Skip to main content

नेपाली जन प्रगतिशिल मञ्च बहराइनको इकाई तथा क्षेत्रिय समिति बिस्तार

सन्तोष दाहाल, बहराइन, २० जुलाई २००९
नेपाली जन प्रगतिशिल मञ्च बहराइनले इकाई तथा क्षेत्रिय समितिहरु बिस्तार गर्न
कार्यलाई त्रि्रता दिएको छ । मञ्चले मिति १७ जुलाई २००९ शुक्रबारका दिन सित्रा
स्थित फलिकन कम्पनीमा कार्यरत नेपाली मजदुरहरुको नेतृत्व गर्दै पूर्णलाल
श्रेष्ठको संयोजकत्वमा एक भेला आयोजना गरीएको थियो । उक्त भेलाका सभापतित्व डिक
बहादुर मगरले गर्नु भएको थियो भने नेपाली जन प्रगतिशिल मञ्च बहराइनका केन्द्रिय
कार्य समितिका अध्यक्ष अर्जुन धमला प्रमुख अतिथि हुनुहुन्थ्यो । यसै गरेर
मन्चका महासचिव दुर्गा मोक्तान उपाध्यक्षहरु क्रमश नारायण रपाल (द्धितिया),
देविलाल डुम्रे (तृतिया), महिला सदस्य इन्दिरा भट्टर्राई र सदस्य देबेन्द्र
महत्तको अतिथितत्व रहेको थियो ।
उक्त भेलामा उपस्थित नेपाली जन प्रगतिशिल मञ्च सित्रा क्षेत्रिय समितिमा प्रकाश
बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय सित्रा क्षेत्रिय समिति गठन भएको छ । त्यसै
गरी उपाध्यक्ष डिक बहादुर मगर, सचिव राजेन्द्र लिम्बु, सह-सचिव महेश तामाङ्ग
कोषाध्यक्ष भिम खड्का, सदस्यहरु तेन्जिङ्ग शेर्पा, बिर्ख गुरुङ्ग, गोपाल र्राई,
खुशीमान गुरुङ्ग र राम बहादुर पुन रहेका छन् । साथै ३ सदस्यीय सल्लाहकार समिति
रहेका छन जस अर्न्तगत प्रमुख सल्लाहकार पूर्णलाल श्रेष्ट र सल्लाहकार रिखीश्वर
सिंजाली रहेका छन् । उक्त समितिमा मूल समिति भित्र १ सदस्य र सल्लाहकार समिति
भित्र १ सदस्य पछि नियुक्त गर्ने गरि रित्त राखिएको छ । साथै उक्त भेला द्धारा
नै डिक बहादुर मगरको अध्यक्षतामा ७ सदस्यीय मामिर इकाई समिति समेत गठन भएको छ ।
त्यसै गरी उपाध्यक्ष प्रम बहादुर अधिकारी, सचिव मीन बहादुर मगर, कोषाध्यक्ष दान
बहादुर बुढाथोकी सदस्यहरु डम्बर शंखर, सुनिल भुजेल र बल बहादुर मगर रहेका छन् ।
सल्लाहकार समितिमा आकाश लामा, नविन आक्ष्मी र चन्द्र श्रेष्ठ रहेका छन् । उक्त
भेलालाई मञ्चका केन्द्रिय कार्य समितिका उपाध्यक्ष देविलाल डुम्रेले सम्बोधन
गर्नु भएको थियो भने राजेन्द्र लिम्बुले स्वागत मन्तव्य दिनुभएको थियो । मञ्चका
महा सचिव दुर्गा मोक्तान, तेन्जिङ्ग शेर्पा, महेश तामाङ्ग, पूर्णलाल श्रेष्ठ,
नारायण रपाल द्धारा मन्तव्य दिनु भएको थियो । केन्द्रिय कार्य समितिका अध्यक्ष
अर्जुन धमला द्धारा मञ्चका उद्देश्य तथा मञ्चका विविध पक्षका बारेमा
प्रस्ट्याउनुका साथै नव गठीत दुबै समितिलाई शुभ कामना दिनु भएको थियो । उक्त
भेलामा प्रकाश बुढाथोकी द्धारा कार्यक्रम सञ्चालन गरिएको थियो । यस अघि नै
मञ्चले मन बहादुर लिम्बुको अध्यक्षतामा ७ सदस्यीय आसिरी इकाई समिति, नारायण
रानाभाटको अध्यक्षतामा ७ सदस्यीय मुहारख इकाई समिति र बुद्धीराज रेउलेको
अध्यक्षतामा ७ सदस्यीय खमिस इकाई समिति गठन भईरकेको कुरा उक्त भेला मार्फ सुचित
गरीएको थियो । गत महिनाको २६ तारिख मेचीकाली जन सेवा मञ्च बहराइन द्धारा आयोजना
गरीएको खुल्ला कविता गोष्ठीमा मञ्चलाई प्रथम र द्धितिय पुरस्कार दिलाउन सफल
प्रतियोगिहरु देवीलाल डुम्रे, दिनेश थापा र सहभागी जनाउनु भएका दिपक रानाभाटलाई
मञ्चका अध्यक्ष अर्जुन धमला र उपाध्यक्ष बुद्धीराज र्राई (प्रथम) द्धारा
मञ्चका तर्फबाट सम्झनाको चिनो र प्रशंसा-पत्र वितरण गरिएको थियो ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।