Skip to main content

Posts

जापानमा नेपाली रोबोट

भक्तपुर, २९ असार । सन् २००९ को नवांै संस्करणको एसिया प्यासिफिक क्षेत्रिय रोबोट प्रतियोगिता आउंदो अगस्टमा जापानको टोकियोमा हुंदैछ। यस प्र्रतियोगिताको मूल विषय जापानी ड्रममा संगै यात्रा गरौं रहेको छ । यो विषय जापानमा हुने पुरानो बैवाहिक परम्परासंग सम्बन्धित छ, जसमा २ जना व्यक्तिले डोलीमा दुलही बोक्ने गर्दथे । प्रतियोगितामा भने दुइ व्यक्ति र दुलहीको भूमिका रोबोटहरुले निभाउनु पर्नेछ। दुइवटा रोबोट एउटा स्वचालित र अर्को मानव नियन्त्रितले डोली जस्तो भारी बोक्नेछन्। जसमा अर्को स्वचालित घुमन्ते रोबोट चढ्नेछ। उकालो ओरालो र अन्य अप्ठ्याराहरुलाइ पार गर्दै अन्तिममा पुगेपछि भारीबाट घुमन्ते रोबोट उत्रि अगाडि राखिएको ड्रम बजाउनेछ। जुन टिमले छोटो समयमा ड्रम बजाउन सक्षम हुन्छ सोेही टिम विजयी हुनेछ। बिक्रम अधिकारीको नेत्त्वमा टिम सदस्यहरु कपिल पुडासैनी र नवराज गुरुङ भाग लिन निकै उत्साहित भएका छन्। सम्पूर्ण तयारीहरु भइसकेका उनीहरुले जानकारी गराए। रोबोटहरु जापान पठाउन केहि दिन अझै बांकी रहेकाले प्रतियोगितामा उत्कृष्ट परिणाम ल्याउन उनीहरु पुल्चोक क्याम्पसमा अहोरात्र खटिरहेका छन्। छोटो समयमा गर्न सकिने...

सबै भाषाको माउ भाषा नेपाली- पाण्डे

वीरगंज, २९ असार । नेपाल आमसंचार मंचका केन्द्रीय उपाध्यक्ष सुदर्शनराज पाण्डेले नेपालमा १०३ जनजाति, ९२ भाषाभाषी रहेको र जनजातिको भाषाभाषीको माउ भाषा राष्ट्रभाषा नेपाली रहेको बताउनुभयो। उहाले देशभक्तिको मिलनविन्दू र एकता राष्ट्रभाषा नेपाली रहेको बताउनुभयो। नेपाल आम संचार मंच -फोमन) पर्सा शाखाद्वारा आयोजित नेपालका राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको १९६ औं जन्मजयन्ति तथा नेपाल भाषा आन्दोलन शान्ति र्‍याली तथा कविता वाचन समारोहलाइ सम्बोधन गर्दै उहांले सो कुरा बताउनुभएको हो। प्रमुख अतिथि एवं वरिष्ठ साहित्यकार डा. भीमचरण थापालाई नेपाल आम संचार मंचका केन्द्रीय उपाध्यक्ष सुदर्शन राज पाण्डे र फोमन पर्साका अध्यक्ष महेशचन्द्र गौतमले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। सो समारोहमा स्थानीय साहित्यिक संस्था नारायणी वाङमय प्रतिष्ठान, नेपाल भोजपुरी प्रतिष्ठान पर्सा, नयां नेपाल भोजपुरी साहित्य परिषद, प्रगतिशील भोजपुरी साहित्य परिषद नेपाल, प्रभात काव्ययात्रा पर्सालाई पनि फोमनको तर्फाट दोसल्ला तथा कदरपत्र प्रदान गरिएको थियो।

हतियारसहित एकजना पक्राउ

वीरगंज, २९ असार । हतियार देखाइ गाउंलेहरुलाइ डर, धाक धम्कि दिएको आरोपमा सशस्त्र प्रहरीले हतियारसहित एकजनालाइ पक्राउ गरेको छ। आज बिहान सशस्त्र प्रहरी बल पर्साको गस्ती टोलीले गर्दौल -९ लक्ष्मीपुरबाट नथुनी राउत कुर्मीलाइ १ थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो। स्थानीयबासिन्दाको सहयोगमा सशस्त्र प्रहरीले उनलाइ हतियारसहित पक्राउ गरेको प्राप्त जानकारीमा उल्लेख छ।

भानु जयन्तीको अवसरमा फोमनद्वारा विभिन्न कार्यक्रम

वीरगंज, २९ असार । नेपालका राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको १९६ औं जन्म जयन्तिको उपलक्ष्यमा नेपाल आम संचार मंच फोमन पर्साले विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ। आज बिहान ७ बजे वीरगंजको घण्टाघरबाट निस्किएको प्रभात फेरि तथा शान्ति रयालीले नगर परिक्रमा गरेको थियो। रयालीमा सहभागीहरु भानुभक्त आचार्यको तस्बिर अंकित पम्पलेट, नेपाली राष्ट्रिय झन्डा बोकेर भानुको जयजयकार गरेका थिए। रयालीपछि नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित नेपाली भाषा आन्दोलन शान्ति र्‍याली तथा कविता वाचन समारोहमा पर्साका साहित्यकार, कवि, संचारकर्मी लगायतले आआफनो रचना वाचन गरेका थिए। कार्यक्रममा कवि तथा साहित्यकारहरुलाइ फोमनले दोसल्ला ओढाइ प्रमाणपत्र वितरण गरेको फोमन पर्साका अध्यक्ष महेशचन्द्र गौतमले बताएका छन्।

फर्निचर मार्गमा पर्यटक हैरान

भक्तपुर, २९ असार। नगरकोट हिलस्टेसन पुग्न भक्तपुर जगाती देखि च्याम्हासिह सम्मको करीब १ किलोमिटर बाटो पनि तय गर्नु पर्दछ। तर फर्निचर मार्ग नामको सो बाटो दयनीय अवस्थाको कारण त्यहाँ जाने पर्यटकहरू हैरान हुने गरेका छन्। यस बाटाको हरेका भागमा खाल्डाखुल्डी परेको छ। बाटोको दायाबाया ढलनिकास नहुदा बषर्ातको पानी सडक मै बग्ने गरेको छ। हरेक दिन जसो नगरकोटमा उच्च सरकारी कर्माचारीहरू गोष्ठि सेमिनारमा सहभागी हुन जान यही बाटो भएर कार तथा पजेरोमा गुड्ने गरेका छन्। तर यस फर्निचरमार्गमा हालत भने चिल्ला गाडी गुडाउन उपयुक्त देखिदैन। दक्षिणबाट उतर तर्फजोड्ने मार्गबाट नेपालको सबैभन्दा अग्लो मन्दिर ङातापोल देखिन्छ। बाटो रहेको हिल्लामे पानीमा मन्दिर छायाँ देखिनु दर्ुभाग्यपर्ुण्ा रहेको स्थानीयबासी अनिल राजचल बताउछन्। जगातीचोकमा रहेको सडकमा भने फोहर थुपारिदा दर्ुगन्धित भएको छ। यहाँको दर्ुगन्ध सुग्दै पर्यटकहरू बषौंदेखि नगरकोट यात्रा गर्न बिबस छन्। यस टोलमा नगरकोटमा लज होटेल सञ्चालन गर्ने आधा दर्जन साहुमहाजनहरूको पारिवारिक निवास रहेको छ। नगरकोटका होटेल साहुहरूका नेता रामशंकर ध्वजु, अर्का होटेल साहु र्सर्ुयप्रसाद ...

बहराइनमा दुइ नेपालीको गाडी ठक्कर बाट मृत्यु

-सन्तोष दाहाल- बहराइन, २८ असार । वैदेशिक रोजगारीका लागि केही महिना आएका दुइ युवकको दुर्घटनामा परी मृत्यु भएको छ। मृत्यु हुनेमा दुलेगौडा गाविस वडा नं. ८, तनहुका २२ वर्षीय अविवाहित केश बहादुर थापा र कास्की जिल्ला लेखनाथ नगरपालिकाका ३४ वर्षीय गोपाल सुनार रहेका छन्। थापा चार महिना अघिमात्र बहराइन आएका थिए र उनी अल डेक्व अलुमीनीयम कीचेन कम्पनीमा कार्यरत थिए । दुइ छोरीका बाबु सुनार २१ महिना अघि अल दुक्वा कन्ट्रक्टीङ कम्पनीमा कार्यरत थिए । मृतक दुबै जनाको स्पोन्सर एकै हुन् । मृतक गोपाल सुनारका आफनै जेठान अन्त बहादुर बिक जो मृतकहरु संगै बस्ने र सोही कम्पनीमा कार्यरत हुन र उनको भनाइ अनुसार मिति ०८ जुलाइ २००९ का दिन मृतक दुबै जना बिहान ६ बजे तीर बहराइनको सीत्रा स्थित आफनो कोठा बाट काम तिर गईरहेको अवस्थामा सोही दिशाबाट आइरहेको मीनीबसले ठक्कर दीएको थियो । घटना भएको आधा घण्टा पछी गोपाल सुनारको मृत्यु भएको थियो भने केश बहादुर थापाको उपचारको क्रममा सलमानीया हस्पीटलमा मुत्यु भएको कुरा अन्त बहादुर बताउछन् । मृतकको लाश नेपाल लैजाने तयारी भई रहेको छ । सो मीनीबसका चालक बहराइनी हुन र चालकलाई ट्रफीक प्रहर...

तेश्रँे लिंगीले चाहेको व्यक्तिसंग विवाह गर्न पाउनुपर्ने

वीरगंज, २८ असार । तेश्रो लिंगीले आफूले चाहेको व्यक्तिसंग विवाह गर्न पाउने अधिकार हुनुपर्ने मांग गरेका छन्। आज नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा निलहिरा समाज पर्साले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको सवालमा मानव अधिकार विषयक कार्यपत्र प्रस्तुत गरेका हुन्। अवधारणा पत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अन्य सिमान्तकृत तथा अल्पसंख्यक समुदायजस्तै छुट्टै पहिचान, मान्यतासहितको विशेष आरक्षण दिनुपर्ने, तेश्रो लिंगीले आफनो लैंगिक पहिचान सहित तेश्रँे लिंगीको नागरिकता प्राप्त गर्ने अधिकार हुनुपर्ने, रोजगारी, सामाजिक सुरक्ष्ँा र सामाजिक न्याय, समुदायको संरक्षण, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको छुट्टै आयोगको व्यवस्था र आफूले चाहेको व्यक्तिसंग विवाह गर्न पाउनुपर्ने उल्लेख छ। कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, क्लबका प्रतिनिधि लगायतले मन्तव्य व्यक्त गरेका थिए।