Skip to main content

सदभावनाद्वारा प्रमलाइ ज्ञापनपत्र

वीरगंज, ११ साउन । सदभावना पार्टी पर्साले सर्वोच्च अदालतद्वारा उपराष्ट्रपति हिन्दी भाषामा सपथ ग्रहणको विरुद्ध गरेको निर्णयप्रति विरोध गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
आज बिहान सदभावना पर्साका अध्यक्ष नेजामुद्दिन समानीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फ प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा देश भित्र रहेको विगतको आन्तरिक उपनिवेश एवं साम्राज्य कायम राख्द उद्यत शक्तिहरु तथा समावेशीकरणको शत्रुहरुद्वारा गैर नेपाली भाषाभाषी उपर कथित राष्ट्रवादी, संवैधानिक एवं कानूनी प्रहारको विरुद्ध एकजुट भएर आउन समग्र शोषित, पीडित, उपेक्ष्ँित जनजाति, भाषा, भाषाी तथा सम्प्रदायहरुसंग सदभावना गर्दछ भनिएको छ ।

Comments