Skip to main content

फर्निचर मार्गमा पर्यटक हैरान

भक्तपुर, २९ असार। नगरकोट हिलस्टेसन पुग्न भक्तपुर जगाती देखि
च्याम्हासिह सम्मको करीब १ किलोमिटर बाटो पनि तय गर्नु पर्दछ। तर फर्निचर
मार्ग नामको सो बाटो दयनीय अवस्थाको कारण त्यहाँ जाने पर्यटकहरू हैरान
हुने गरेका छन्। यस बाटाको हरेका भागमा खाल्डाखुल्डी परेको छ। बाटोको
दायाबाया ढलनिकास नहुदा बषर्ातको पानी सडक मै बग्ने गरेको छ।
हरेक दिन जसो नगरकोटमा उच्च सरकारी कर्माचारीहरू गोष्ठि सेमिनारमा
सहभागी हुन जान यही बाटो भएर कार तथा पजेरोमा गुड्ने गरेका छन्। तर यस
फर्निचरमार्गमा हालत भने चिल्ला गाडी गुडाउन उपयुक्त देखिदैन। दक्षिणबाट
उतर तर्फजोड्ने मार्गबाट नेपालको सबैभन्दा अग्लो मन्दिर ङातापोल देखिन्छ।
बाटो रहेको हिल्लामे पानीमा मन्दिर छायाँ देखिनु दर्ुभाग्यपर्ुण्ा रहेको
स्थानीयबासी अनिल राजचल बताउछन्।
जगातीचोकमा रहेको सडकमा भने फोहर थुपारिदा दर्ुगन्धित भएको छ। यहाँको
दर्ुगन्ध सुग्दै पर्यटकहरू बषौंदेखि नगरकोट यात्रा गर्न बिबस छन्। यस
टोलमा नगरकोटमा लज होटेल सञ्चालन गर्ने आधा दर्जन साहुमहाजनहरूको
पारिवारिक निवास रहेको छ। नगरकोटका होटेल साहुहरूका नेता रामशंकर ध्वजु,
अर्का होटेल साहु र्सर्ुयप्रसाद प्रजापतिको घरबाट निस्कने फोहर यसै चोक
फाल्ने गरिएको छ। यहाँ रहेका भट्टी बाट निस्कने फोहर पिन यसै चोकमा
थुपार्ने गरिएको छ। किरण होटेल, चकलेट नेवारी खाजाघर, राधेश्याम ग्वाछाको
भट्टी आदिबाट निस्केका फोहरबस्तु यही चोकमा थुपार्ने गरिएको छ।
नेपाल दाना संघ र नेपाल हृयाचरी संघका नेता डा. बलराम किसीद्धारा
सञ्चालित जिजे पोल्ट्री फार्मबाट उत्पादित फोहर बस्तु पनि यसै चोकमा
फाल्न ल्याइन्छ। मचोभैरव कोल्ड स्टोर र खोप कोल्ड स्टोरले मरेका कुखरा
तथा काटिएका कुखरा निस्केका प्वाँख र अन्यबस्तु यही चोकमा फ्याक्ने
गरिएको छ। डा. सिताराम खाइतुको क्लिनिकबाट निस्केना चिकित्साजन्य
फोहरबस्तु पनि सडक किनारामा फाल्ने गरिदै आएको छ।
फर्निचरमार्गको मध्य भागमा अबस्थित लिवाली चोकमा रहेको ब्रम्हायणी
खोलाको किनारामा स्थानीयबासिन्दाहरूले फोहर फाल्ने गरेको छ। यहाँ
राजनितिक कार्यकर्ता भरतबन्धु थापाको परिवारले समेत फोहर फाल्ने गरेको छ।
एसएन साइवारका सञ्चालक रूपेश कायष्ठको घरबाट निस्कने फोहर यही खोला
फाल्ने गरिएको छ। यस खोलामा सिल्पकार युवा समाजका नेता राजेश सिल्पकारको
कारखानाबाट निस्कने फोहर पनि फाल्ने गरिएको छ।
निलनारायण काजुले त बाटो अतिक्रमण गरी ग्यारेज सञ्चालन गरिरहेको छ।
फर्निचरमार्ग्र्ााथालिङ हुदा केही समाजसेवीहरूले चलखेल गर्ने अवसर पाएका
छन्। उनीहरू बेलाबेलामा बाटो वरीपरी ढलनिकास बनाउने भनी स्थानीबासीबाट
चन्दा असुल गर्दछन्। यसरी उठाएको चन्दाबाट भने उनीहरूले बनभोज खाएर
सकाउने गरेका छन्। यस क्षेत्रका समाजसेवी राजभाइ माकजुले आफ्नो कार
पार्किङ गर्न फोहर थुप्रिने ठाउँ प्रयोग गर्दै आएका छन्। - रविन राचलिका
हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...