Skip to main content

हत्याको विरोधमा वाइसिएलद्वारा प्रदर्शन

वीरगंज, ११ साउन । वाइसिएल कार्यकर्ताको हत्या भएको विरोधमा वाइसिएलले आज बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा लगायत जिल्लामा चक्काजाम गर्दै हत्यारालाइ कारबाहीको मांग गरेको छ।
आज बिहान वीरगंजको घण्टाघर, बाराको कलैया, विश्रामपुर, बाराको गण्डक र भरतचोकमा वाइसिएलका मुकेश साहको नेतृत्वमा टायर बाली अवरोध गरेको थिए भने बन्दको अवज्ञा गरेको भन्दै ना१झ३९८ नं.को विद्युतको गाडीमा तोडफोड गरेका थिए। बाराको भवानीपुर, कर्मैया, लालबन्दी, हरिपुरचोक र नवलपुरचोकमा वाइसिएलले वीरगन्जबाट विराटनगर तर्फजांदै गरेको ना२ख २८४५ नं.को गाडीमा तोडफोड गरेपछि प्रहरीले केही कार्यकर्तालाइ पक्राउ गरेको छ। महोत्तरीको बर्दिबासचोक, गौशाला, धनुषाको पिडारीचोकमा वाइसिएलका कार्यकर्ताहरुले प्रदर्शन गर्नुको साथै चक्काजाम गरेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।
साउन १० गते रौतहट, रमौली बैरिया-६ बस्ने भुटा राय यादवको छोरा तथा वाइ.सि.एल.का केन्द्रिय सदस्य ३९ वर्षीय लक्ष्मण राय यादवलाइ चांदे खोलामा अज्ञात समूहले ५ राउण्ड गोली प्रहार गरी हत्या गरेको थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

शुसिल कोईराला आज रोल्पाको लिवाङ आइपुग्ने

ज्ञानेन्द्र शर्मा लिवाङ माघ २१ गते। नेपाली काग्रेसका कार्य बहाक सभापती शुसिल कोईराला आज रोल्पाको लिवाङ आइपुग्ने कार्यक्रम रहेको छ। कार्य बहाक सभापती कोईरालाले भोली नेपाली काग्रेसले रोल्पाको लिवाङमा गर्न लागेको आम सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भोली रोल्पाको लिवाङमा नपाली काग्रेसले बिशाल आम सभा गर्ने जनाएको छ। बिगतको समयमा रोल्पाका २ वटै क्षेत्रबाट आफ्नो सिट सुरक्षित गर्न सफल भएको नेपाली काग्रेसले संबिधान सभाको चुनावमा भने नराम्रो संग हार बेहोर्नु परेको थियो। नेपाली काग्रेसले रोल्पामा केही दिन यता पार्टर्ीींगठन बिस्तारलाई त्रि्रता दिएको छ भने पार्टर्ीीार्यकर्ताको लागि नबिकरण गर्ने अन्तिम समय पनि आज सम्म राखेको छ। नेपाली काग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले पनि रोल्पामा आफ्नो संगठन बिस्तार गरेको छ।