Skip to main content

जापानमा नेपाली रोबोट

भक्तपुर, २९ असार । सन् २००९ को नवांै संस्करणको एसिया प्यासिफिक
क्षेत्रिय रोबोट प्रतियोगिता आउंदो अगस्टमा जापानको टोकियोमा हुंदैछ। यस
प्र्रतियोगिताको मूल विषय जापानी ड्रममा संगै यात्रा गरौं रहेको छ । यो
विषय जापानमा हुने पुरानो बैवाहिक परम्परासंग सम्बन्धित छ, जसमा २ जना
व्यक्तिले डोलीमा दुलही बोक्ने गर्दथे । प्रतियोगितामा भने दुइ व्यक्ति र
दुलहीको भूमिका रोबोटहरुले निभाउनु पर्नेछ। दुइवटा रोबोट एउटा स्वचालित र
अर्को मानव नियन्त्रितले डोली जस्तो भारी बोक्नेछन्। जसमा अर्को
स्वचालित घुमन्ते रोबोट चढ्नेछ। उकालो ओरालो र अन्य अप्ठ्याराहरुलाइ पार
गर्दै अन्तिममा पुगेपछि भारीबाट घुमन्ते रोबोट उत्रि अगाडि राखिएको ड्रम
बजाउनेछ। जुन टिमले छोटो समयमा ड्रम बजाउन सक्षम हुन्छ सोेही टिम विजयी
हुनेछ।
बिक्रम अधिकारीको नेत्त्वमा टिम सदस्यहरु कपिल पुडासैनी र नवराज
गुरुङ भाग लिन निकै उत्साहित भएका छन्। सम्पूर्ण तयारीहरु भइसकेका
उनीहरुले जानकारी गराए। रोबोटहरु जापान पठाउन केहि दिन अझै बांकी रहेकाले
प्रतियोगितामा उत्कृष्ट परिणाम ल्याउन उनीहरु पुल्चोक क्याम्पसमा
अहोरात्र खटिरहेका छन्। छोटो समयमा गर्न सकिने सुधार कार्यहरुमा यतिबेला
अथक रुपले लागि परेका छन्। पहिलेका रोबोटहरु भन्दा अहिलेका रोबोटहरु
बलियो, परिष्कृत र जटिल भएकाले प्रतियोगितामा राम्रो पर््रदर्शन गर्नेमा
विश्वास पुल्चोक क्याम्पसका प्राध्यापक शशीधरराम जोशीले ब्यक्त गरे। साथै
अन्य १० जना विद्यार्थीहरुको ११ महिनाको समुहगत कार्यबाट यी रोबोटहरु
निर्माण भएको हो। टिमको संयोजकर् इ. रमेश चौधरी गरेका छ भने, रोबोट
निमार्ण्र्ाा अन्य हस्तीहरुमा दिपक गुरुङ, प्रशान्त ज्ञवाली, गिरेश सिह,
सरोज पौडेल, सुमित श्रेष्ठ, बिक्रान्त गौतम, चन्द्र थापा र स्वरुप घोष
रहेका छन्।- रविन राचलिका हरित समूह

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।