथा आर्थिक अवसर, रोगको रोकथाम, मानसिक स्वास्थ्य स्याहारमा सुधार र किसानहरूलाई उत्पादन वृद्धिका लागि प्रशिक्षणका माध्यमद्वारा मानिसहरूको जीवनस्तर उकास्न सहयोग गरेको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।