Skip to main content

Posts

नयाँ दिल्लीमा नेपाली लोकतन्त्रको जात्रा देखाइएको छ- दीनानाथ शर्मा

काठमाडौं ५ भदौ। नेपाली काँग्रेसका सह-महामन्त्री एवं प्रवक्ता अर्जुन नरिसंह केसीले परराष्ट्र मन्त्री सुजाता कोइराला प्रधानमन्त्री माधवकुमार नेपालसंग भारत भ्रमण नगएकोबारे पार्टीको केन्द्रीय समिति बैठकमा छलफल भएको भएपनि उहांलाई सरकारबाट फिर्ता नै बोलाउने विषयमा भने कुरा नउठेको स्पष्ट पार्नु भएको छ। रिपोटस्र क्लव नेपालले आज गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता केसीले कसैलाई उपप्रधानमन्त्री बनाउने कुरा पार्टीमा संस्थागत रुपमा नआएको भन्दै आन्तरिक यस्ता कुरा भएको भए आपुूलाई थाहा नभएको प्रष्ट पार्नुभयो। ूकुनैपनि निर्णय संस्थागत हुनु पर्दछ भूमिगत रुपमा गरिने निर्णय मान्य हुंदैनू केसीको भनाइ थियो। प्रधानमन्त्रीको भारतको प्रसंगमा केसीले परराष्ट्र मन्त्री नगएपनि भारत भ्रमण सफल देखिएको बताउनु भयो। कार्यक्रमका अर्का वक्ता नेकपा एमालेका सचिव युवराज ज्ञवालीले प्रधानमन्त्रीको भारत भ्रमणले दुइ देशबीच रहेका कतिपय असमझदारी र अन्यौललाई चिर्ने काम गरेको भन्दै प्रधानमन्त्री कुनै विवादास्पद सन्धी सम्झौता गर्न भारत नगएको स्पष्ट पार्नुभयो। उहांले नेपालका विभिन्न आयोजनाका लागि ३२ अर्ब रुपैयाँको सहयोग आउ...

वीरगंज भन्सार नाका ठप्प

वीरगंज, ५ भदौ । सरकारले क्रसर उद्योगबाट उत्पादन हुने वस्तुहरुमा असमान तरिकाले भन्सार दस्तुर वृद्धि गरेको विरोधमा क्रसर उद्योगसंग आबद्ध मजदूर कर्मचारीले वीरगंज भन्सार नाका ठप्प पारेका छन्। आज बिहानैदेखि नारायणी रोडा उद्योग संघ बाराको नेतृत्वमा वीरगंज भन्सार नाकामा टिपर तेसा्रइ सडक अवरुद्ध गरेका हुन्। २४ घण्टे अल्टिमेटम िदंदै नारायणी रोडा उद्योग संघ रुपन्देही क्रसर व्यवसायी संघ कपिलवस्तु क्रसर व्यवसायी संघ नेपालगंज क्रसर व्यवसायी संघ मोरङ क्रसर व्यवसायी संघहरु संयुक्त रुपमा आन्दोलनमा उत्रिएको प्राप्त जानकारीमा उल्लेख छ।

स्वाइन फलुविरुद्ध रयाली

वीरगंज ५ भदौ । स्वाइन फलु सम्बन्धी जनचेतना जगाउन मानव सशक्तिकरण समाजले आज वीरगंजको घण्टाघरमा चेतनामूलक रयाली प्रदर्शन गरेको छ। विश्वको समस्या कोही सुरक्षिँत छैन नाराका साथ निकालिएको र् याली नाउक्षँे अस्पताल वीरगंजमा पुगेर सभामा परिणत भएको थियो। रयालीमा विभिन्न सरकारी गैरसरकारी संघसंस्थाका प्रमुख सुरक्षुकर्मी नागरिक समाज तथा विद्यार्थीहरुको उपस्थिति थियो।

निषाद संघद्वारा जिविसमा धर्ना

वीरगंज, ५ भदौ । आफूहरुको ५ बुंदे मांगप्रति सरकारले कुनै सुनवाइ नगरेको विरोधमा गणतान्त्रिक राष्ट्रिय निषाद संघ नेपालले जिल्ला विकास समिति पर्सामा तीन घण्टा घेराउ गरेका छन्। आज बिहान निषाद संघका अध्यक्ष मेघराज सहनीको नेतृत्वमा धर्ना दिएका हुन्।

बेवारिसे शब बरामद

वीरगंज ५ भदौ । वीरगंजको नगवा-१८ बाइपास रोड नजिकै बेवारिसे अवस्थामा आज बिहान एक व्यक्तिको शव फेला परेको छ। नाम थर नखुलेको अन्दाजी ४० वर्षीया सो व्यक्तिको हातमा मनोज लेखिएको छ शवको पोष्टमार्टमको लागि नाउक्षे अस्पताल वीरगंजमा राखिएको प्रहरीले जनाएको छ।

आयुर्वेद उपचारमा नयाँ फड्का

काठमाडौं भाद्र ५ । लामो सयमदेखि जडिबुटीको अनुस्न्धान र उपचारमा लाग्दै आउनु भएका वैद्य गणेश राउतले आयुर्वेदिक माध्यमबाट लिभर सिरोशिस- कलेजो क्षयीकरण मृगौला फेल र पित्तको पत्थरीको सफल उपचार गर्ने सफलता प्राप्त गर्नु भएको छ । अल्कोहलको अत्यधिक सेवन वा लागू पदार्थको दुब्र्यसनका कारण कलेजो नष्ट भई जीवनको आस मारेका र नाम चलेका डाक्टरहरुले लिभर ट्रन्सप्लान्ट नगरी हुदैन भनी ठोकुवा गरेका विरामीहरुलाई उहांले जडिबुटीको झोल खुवाएरै पूर्ण रुपमा निको बनाउनु भएको छ । त्यस्तै मृगौला फेल भएका विरामीहरुको समेत उहांले सफल रुपमा उपचार गर्नु भएको छ । आयुर्वेदिक औषधीकै सेवन गराएर पित्तको पत्थरीको समेत सफल उपचार गर्नु भएको छ । आज रिपोटस्र क्लवमा आयोजित पत्रकार सम्मेलनमा वैद्य राउतले आपुनो अनुसन्धान र उपचारमा प्राप्त गरेको सफलताले अब लिभर र किड्नी ट्रान्स्प्लान्ट गर्नु नपर्ने ठोकुवा गर्नुभयो । आपुूले विभिन्न कारणले लिभर फेल भएकाहरुलाई नयाँ जीवन दिएको पनि सुनाउनु भयो । किड्नीको केसमा भने डायलसिसमा नगईसकेको विरामीलाई छिटो निको बनाउन सकिने जानकारी दिनुभयो । पित्तको पत्थरी त अति सामान्य उपचार विधिबाटै निक...

एमाओवादीको राज्यस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्ड

वीरगंज, ५ भदौ । एकीकृत नेपाल कम्युनिष्ट माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आज वीरगंज नगरसभा गृहमा अवधि भोजपुरा र मिथिला राज्यस्तरीय प्रशिक्षँण कार्यक्रमको उदघाटन गरेका छन्।प्रशिक्षँण कार्यक्रममा आएका प्रचण्डले अन्य विषयमा बोलेनन्। सभापतिको आशनबाट देवेन्द्र पौडेलले मधेशको आन्तरिक समस्या हल गर्न सशक्त आन्दोलन हाक्न जरुरी रहेको बताए। प्रशिक्षँण कार्यक्रममा रुपन्देही नवलपरासी पर्सा बारा रौतहट सर्लाही महोत्तरी धनुषा सिराहा सप्तरी जिल्लाका करिब ७ सय अगुवा कार्यकर्ताको सहभागि थिए।sार्यक्रममा किरण वैद्य डा। बाबुराम भट्टराइ प्रकाश नारायणकाजी श्रेष्ठ रामबहादुर थापा ँबादल’ सिपी गजुरेल सभासद प्रभु साह र शिवचन्द्र कुशवाह लगायतको उपस्थिति थियो। धरानमा आयोजित कोचिला लिम्बुवान र किरांत राज्य समितिको ाज्य समिति स्तरीय प्रशिक्षँण कार्यक्रम सम्पन्न गरेर वीरगंज आइपुगेका प्रचण्डले भोलि पत्रकार सम्मेलनमार्फत जानकारी गराउने भएको छ।