Skip to main content

हतियार ल्याउँछ-एमाले, हतियार ल्याउने ग्रान्डडिजाइन-माओवादी

काठमाडौं, साउन ७। ऊर्जामन्त्री डा.प्रकाशशरण महतले सरकारले देशको सुरक्षाका लागि आवश्यक पर्ने हतियार ल्याउने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालमो साक्षात्कारमा बोल्दै हतियार के कति ल्याउने भन्ने विषय देशको अवस्था र राष्ट्रिय सुरक्षालाई मध्यनजर गरी निर्ण्र्ााा पुगिने बताए।
'हतियार देशको आवश्यकता अनुसार ल्याउने हो,' मन्त्री महतले भने, 'देश र राष्ट्रिय सुरक्षाको अवस्था हेरेर निर्ण्र्ाालिनेछौं।' यद्यपि हतियार ल्याउने नल्याउनेबारे निर्ण्र्ाानभइसकेको बताए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा उनले सेना समायोजन विशेष समितिको टुंगो छिट्टै लाग्ने बताए। समितिको नेतृत्व प्रधानमन्त्री वा अरु व्यवस्था पनि हुनसक्ने बताए। व्रि्रोही नेताको हैसियतले माओवादीका कोही नेता समितिमा रहन नमिल्ने बताए। उनले भने, 'सहमतिका आधारमा समितिमा रहने हो, कोही व्रि्रोही नेताका रुपमा रहन मिल्दैन।' माओवादीका अयोग्य लडाकुको व्यवस्थापन तत्काल गर्न काम अगाडि बढेको बताए। माओवादीले लडाकु व्यवस्थापनमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए। लडाकु व्यवस्थापन संविधानसभा निर्वाचन अगावै हुनुपर्नेमा त्रुटी भएको बताए। उनले भने, 'सेना व्यवस्थापन चुनाव अगावै हुनुपर्नेमा त्रुटी भयो, फेरि त्रुटी दोहोर्‍याउनहुन्न।' संविधान निर्माण अगावै लडाकुको व्यवस्थापन भइसक्ने बताए। माओवादीले समानान्तर संरचनाका रुपमा छापामारलाई राखिरहन चाहेको बताए। कुनैपनि हालतमा समानान्तर संरचना रहन नदिने गरी काम भइरहेको बताउदै भेन, 'हिंसाको छायांबाट देशलाई सदाका लागि मुक्त राख्नर्ुपर्छ।'
एकीकृत नेकपा माओवादीका सचिवालय सदस्य टेकबहादुर रायमाझीले सरकारले हतियार खरिद गरेर देशलाई मुठभेडमा लान खोजेको आरोप लगाए। उनले भने, 'रक्षामन्त्री विद्यादेवी भण्डारीलाई भारतसंग हतियार खरिदको कुरा मिलाउन पठाएर मुठभेडको अभ्यास भइरहेको छ।' नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र प्रधानमन्त्री माधवकुमार नेपालको सेना समायोजनमा आएका अभिव्यक्तिले मुठभेडको अभ्यासलाई पुष्टि गरेको जिकिर गरे। शान्ति प्रक्रिया भांडेर देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्र भइरहेको बताए। बख्तरबन्द, गोलीट्ठासमेत भित्राउने खेलहरु भइरहेको भन्दै कडा प्रतिवाद गर्ने बताए। हतियार खरिद शान्ति सम्झौता विपरित हुने बताए। उनले भने,'आफूहरुलाई पुनः हतियार उठाउन वाध्य पार्ने ग्रान्ड डिजाइन भइरहेको बताए।' वर्तमान सरकार रिमोर्ट क्रन्ट्रोलबाट चलेको भन्दै पछिल्ला घटनाक्रमले त्यसको पुष्टि गरेको बताए। सेनाको चाहना अनुसार सरकारले क्रियाकलाप देखाइरहेको र जंगीअड्डामा महावाणी राखेर प्रतिगमन र प्रतिक्रान्तिको बाटो अपनाउन लागेको आरोप लगाए।
नेकपा एमालेका प्रमुख सचेतक भीम आचार्यले रक्षामन्त्री विद्यादेवी भण्डारी हतियार लिनका लागि भारत नगएको बताए। आफ्नो दल हतियार भित्राउने पक्षमा नरहेको स्पष्ट पार्दै भने,'एमाले हतियार ल्याउने पक्षमा छदैछैन, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउन लागेको हो।' शान्ति प्रक्रियामाथि आंच आउने प्रकारका कार्य हुननहुने स्पष्ट पारे। माओवादी छापामारको समायोजन जतिसक्दो छिटो हुनुपर्ने बताए। प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा सेना समायोजन विशेष समिति बन्ने बताए। उनले भने,'संविधानसभा कामविहिन नभएको होइन, काम भइरहेको छ।' तोकिएको समयमै संविधान बन्ने दाबी गरे। संवैधानिक समितिको सभापति चयनका लागि प्रक्रिया अगाडि बढिसकेको भन्दै आफ्नो दलले उम्मेदवारी दिने बताए।
राष्ट्रिय जनशक्ति पार्टर्ीी सहअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले तोकिएको समयमै संविधान बन्नेमा शंका व्यक्त गरे। ठूला दलहरु संविधान बनाउनेभन्दा अन्यत्र अल्भिmएको बताउदै भने,'ठूला दल संविधान बनाउने मनशायमा छैनन्।' संविधान बनाउने भन्दा सरकार बनाउने र ढलाउने खेल भइरहेको बताए। राज्य पुनःसंरचनासम्बन्धि काम अगाडि नबढाइनुले गम्भीर आशंका पैदा भएको बताए। ठूला दलबाट संविधान निर्माणको काम अगाडि बढ्न नसक्ने भन्दै आफूले संवैधानिक समितिको सभापतिका लागि उम्मेदवारी दिने बताए। ठूला दलहरुलाई आपसी तिक्तता बिर्सर्ेेअगाडि बढ्न आग्रह गरे।
सद्भावना पार्टर्ीी सहअध्यक्ष लक्ष्मणलाल कर्ण्र्ाा ठूला दलहरुका कारण समयमै संविधान बन्ननसक्ने अवस्था पैदा हुनलागेको बताए। महत्वपर्ूण्ा निर्ण्र्ााआफै लिनखोज्ने तर सहमति बनाउननसक्ने परिपाठीले समस्या खडा गरेको बताए। उनले भने,'ठूला दलहरु संविधान बनाउनभन्दा अन्य गतिविधिमा सक्रिय छन्।' समयमै सहमति नबनाउंदा संविधानसभाको बैठक बस्नसक्ने अवस्था नरहेको बताए। विषयगत समितिको बैठक दिनहुँ चलेको तर ठूला दलले गर्नुपर्ने काम नगरेकाले समस्या खडा भएको बताए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले तोकिएको समयमा संविधान निर्माणका लागि दलहरु जिम्मेवार हुनुपर्ने बताए। आग्रह पर्ूवाग्रहभन्दा माथि उठेर सहमतिका साथ शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउन आग्रह गरे।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।