वीरगंज, ३१ साउन । प्रत्येक वर्ष तराइमा लाग्ने महाविरी झन्डा मेला सुरु भएको छ। आज वीरगंज वडा नं. १८ लक्ष्मनवामा महाविरी झन्डा मेला लाग्दैछ। दिउँसोदेखि लाग्ने सो मेलामा तराइको संस्कृति झल्कने वस्तुहरु तथा मौलिकता देख्न पाइन्छ, मेलामा कुस्ती, नाँच, पिंङ, झुला, हाटबजार, रहने गरेको छ। मेलामा तातात्तो जुलेबी खान मन लागेछ भने घुम्न नबिर्सनुहोला।
तराइको विभिन्न गाविसमा महाविरी झन्डा मेला फरक फरक समयमा हुने गर्दछ। जनै पुर्णिमापछि तराइमा मनाइने मेलामा स्थानीयवासीहरुको उल्लेख्य सहभागिता हुन्छ।
Comments
Post a Comment