Skip to main content

Posts

आजाद साप्ताहिकको विमोचन

वीरगंज, २ साउन । नेपाल पत्रकार महासंघ पर्साका सचिव केसी लामिछानेले नागरिकको सुसूचित हुने अधिकार जोगाउन आग्रह गरेका छन्। आज नेपाल पत्रकार महासंघ पर्सामा आयोजित आजाद नामक साप्ताहिक पत्रिकाको विमोचन गर्ने उनले सो कुरा बताएका हुन्। कार्यक्रममा नेपाल आम संचार मंच -फोमन) पर्साका अध्यक्ष महेश चन्द्र गौतम, नेपाल प्रेस युनियनका उपाध्यक्ष युवराज खडका, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष जीवनलाल श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेको सो कार्यक्रमको सभापतित्व साप्ताहिक पत्रिकाका प्रकाशक आश महम्मद मियां रहेका थिए। प्रत्येक शुक्रवार प्रकाशित हुने सो पत्रिकाको सम्पादक किरण सत्याल रहेका छन्।

लागूपदार्थसहित दुइ पक्राउ

वीरगंज, १ साउन । लागू पदार्थ गांजा र ब्राउनसुगरसहित दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ। आज दिउंसो गण्डक प्रहरी चौकीले ना ११ प १५९ नं.मोटरसाइकलमा रहेका चितवन, खैरेनी-४ निवासी बुद्धिबहादुर प्रज्ञा र सर्लाही, खैरवा-३ का महेश सहनीलाइ गांजा र ब्राउनसुगरसहित पक्राउ गरेको हो। शरीरमा लागू औषध लुकाइ वीरगंजबाट जांदै गरेको अवस्थामा द्वयलाइ पक्राउ गरी ज्रि्रका पर्साको हिरासतमा राखिएको प्राप्त जानकारीमा उल्लेख छ।

र्सपदंशबाट एक युवतीको मृत्यु, १ सिकिस्त

वीरगंज, १ साउन । प्रचण्ड गर्मीसंगै र्सपदंशको घटनामा वृद्धि हुंदा एक युवतीको मृत्यु भएको छ भने १ जना घाइते भएकी छन्। आज बिहान ३ बजे शौच गर्न गएकी पर्साको भेडियाही निवासी १६ वषर्ीया मन्जुकुमारीलाइ र्सपले टोकेपछि उपचारको लागि ल्याउंदै गर्दा बाटोमा नै मृत्यु भएको हो। गएराति र्सपको टोकाइबाट आशा देवी सिकिस्त भएपछि नारायणी उपक्ष्ँेत्रीय अस्पतालमा उपचार्रार्थ भर्ना भएकी छन्। १० दिन अघि भेडियाहीमा अशोक पासवानकी श्रीमती ५० वर्षीया राधिका देवीको पनि मृत्यु भएको थियो। प्रचण्ड गर्मीसंगै तराइमा र्सपदंशको घटनामा वृद्धि अस्पतालले जनाएको छ।

झुक्किएर विषादी खाएपछि

वीरगंज, १ साउन । पेट दुखेको औषधि भनेर झुक्किएर विषादी सेवन गरेपछि एक महिला सिकिस्त भएकी छन्। आज बिहान बारा, जीतपुर- ८ बस्ने जानकी देवीले झुक्किएर विष सेवन गरेपछि उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ।

इएमआइ नेपालको प्रशिक्षण कार्यक्रम

वीरगंज, १ साउन । स्वदेशी उत्पादन प्रयोग गरौं, नेपाली बनौं नाराका साथ इएमआइ नेपाल पर्साले प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। आज वीरगंजको एएमसी अस्पताल नजिकै रहेको कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा २ दर्जनभन्दा बढी महिला तथा पुरुषहरुको सहभागिता थियो। २०६० सालमा स्थापना भएको इएमआइ नेपाल विशुद्ध नेपाली सामान उत्पादन गर्ने संस्था हो। यसले स्याम्पु, साबुन, चियापत्ति लगायत वस्तुहरु उत्पादन गर्दै आइरहेको छ।

झाडापखाला नियन्त्रण कठिन भयो- स्वास्थ्यमन्त्री

काठमाडौं, १ साउन । स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले निरन्तर रुपमा फैलिदै गएकाले झाडापखाला नियन्त्रण गर्न कठिनाई भएको बताएका छन् । सरकारले नियन्त्रणका लागि सबै संयन्त्र परिचालन गरिसकेको उल्लेख गर्दै सबैलाई सहयोगको आग्रह गरे । एक ठाउँमा स्वास्थ्यकर्मी पुग्दा महामारीका रुपमा अर्को ठाउँमा फैलने क्रम छ, स्वास्थ्यमन्त्रीले भने, महामारी नियन्त्रणका लागि कुनै कसर बाँकी राखेका छैनौं । रोगबाट हिजोसम्म एक सय ७ जनाको मृत्यु भइसकेको बताए । १३६८ जनाको उपचार भएको जानकारी गराए । चिकित्सकका अलावा नेपाली सेना र प्रहरी समेत परिचालन गरेको बताए । स्वास्थ्यकर्मी नपुगेको ठाउँमा रोगहरु देखिएकाले ती क्षेत्रमा पनि पठाउने काम भइरहेको बताए । जाजरकोटमा देखिएको महामारी रुकुम, सर्ुर्खेत, डोटी, डडेलधुरालगायतका जिल्लामा देखापरिसकेको बताए । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै मन्त्री चौधरीले खटाएको ठाउमा नजाने स्वास्थ्यकर्मी कर्मचारीमाथि कारबाही गर्ने बताए । दर्ुगम क्षेत्रमा जान नपरोस् भन्ने चिन्तन रहेको स्वीकार्दै त्यस्ता स्वास्थ्यकर्मी कर्मचारीलाई छूट दिन नसक...

सिट्टी जुलुस र धर्ना

वीरगंज, १ साउन । तलब वृद्धि नभएको विरोधमा राष्ट्र सेवक संयुक्त संर्घष्ा समिति पर्साले सिट्टी जुलुस, धर्ना गर्दै प्रदर्शनमा उत्रिएका छन्। आज बिहान वीरगंजको घण्टाघरबाट संयुक्त संघर्ष समितिले सिट्टी बजाउंदै बिहान १० बजेदेखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए। कार्यक्रममा निजामति कर्मचारी युनियन, नेपाल निजामति मधेशी कर्मचारी संघ, स्थानीय निकाय कर्मचारी संघ, राष्ट्रिय कर्मचारी संगठन, डिप्लोपा इन्जिनियर एसोसिएसन, नेपाल सिएमए संघ, नेपाल निजामति राष्ट्रिय कर्मचारी संगठन लगायतले संयुक्तरुपमा विरोध जनाएका छन्। यसैगरी स्थानीय निकाय कर्मचारी संघ पर्साले दोश्रो चरणको विरोधको कार्यक्रम अर्न्तर्गत आज वीरगंज उपमहानगपालिका, जिल्ला विकास समिति र गाउं विकास समिति पर्साको सम्पूर्ण कामकाज ठप्प पारी मूलगेटमा धर्ना दिएका छन्।