Skip to main content

Posts

र्सपदंशको प्रकोप बढेपछि नागपूजा

वीरगंज, ११ साउन । पर्साको भेडियाहीमा र्सपदंशबाट करिब आधा दर्जन व्यक्तिको मृत्यु भएपछि स्थानीयवासीले भव्यतापूर्वक नागपञ्चमी मनाउने भएका छन्। आजदेखि सातोमाइ सेवा समितिले आयोजना गरेको नाग पंचमी चारदिनसम्म मनाइने भएको समितिका सदस्य चिन्ता देवीले बताएकी छन्। नाग पंचमीको दिन आज सांझ पर्सामा हल्का पानी परेपछि कृषकहरु झनै खुशी भएका छन्।

सदभावनाद्वारा प्रमलाइ ज्ञापनपत्र

वीरगंज, ११ साउन । सदभावना पार्टी पर्साले सर्वोच्च अदालतद्वारा उपराष्ट्रपति हिन्दी भाषामा सपथ ग्रहणको विरुद्ध गरेको निर्णयप्रति विरोध गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। आज बिहान सदभावना पर्साका अध्यक्ष नेजामुद्दिन समानीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फ प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा देश भित्र रहेको विगतको आन्तरिक उपनिवेश एवं साम्राज्य कायम राख्द उद्यत शक्तिहरु तथा समावेशीकरणको शत्रुहरुद्वारा गैर नेपाली भाषाभाषी उपर कथित राष्ट्रवादी, संवैधानिक एवं कानूनी प्रहारको विरुद्ध एकजुट भएर आउन समग्र शोषित, पीडित, उपेक्ष्ँित जनजाति, भाषा, भाषाी तथा सम्प्रदायहरुसंग सदभावना गर्दछ भनिएको छ ।

संवाददाता यादवमाथि दुव्र्यवहारको भर्त्सना

वीरगंज, ११ साउन । नेपाल टेलिभिजनका संवाददाता भूषण यादवमाथि समाचार संकलनको क्रममा स्थानीयवासीले गरेको दर्ुर्व्यवहारको घटनाप्रति विभिन्न संचारसम्बद्ध संघसंस्थाले भर्त्सना गरेको छ। क्रियाशील युवा पत्रकार मंच नेपाल पर्सा, नेपाल पत्रकार महासंघ पर्सा र नेपाल पत्रकार महासंघ रेडियो वीरगन्ज शाखाले पनि घटनाको घोर भर्त्सना गर्दै दोषीलाई कारबाहीको मांग गरेको छ। विज्ञप्तिमा समाचारको लागि खिचिएको दृष्य मेटाउन धम्की दिएर पत्रकार यादवमाथि हातपातको घटना भएकोमा प्रेस स्वतन्त्रताको गम्भिर उपहास भएको जनाएका छन्।

विभिन्न स्थानमा दुर्घटना र सडक अवरुद्ध

वीरगंज, ११ साउन । विभिन्न स्थानमा सडक दुर्घटनाको क्रमले तीब्रता पाएको छ भने दर्जनौ घाइते भएको प्राप्त जानकारीमा उल्लेख छ। आज बिहान अमलेखगन्ज नजिकै ना२त ७७२४ नं.को ट्रयाक्टरले ना१०प ७९६१ नं.को मोटरसाइकललाई ठक्कर दिंदा दुइजना घाइते भएका छन् भने उनीहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। महोत्तरी, बर्दिबास-७ नजिकै रोकीराखेको टिपरमा ना३ख १४४३ नं.को बसले पछाडीबाट ठक्कर दिंदा ५ जना यात्रु घाइते भएका छन्। घाइते हुनेहरुमा सिरहा लाहान बस्ने रन्जना, सुमिला पण्डित, अनारा देवी चौधरी, कुन्ती चौधरी, बस चालक मुस्लिम रायन रहेका छन्। आज बिहान हात्तीलेट-१ नजिकै ना.३ख ८४४९ नं.को टिपर र ना.१ख ६४४४ नं.को स्कूल बस एकआपसमा ठोक्किदा दुइजना घाइते भएका छन्। महोत्तरीको सम्सी नजिकै ज१ख ६३७ नं.को बस पल्टिंदा पर्सा देवाड-७ बस्ने गुलशन खातुन र भारतको बिहार भिसुवा बस्ने रन्जु चौधरी घाइते भएका छन्। गए राति धनुषाको ढल्केवरमा ज१त१८४२ नं.को ट्रयाक्टर र जे.एच.ओ.४ सी.२१४८ नं.को भारतीय जिप एक आपसमा ठोक्किदा धनुषा-७ बस्ने कलादेवी मण्डल, राम कुमारी देवी, चौधरी देवी मण्डल, सोमरी देवी मण्डल घाइते भएका छन्। ...

दुइ भारतीय नागरिकको मृत्यु

वीरगंज, ११ साउन । कलकारखानामा कार्यरत दुइ भारतीय मजदूरको मृत्यु भएको छ। हिजो सांझ बाराको लिपनीविर्ता-९ मा रहेको कलश सिमेन्टमा कार्यरत भारत, समस्तीपुर निवासी ४० वर्षीय गंगाप्रसाद महतोको बालुवाले पुरिएर घटनास्थलमै मृत्यु भएको छ भने वीरगंज-१९ स्थित स्टार इन्जिनियरिङमा कार्यरत भारत, मोतीहारी बस्ने अशोक यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

हतियार देखाइ मोटरसाइकल लुटियो

वीरगंज, ११ साउन । अज्ञात हतियारधारी लुटेरा समूहले एकजनाको मोटरसाइकल लुटेर बेपत्ता भएको छ। गए राति ८.४५ बजे बारा, गन्जभवानीपुर नजिक पसाहा खोला नजिकै ककडी-९ बस्ने सन्जय चौधरीको ना११प १२९८ नं.मोटरसाइकल अज्ञात तीनजना लुटेरा समूहले कटुवा पेस्तोल तेर्साइ लुटेर लगेको प्रहरीले जनाएको छ।

हत्याको विरोधमा वाइसिएलद्वारा प्रदर्शन

वीरगंज, ११ साउन । वाइसिएल कार्यकर्ताको हत्या भएको विरोधमा वाइसिएलले आज बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा लगायत जिल्लामा चक्काजाम गर्दै हत्यारालाइ कारबाहीको मांग गरेको छ। आज बिहान वीरगंजको घण्टाघर, बाराको कलैया, विश्रामपुर, बाराको गण्डक र भरतचोकमा वाइसिएलका मुकेश साहको नेतृत्वमा टायर बाली अवरोध गरेको थिए भने बन्दको अवज्ञा गरेको भन्दै ना१झ३९८ नं.को विद्युतको गाडीमा तोडफोड गरेका थिए। बाराको भवानीपुर, कर्मैया, लालबन्दी, हरिपुरचोक र नवलपुरचोकमा वाइसिएलले वीरगन्जबाट विराटनगर तर्फजांदै गरेको ना२ख २८४५ नं.को गाडीमा तोडफोड गरेपछि प्रहरीले केही कार्यकर्तालाइ पक्राउ गरेको छ। महोत्तरीको बर्दिबासचोक, गौशाला, धनुषाको पिडारीचोकमा वाइसिएलका कार्यकर्ताहरुले प्रदर्शन गर्नुको साथै चक्काजाम गरेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ । साउन १० गते रौतहट, रमौली बैरिया-६ बस्ने भुटा राय यादवको छोरा तथा वाइ.सि.एल.का केन्द्रिय सदस्य ३९ वर्षीय लक्ष्मण राय यादवलाइ चांदे खोलामा अज्ञात समूहले ५ राउण्ड गोली प्रहार गरी हत्या गरेको थियो।