Skip to main content

नयाँ दिल्लीमा नेपाली लोकतन्त्रको जात्रा देखाइएको छ- दीनानाथ शर्मा

काठमाडौं ५ भदौ। नेपाली काँग्रेसका सह-महामन्त्री एवं प्रवक्ता अर्जुन नरिसंह केसीले परराष्ट्र मन्त्री सुजाता कोइराला प्रधानमन्त्री माधवकुमार नेपालसंग भारत भ्रमण नगएकोबारे पार्टीको केन्द्रीय समिति बैठकमा छलफल भएको भएपनि उहांलाई सरकारबाट फिर्ता नै बोलाउने विषयमा भने कुरा नउठेको स्पष्ट पार्नु भएको छ।

रिपोटस्र क्लव नेपालले आज गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता केसीले कसैलाई उपप्रधानमन्त्री बनाउने कुरा पार्टीमा संस्थागत रुपमा नआएको भन्दै आन्तरिक यस्ता कुरा भएको भए आपुूलाई थाहा नभएको प्रष्ट पार्नुभयो।

ूकुनैपनि निर्णय संस्थागत हुनु पर्दछ भूमिगत रुपमा गरिने निर्णय मान्य हुंदैनू केसीको भनाइ थियो।

प्रधानमन्त्रीको भारतको प्रसंगमा केसीले परराष्ट्र मन्त्री नगएपनि भारत भ्रमण सफल देखिएको बताउनु भयो।

कार्यक्रमका अर्का वक्ता नेकपा एमालेका सचिव युवराज ज्ञवालीले प्रधानमन्त्रीको भारत भ्रमणले दुइ देशबीच रहेका कतिपय असमझदारी र अन्यौललाई चिर्ने काम गरेको भन्दै प्रधानमन्त्री कुनै विवादास्पद सन्धी सम्झौता गर्न भारत नगएको स्पष्ट पार्नुभयो। उहांले नेपालका विभिन्न आयोजनाका लागि ३२ अर्ब रुपैयाँको सहयोग आउनु र बाणिज्य सन्धी नविकरण हुने प्रकि्रया अगाडि बढ्नु भ्रमणका सकारात्मक पक्ष हुन भन्नुभयो। परराष्ट्र मन्त्री सुजाता कोइराला प्रधानमन्त्रीसंग भारत नजानुले नेकपा एमाललाई स्तब्ध बनाएको उल्लेख गर्नुभयो।

यस्तै प्रमुख विपक्षी दल एकिकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले प्रधानमन्त्री नेपालले भारतमा गएर एकिकृत माओवादीका विषयमा अनावश्यक टिप्पणी गरेको आरोप लगाउँदै कुनै दलको चरित्र सुधार्न विदेशीसंग हारगुहार गर्नु हदै सम्मको अनैतिक र अलोकतान्त्रिक काम भएको जिकिर गर्नुभयो। प्रधानमन्त्रीसंग गएका मन्त्रीहरुको कि्रयाकलापले मुलुकको बेइज्जत गरेको र नयाँ दिल्लीमा नेपाली लोकतन्त्रको जात्रा देखिएको उहांको आरोप थियो। भारतले नेपालसंगको सन्धी सम्झौतमा नेपालको हीत गरिदिन्छ भन्ने ठान्न नहुने भन्दै नेता शर्माले १९९६ को बाणिज्य सन्धीमा टेकेर सन्धी नविकरण गरिए त्यो सकारात्मक नै हुने बताउनु भयो। उहांले भारत भ्रमणबारे विस्तृत कुरा बाहिर आएपछि मात्रै आपुनो पार्टीले गुण दोषका आधारमा टिप्पणी गर्ने बताउनु भयो।

कार्यक्रमका अर्का वक्ता सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल ले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुइ देशबीचको सम्बन्ध अझ प्रगाढ बनेको र भ्रमण समग्रमा सफल देखिएको बताउनु भयो। नेपालको सवै भन्दा नजिकको र सदियौं पुरानो सम्बन्ध भएको भारतले नेपालमा शान्ति र स्थायित्त चाहेको यो भ्रमणबाट पनि प्रष्ट भएको उहांको भनाइ थियो। भारतीय प्रधानमन्त्री मनमोहन िसंहले नेपालको शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउन देखाउनु भएको चासोले पनि यो पुष्टी भएको नेता कर्णले बताउनु भयो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।