Skip to main content

झाडापखाला नियन्त्रण कठिन भयो- स्वास्थ्यमन्त्री

काठमाडौं, १ साउन । स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले निरन्तर रुपमा फैलिदै गएकाले झाडापखाला नियन्त्रण गर्न कठिनाई भएको बताएका छन् । सरकारले नियन्त्रणका लागि सबै संयन्त्र परिचालन गरिसकेको उल्लेख गर्दै सबैलाई सहयोगको आग्रह गरे ।
एक ठाउँमा स्वास्थ्यकर्मी पुग्दा महामारीका रुपमा अर्को ठाउँमा फैलने क्रम छ, स्वास्थ्यमन्त्रीले भने, महामारी नियन्त्रणका लागि कुनै कसर बाँकी राखेका छैनौं । रोगबाट हिजोसम्म एक सय ७ जनाको मृत्यु भइसकेको बताए । १३६८ जनाको उपचार भएको जानकारी गराए । चिकित्सकका अलावा नेपाली सेना र प्रहरी समेत परिचालन गरेको बताए । स्वास्थ्यकर्मी नपुगेको ठाउँमा रोगहरु देखिएकाले ती क्षेत्रमा पनि पठाउने काम भइरहेको बताए । जाजरकोटमा देखिएको महामारी रुकुम, सर्ुर्खेत, डोटी, डडेलधुरालगायतका जिल्लामा देखापरिसकेको बताए ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै मन्त्री चौधरीले खटाएको ठाउमा नजाने स्वास्थ्यकर्मी कर्मचारीमाथि कारबाही गर्ने बताए । दर्ुगम क्षेत्रमा जान नपरोस् भन्ने चिन्तन रहेको स्वीकार्दै त्यस्ता स्वास्थ्यकर्मी कर्मचारीलाई छूट दिन नसकिने बताए ।
रोग प्रभावित क्षेत्रमा परिचालनका लागि सेनाका हेलिकोप्टर समेत प्रयोग गरिएको बताए । औषधीलाई आवश्यक ठाउँमा पुर्‍याउन कुनै कसर बाँकी नराखिएको बताए । दुइ सयको संख्यामा रहेका स्वास्थ्यकर्मीहरु रोग प्रभावित क्षेत्रमा सक्रिय रहेको बताउदै भने, पर्ूण्ा रुपमा रोग नियन्त्रणमा नआएसम्म स्वास्थ्यकर्मीको टोली गाउँबाट र्फकनेछैनन् । रोग नियन्त्रणका लागि आफूले स्वास्थ्य क्षेत्रका सबै संयन्त्र परिचालन गर्न निर्देशन दिइसकेकाले छिट्टै नियन्त्रणमा आउने दाबी गरे । यद्यपि कहिलेसम्म नियन्त्रणमा आउँछ भन्नेबारे सोध्दा भने, महामारी भएकाले यकिन भन्न सकिदैन । स्वास्थ्यकर्मी पुगेको ठाउँमा मृत्यु नदेखिएको दाबी गर्दै भने, स्वास्थ्यकर्मी एक ठाउँमा पुग्दा अर्को ठाउँमा रोक फैलिएर मृत्यु हुने क्रम देखिएको हो ।
रोग प्रभावित क्षेत्रमा जनचेतनालाई उच्च प्राथमिकताका साथ बढाइएको बताए । हात धुने र उमालेर मात्र पानी खाने बानी बसाल्न प्रचारप्रसार गरिएको बताए । प्रभावित क्षेत्रमा रहेका एफएम रेडियोमा सूचना प्रसारणलाई गति दिइएको बताए । रेडक्रसलगायत राष्ट्रि्य अन्तराष्ट्रि्य गैरसरकारी संस्थाबाट पनि सहयोग लिइएको उनको भनाई थियो । विश्व स्वास्थ्य संगठन, युनिसेफलगायतबाट पनि सहयोग उपलब्ध भएको बताए ।
झाडापखालाका अलावा हैजा र अन्य रोगको संक्रमण पनि देखिएको बताए । महामारीलाई जुनसुकै हालतमा पनि नियन्त्रणमा लिइने दृढता व्यक्त गरे ।
राष्ट्र्पति डा.रामवरण यादवलाई भेटेर रोगको पछिल्लो अवस्थाबारे जानकारी गराएको बताए । राष्ट्र्पतिले महामारी फैलिएबाट निकै चिन्ता व्यक्त गर्नुभएको उल्लेख गर्दै भने, चिकित्सक पनि भएकाले राष्ट्र्पतिज्यूले रोग नियन्त्रणका लागि सुझाव दिनुभएको छ । राष्ट्र्पतिले सचेतना कार्यक्रममा जोड दिन भन्दै अनिवार्य हात धुन र पानी उमालेर पिउन व्यापक प्रचारप्रसार गर्न सुझाव दिनुभएको बताए ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...