वीरगंज, १ साउन । तलब वृद्धि नभएको विरोधमा राष्ट्र सेवक संयुक्त संर्घष्ा समिति पर्साले सिट्टी जुलुस, धर्ना गर्दै प्रदर्शनमा उत्रिएका छन्।आज बिहान वीरगंजको घण्टाघरबाट संयुक्त संघर्ष समितिले सिट्टी बजाउंदै बिहान १० बजेदेखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए।
कार्यक्रममा निजामति कर्मचारी युनियन, नेपाल निजामति मधेशी कर्मचारी संघ, स्थानीय निकाय कर्मचारी संघ, राष्ट्रिय कर्मचारी संगठन, डिप्लोपा इन्जिनियर एसोसिएसन, नेपाल सिएमए संघ, नेपाल निजामति राष्ट्रिय कर्मचारी संगठन लगायतले संयुक्तरुपमा विरोध जनाएका छन्।
यसैगरी स्थानीय निकाय कर्मचारी संघ पर्साले दोश्रो चरणको विरोधको कार्यक्रम अर्न्तर्गत आज वीरगंज उपमहानगपालिका, जिल्ला विकास समिति र गाउं विकास समिति पर्साको सम्पूर्ण कामकाज ठप्प पारी मूलगेटमा धर्ना दिएका छन्।
Comments
Post a Comment