Skip to main content

Posts

ठक्करबाट एक घाइते

कलैया, ३१ साउन । मोटरसाइकलको ठक्करबाट एकजना गम्भीर घाइते भएकी छन्। हिजो सांझ बाराको बरियारपुर-९ स्थित सडकखण्डमा कलैयाबाट बरियारपुर तर्फगईरहेको ज.१ज ७ नंं.को जिपले बिपरीत दिशाबाट आईरहेको मोटरसाइकलाई ठक्कर दिंदा मोटरसाइकल चालक बबुआईन-१ बस्ने आशा राउत सख्त घाइते भएका छन् । घाइतेको नाउक्षे अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने जिप चालकलाइ प्रहरीले पक्राउ गरेको छ। यसैगरी गए राति अरनिको राजमार्गको भंैसेपाटी-१ नजिकै बा.१ख ८३२७ नंं.को गाडीले पैदल यात्री भैंसेपाटी-६ बस्ने भिमसेन कुंवरलाई ठक्कर दिएको बिषयलाई आज बिहान ७ः३५ बजे बाट पनौतीबाट काठमाडौ चल्ने सवारी साधनलाई पीडित पक्षले अवरोध सिर्जना गरेका थिए। घाइतेलाई उचित उपचार गर्ने र्सतमा बिहान साढे १० बजे बाटो सुचारु गराइएको प्राप्त जानकारीमा उल्लेख छ।

दुइ ट्रक एकआपसमा ठोक्किदा...

मकवानपुर, ३१ साउन । दुइ ट्रक एकआपसमा ठोक्किदा एकजना घाइते भएका छन्। गए राति १०-३० बजे मनहरी-७ स्थित महेन्द्र राजमार्गमा हेटौंडाबाट नारायणगढ तर्फगईरहेको बा.१ख २३८० नंं.को ट्रक र विपरीत दिशाबाट आईरहेको ना.२ख २७३२ नं.को ट्रक एक आपसमा ठक्कर खादा ना.२ख २७३२ नंं.को ट्रकको यात्रु सोही ठाउं वडा नं.-३ बस्ने बर्ष २० को झलक मोक्तान घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने चालक फरार भएका छन्।

आगलागीमा लाखौंका क्षति

सर्लाही, ३१ साउन । लामखुटे धपाउन बालेको आगोबाट अचानक आगलागी हुंदा लाखौंको धनमाल जलेर नष्ट भएको छ। गए राति ११ बजे मुर्तीया गा.वि.स.-३ निवासी माथवर जंग पाण्डेको गोठमा आगलागी हुंदा धान २० मन, १ वटा गाई घाइते र २ तले गोठ पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। राति १ बजे सो आगलागी लिएको प्रहरीले जनाएको छ।

पञ्चेश्वर परियोजना अगाडि बढ्छ-ऊर्जामन्त्री डा.महत

काठमाडौं, साउन ३१ । ऊर्जामन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणमा पञ्चेश्वर सम्झौता अनुसार थाती रहेका समस्या समाधान गरी काम अगाडि बढाउने सहमति बन्ने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै पञ्चेश्वर परियोजना निर्माणको काम अगाडि बढाउन राष्ट्रिय सहमति भइसकेकाले टुंगो लगाउन कसैले आपत्ती जनाउन नमिल्ने जिकिर गरेका हुन् । 'पञ्चेश्वर सम्झौता राष्ट्र हितमा छ,' ऊर्जामन्त्री महतले भने,' प्रधानमन्त्रीको भारत भ्रमणमा सम्झौता अनुसार काम अगाडि बढाउने टुंगो लाग्नेछ ।' माओवादीले आफू सरकारमा रहदा पञ्चेश्वर परियोजनालाई सकारात्मक रुपमा लिएको र सरकार बाहिर पुगेपछि राष्ट्रघाती भनेर दोहोरो चरित्र देखाएको बताए । राष्ट्रवादको मुकुण्डो ओढेर गरिबको नाममा नारा तयार गर्ने अभ्यास नगर्न माओवादीलाई चेतावनी दिए । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा पञ्चेश्वर सम्झौताको विरुद्ध भारतभित्रबाट आवाज उठिरहेको उल्लेख गर्दै नेपालबाट पनि विरोध गर्नु पञ्चेश्वर विरोधी भारतीयको लहलहैमा लाग्नुसरह हुने बताए । भारतले विगतको ...

वीरगंज टुडेको बारेमा

मुकेश बस्नेत वीरगंज, वडा नं. १९ प्रतिमा चोक पर्सा, नारायणी, नेपाल विज्ञापनको लागि सर्म्पर्क नं. मोबाइल नं. ९७७-९८४५१२११५४ समाचार पठाउने स्थान mukeshbasnet@gmail.com सदस्यताको लागि सर्म्पर्क mukeshbasnet@gmail.com सहयोगी संस्थाहरु राष्ट्रिय दैनिक पत्रिका -वीरगंज), सीमाना साप्ताहिक, उत्थान साप्ताहिक नेपाल आम संचार मंच -फोमन) पर्सा, रिपोर्टस क्लब नेपाल पर्सा, क्रियाशील युवा पत्रकार मंच पर्सा सहयोगी व्यक्तिहरु- महेशचन्द्र गौतम, कुबेरचन्द्र गौतम, सुदर्शनराज पाण्डे, भद्रनाथ अधिकारी, उत्तम खडगी, प्रणय कुमार, फैजुल्लाह आलम, सुभाष साह, रामकुमार उपाध्याय, अजय यादव, दीपक सिंह ।

मुम्बइ हमलाको दोषीलाइ कारबाही गरेर छाडछु- अमेरिका

वासिंगटन, ३१ साउन । पछिल्लो वर्ष भारतको मुम्बइमा भएको आतंकवादी हमलाकारीलाइ सजाय दिनको लागि अमेरिकाले पूरा दबाब बनाएको छ । अमेरिकाको नयाँ राजदूत टिमोथी रोमरले भन्छन्- त्यो चाहे लश्कर ए तैयबा होस् या तालिबान अथवा अलकायदा सभै भारत र अमेरिकाको साझा दुश्मन हो। अमेरिकाले यिनीहरुविरुद्ध कारबाहीको लागि पाकिस्तानमाथि दबाब बनाएर राख्नेछ।-एजेन्सी

तराइमा महाविरी झन्डा मेला सुरु

वीरगंज, ३१ साउन । प्रत्येक वर्ष तराइमा लाग्ने महाविरी झन्डा मेला सुरु भएको छ। आज वीरगंज वडा नं. १८ लक्ष्मनवामा महाविरी झन्डा मेला लाग्दैछ। दिउँसोदेखि लाग्ने सो मेलामा तराइको संस्कृति झल्कने वस्तुहरु तथा मौलिकता देख्न पाइन्छ, मेलामा कुस्ती, नाँच, पिंङ, झुला, हाटबजार, रहने गरेको छ। मेलामा तातात्तो जुलेबी खान मन लागेछ भने घुम्न नबिर्सनुहोला। तराइको विभिन्न गाविसमा महाविरी झन्डा मेला फरक फरक समयमा हुने गर्दछ। जनै पुर्णिमापछि तराइमा मनाइने मेलामा स्थानीयवासीहरुको उल्लेख्य सहभागिता हुन्छ।