Skip to main content

Posts

नेपाली जन प्रगतिशिल मञ्च बहराइनको इकाई तथा क्षेत्रिय समिति बिस्तार

सन्तोष दाहाल, बहराइन, २० जुलाई २००९ नेपाली जन प्रगतिशिल मञ्च बहराइनले इकाई तथा क्षेत्रिय समितिहरु बिस्तार गर्न कार्यलाई त्रि्रता दिएको छ । मञ्चले मिति १७ जुलाई २००९ शुक्रबारका दिन सित्रा स्थित फलिकन कम्पनीमा कार्यरत नेपाली मजदुरहरुको नेतृत्व गर्दै पूर्णलाल श्रेष्ठको संयोजकत्वमा एक भेला आयोजना गरीएको थियो । उक्त भेलाका सभापतित्व डिक बहादुर मगरले गर्नु भएको थियो भने नेपाली जन प्रगतिशिल मञ्च बहराइनका केन्द्रिय कार्य समितिका अध्यक्ष अर्जुन धमला प्रमुख अतिथि हुनुहुन्थ्यो । यसै गरेर मन्चका महासचिव दुर्गा मोक्तान उपाध्यक्षहरु क्रमश नारायण रपाल (द्धितिया), देविलाल डुम्रे (तृतिया), महिला सदस्य इन्दिरा भट्टर्राई र सदस्य देबेन्द्र महत्तको अतिथितत्व रहेको थियो । उक्त भेलामा उपस्थित नेपाली जन प्रगतिशिल मञ्च सित्रा क्षेत्रिय समितिमा प्रकाश बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय सित्रा क्षेत्रिय समिति गठन भएको छ । त्यसै गरी उपाध्यक्ष डिक बहादुर मगर, सचिव राजेन्द्र लिम्बु, सह-सचिव महेश तामाङ्ग कोषाध्यक्ष भिम खड्का, सदस्यहरु तेन्जिङ्ग शेर्पा, बिर्ख गुरुङ्ग, गोपाल र्राई, खुशीमान गुरुङ्ग र राम बहादुर पुन रहेक...

क्याच दि स्प्रीटबाट शाह सम्मानित

बीरगंज, ७ साउन । नेपालको क्रिकेटको बिकासमा योगदान पुराउने क्यानका पूर्व उपाध्यक्ष तारण्ँी बिक्रम शाहलाइ सम्मानित गरिएको छ। आज वीरगंजमा क्यान पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रीलंकाका पूर्व टेष्ट कप्तान तथा एसिसिका डेभलेपमेन्ट मैनेजर बानब्लुआ वार्नुराले आइसिसि क्याच दि स्प्रीट अवार्डले शाहलाइ सम्मानित गरेका हुन् । जनवरीमा हुन गइरहेको टर्ुनामेन्टको लागि नेपालको बिभिन्न स्थानमा रहेको खेल मैदान, खेलाडी लगायत भौतिक पूर्वाधारको निरीक्षण्ँ गर्न आएका वानुराले पत्रकार सम्मेलनमा बोल्दै नेपालको क्रिकेटमा सहयोग गर्न तयार छौ भन्नु भयो ।

हतियार ल्याउँछ-एमाले, हतियार ल्याउने ग्रान्डडिजाइन-माओवादी

काठमाडौं, साउन ७। ऊर्जामन्त्री डा.प्रकाशशरण महतले सरकारले देशको सुरक्षाका लागि आवश्यक पर्ने हतियार ल्याउने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालमो साक्षात्कारमा बोल्दै हतियार के कति ल्याउने भन्ने विषय देशको अवस्था र राष्ट्रिय सुरक्षालाई मध्यनजर गरी निर्ण्र्ााा पुगिने बताए। 'हतियार देशको आवश्यकता अनुसार ल्याउने हो,' मन्त्री महतले भने, 'देश र राष्ट्रिय सुरक्षाको अवस्था हेरेर निर्ण्र्ाालिनेछौं।' यद्यपि हतियार ल्याउने नल्याउनेबारे निर्ण्र्ाानभइसकेको बताए। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा उनले सेना समायोजन विशेष समितिको टुंगो छिट्टै लाग्ने बताए। समितिको नेतृत्व प्रधानमन्त्री वा अरु व्यवस्था पनि हुनसक्ने बताए। व्रि्रोही नेताको हैसियतले माओवादीका कोही नेता समितिमा रहन नमिल्ने बताए। उनले भने, 'सहमतिका आधारमा समितिमा रहने हो, कोही व्रि्रोही नेताका रुपमा रहन मिल्दैन।' माओवादीका अयोग्य लडाकुको व्यवस्थापन तत्काल गर्न काम अगाडि बढेको बताए। माओवादीले लडाकु व्यवस्थापनमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए। लडाकु व्यवस्थापन संविधा...

पिछडावर्गद्वारा अनिश्चितकालिन मधेश बन्द घोषणा

काठमाडौं, साउन ७। नेपाल पिछडावर्ग महासंघले भोलिबाट अनिश्चितकालिन मधेश बन्द आव्हान गरेको छ। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी विगतको सहमति कार्यान्वयन नभएकोलगायतको माग राखी अनिश्चितकालिन बन्द आव्हान गरेको हो। महासंंघका अध्यक्ष भरतप्रसाद महतोले स्वायत्त मधेश एक प्रदेश कायम गराउनुपर्ने, सीमा सुरक्षाका नाममा भइरहेको ज्यादी बन्द गर्नुपर्नेलगायतका ११ बुंदे माग पूरा नभएसम्म बन्द जारी रहने बताए। महासंघले पर्ूव देखि पश्चिमसम्मको मधेश क्षेत्र ठप्प पार्ने समेत बताए।

दुर्घटना र सडक अवरुद्ध

वीरगंज, ७ साउन । मकवानपुरमा सडक दुर्घटना हुंदा चारजना घाइते भएका छन् भने पहिरोका कारण सिन्धुपाल्चोक र नुवाकोटमा सडक अवरुद्ध भएको छ। आज बिहान मकवानपुरको नेवारपानी सडक खण्डमा ना.१ज २२५३ टाटा सुमोले रोकी राखेको ना.३ख ९१२९ नं.ट्रकलाई ठक्कर दिंदा टाटा सुमोमा यात्रा गर्ने ४ जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर छ। घाइतेहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। यसैगरी आज बिहान सिन्धुपाल्चोकको जम्बो भन्ने स्थानमा पहिरो खसेपछि बाह्रविसे-तातोपानी सडकखण्ड अबरुद्ध भएको थियो भने नुवाकोटको बेसीथोक भन्ने स्थानमा पहिरो खसेपछि गल्छी सडकखण्ड अवरुद्ध भएको प्राप्त जानकारीमा उल्लेख छ।

तामसालिङका १६ कार्यकर्ता पक्राउ

वीरगंज, ७ साउन । तामसालिङ राष्ट्रिय मुक्ति मोर्चाले आज पनि विभिन्न स्थानमा प्रदर्शन गरेको छ। आज बिहान चितवनको मनहरी-२ सुनाचुरी सडकखण्डमा कान्तिपुर पत्रिका पुर्‍याउने बा.३च ८७३७ नं.को भ्यानमाथि तामसालिङका कार्यकर्ताले तोडफोड गरेका छन्। आंपटाडीमा प्रदर्शन गर्ने ७ जना र पुल्चोकमा १९ जनालाइ प्रहरीले पक्राउ गरेको छ। उनीहरुले ना.३ ख. ४५५२ नं. को ट्रक र बा.२ ख. १९१२ नं. को ट्रकमा सामान्य क्षति पुराएको छ। धादिङको पिडा-१ आदमघाटमा बिहानदेखि बाटो अवरुद्ध गरेका थिए। त्यसैगरी नौविसे-४ खत्रीपौवा भन्ने स्थानमा माओवादीले बाटो अवरुद्ध गरेका थिए।

जनतान्त्रिक तराइ मुक्ति मोर्चाका संयोजक मृत्यु

धनुषा, ७ साउन । स्थानीयवासी र जनतान्त्रिक तराइ मुक्ति मोर्चाका संयोजक गणेश साहबीच गत साउन २ गते लक्ष्मीपुर बगेवामा झडप भएपछि स्थानीयवासीको कुटाइबाट गम्भीर घाइते भएका गणेश साहको उपचारको क्रममा भारतमा मृत्यु भएको छ। घाइतेको धरानमा उपचार हुन नसकेपछि थप उपचारको लागि भारतको सिलगढीमा लगिएकोपछि साउन ५ गते उनको मृत्यु भएको थियो। ३२ वर्षीय साहको शव साउन ६ गते राति ११ बजे परिवारको जिम्मा लगाइएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।