Skip to main content

पञ्चेश्वर परियोजना अगाडि बढ्छ-ऊर्जामन्त्री डा.महत

काठमाडौं, साउन ३१ । ऊर्जामन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणमा पञ्चेश्वर सम्झौता अनुसार थाती रहेका समस्या समाधान गरी काम अगाडि बढाउने सहमति बन्ने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै पञ्चेश्वर परियोजना निर्माणको काम अगाडि बढाउन राष्ट्रिय सहमति भइसकेकाले टुंगो लगाउन कसैले आपत्ती जनाउन नमिल्ने जिकिर गरेका हुन् ।
'पञ्चेश्वर सम्झौता राष्ट्र हितमा छ,' ऊर्जामन्त्री महतले भने,' प्रधानमन्त्रीको भारत भ्रमणमा सम्झौता अनुसार काम अगाडि बढाउने टुंगो लाग्नेछ ।' माओवादीले आफू सरकारमा रहदा पञ्चेश्वर परियोजनालाई सकारात्मक रुपमा लिएको र सरकार बाहिर पुगेपछि राष्ट्रघाती भनेर दोहोरो चरित्र देखाएको बताए । राष्ट्रवादको मुकुण्डो ओढेर गरिबको नाममा नारा तयार गर्ने अभ्यास नगर्न माओवादीलाई चेतावनी दिए ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा पञ्चेश्वर सम्झौताको विरुद्ध भारतभित्रबाट आवाज उठिरहेको उल्लेख गर्दै नेपालबाट पनि विरोध गर्नु पञ्चेश्वर विरोधी भारतीयको लहलहैमा लाग्नुसरह हुने बताए । भारतले विगतको अडान छाडेर बांध नेपालले भनेको स्थानमा निर्माण गर्नेमा सहमति जनाएको, कार्यालय नेपाली भूमिमै खोल्ने र पानीको सवालमा नेपालले उठाएको विषयमा सकारात्मक रहेको सन्देश दिएको बताए । मौका नेपालको हातमा आएकाले चुकाए नेपाल र नेपाली जनतामाथि घात हुने टिप्पणी गरे । भारतले निर्माणमा ६३ प्रतिशत खर्च गर्ने सहमति जनाएबाट आफूहरु उत्साही भएको बताए ।
प्रधानमन्त्रीको भारत भ्रमणमा ट्रान्समिसन लाइन निर्माणबारे पनि महत्वपर्ूण्ा सहमति हुने बताए । भारतसँग एक सय ५० मेगावाट विद्युत सहुलियतमा खरिद गर्नेबारे सहमति गर्ने तयारी भइरहेको बताए । राष्ट्र हितविपरित कुनै पनि सहमति नहुने भन्दै अनावश्यक हल्ला नफिजाउन आग्रह गरे ।
एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले पञ्चेश्वर सम्झौता राष्ट्रघाती भएकाले निर्माण अगाडि बढाउन सहमति गर्ने अधिकार वर्तमान सरकारलाई नभएको बताए । पञ्चेश्वरबारे आफ्नो दलसँग कुनै सहमति नभएको भन्दै प्रधानमन्त्री माधवकुमार नेपाललाई सन्धी, सम्झौता या सहमति नगर्न चेतावनी दिए । सहमति गरेमा आन्दोलनलाई अझै चर्काउने बताउदै भने,'पञ्चेश्वर अगाडि बढाउने सहमति गरेर आएमा कडा आन्दोलनको सामना गर्न तयार भए हुन्छ ।' २०१६ सालको गण्डक र २०५२ सालको पञ्चेश्वर सम्झौता नेपालको इतिहासमै सबैभन्दा ठूलो राष्ट्रघाती कदम भएको टिप्पणी गरे ।
प्रधानमन्त्रीको भ्रमणमा हतियार ल्याउनेबारे सम्झौता भए दर्ुभाग्यपर्ूण्ा हुने बताए । हतियार ल्याउनु शान्ति सम्झौता विपरित हो भन्दै सरकारले शान्ति खलबलाउने कदम चाल्न लागेको आरोप लगाए । सरकारमा रहेकाहरुबाट हतियार सम्झौताबारे भिन्न भनाई आएबाट शंका बढेको बताए ।
नेपाली भूमि ५८ स्थानमा अतिक्रमण भएको भन्दै त्यसबारे कुरा उठाउन आग्रह गरे । राष्ट्रहितका लागि भुटानी शरणार्थी समस्यालगायतका विषयमा कुरा उठाउनुपर्ने बताए ।
प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार राजन भट्टर्राईले प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय सहमति नभएका र दर्ीघकालिन राजनीतिक प्रकृतिका कुनैपनि सन्धी सम्झौता गर्ने एजेण्डा नबनाइएको प्रष्ट पारे । भ्रमणबारे अनावश्यक हल्ला फिजाइएको भन्दै भ्रममा नपर्न आग्रह गरे । प्रधानमन्त्रीको भ्रमण नितान्त सद्भाव भ्रमण भएको बताए । भ्रमणमा आर्थिक र वाणिज्य सम्बन्धि विषयमा सहमति बनाउने एजेण्डा तय भएको बताए ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...