Skip to main content

आयुर्वेद उपचारमा नयाँ फड्का

काठमाडौं भाद्र ५ । लामो सयमदेखि जडिबुटीको अनुस्न्धान र उपचारमा लाग्दै आउनु भएका वैद्य गणेश राउतले आयुर्वेदिक माध्यमबाट लिभर सिरोशिस- कलेजो क्षयीकरण मृगौला फेल र पित्तको पत्थरीको सफल उपचार गर्ने सफलता प्राप्त गर्नु भएको छ । अल्कोहलको अत्यधिक सेवन वा लागू पदार्थको दुब्र्यसनका कारण कलेजो नष्ट भई जीवनको आस मारेका र नाम चलेका डाक्टरहरुले लिभर ट्रन्सप्लान्ट नगरी हुदैन भनी ठोकुवा गरेका विरामीहरुलाई उहांले जडिबुटीको झोल खुवाएरै पूर्ण रुपमा निको बनाउनु भएको छ । त्यस्तै मृगौला फेल भएका विरामीहरुको समेत उहांले सफल रुपमा उपचार गर्नु भएको छ । आयुर्वेदिक औषधीकै सेवन गराएर पित्तको पत्थरीको समेत सफल उपचार गर्नु भएको छ ।
आज रिपोटस्र क्लवमा आयोजित पत्रकार सम्मेलनमा वैद्य राउतले आपुनो अनुसन्धान र उपचारमा प्राप्त गरेको सफलताले अब लिभर र किड्नी ट्रान्स्प्लान्ट गर्नु नपर्ने ठोकुवा गर्नुभयो । आपुूले विभिन्न कारणले लिभर फेल भएकाहरुलाई नयाँ जीवन दिएको पनि सुनाउनु भयो । किड्नीको केसमा भने डायलसिसमा नगईसकेको विरामीलाई छिटो निको बनाउन सकिने जानकारी दिनुभयो ।
पित्तको पत्थरी त अति सामान्य उपचार विधिबाटै निको गराउँदै आएको पनि उहांले उल्लेख गर्नुभयो ।
पत्रकार सम्मेलनमै उपस्थित काठमाडौं कपनका बद्री खड्का नैकापका अनिल क्षेत्री र महोत्तरीका सुवास बरालले आपुूहरु लिभर खराबीका कारण अन्तिम अवस्था पुगेको र वैद्य राउतको उपचार मार्पुत पूर्ण रुपमा निको भएको सुनाउनु भयो ।
कराँतेका प्रशिक्षक खड्काले त लिभर विशेषज्ञ डा। एके िसंहको सल्लाह अनुसार भारतमा गई लिभर ट्रान्स्प्लान्ट गर्ने तयारी गरिरहेको अवस्थामा वैद्य राउतसंग भेटको र राउतको उपचार शुरु गरी अहिले पूर्ण रुपमा निको भएको अनुभव सुनाउनु भयो ।
वैद्य राउतले आयुर्वेदिक उपचार मार्पुत आधुनिक मेडिकल विज्ञानले असाध्य भनेको रोगलाई पूर्ण रुपमा निको पार्न सकिने दाबी गर्दै सरकारले आयुर्वेदिक उपचारलाई सौताको ब्यवहार गरेको गुनासो पनि गर्नुभयो ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।