Skip to main content

Posts

खस क्षेत्रीहरु आन्दोलनले गर्न्रे

काठमाडौं ९ भदौ । खस क्षेत्रीहरुले विभिन्न मागहरु राखि आन्दोलन गर्ने चेतावनी दिएको छ । अव बन्ने संविधानमा खस क्षेत्रीहरुल्ाई आदिवासि जनजातीमा सुचिकृत नगरे आन्दोलन गर्ने चेतावनी दिएको ्हो । आज रिपोर्टस्र क्लबमा खश क्षेत्री एकता समाजले पत्रकार सम्मेलन गरी सो चेतावनी दिएको हो । उहाहरुले खस क्षेत्रीलाई संविधान सभाको निर्वाचन ऐनमा अन्य जातीको सूचिमा राखेर न्यायाचित जातिय समानूपातिक प्रतिनिधित्व विहिन मात्र नभई राज्यले आप्रवासीको हैसियतमा राखेर घोर अपमान गरेको भन्दै आन्दोलनको चेतावनी दिएको समाजका अध्यक्ष युवराज कार्कीले बताउनु भयो । उहारुले आन्दोलनका कार्यक्रमहरु पनि तय गरेका छन् । आन्दोलनका कार्यक्रमहरु भाद्र १३ गते उपत्यकामा मोटर साइकल र् याली १४ गते ज्ञापन पत्र बुझाउने १६ गते विभिन्न ठाउमा कोण सभा १७ गते विहना ६ देखि १० वजे सम्म चक्का जाम २१ गते इटहरीमा पुर्वााचल भेला र त्यस पश्चात दोस्रो चरणको आन्दोलन गर्ने घोषण गरेको छ ।

अवरुद्ध राजमार्ग २० घन्टापछि संचालन

बारा, ९ भदौ . राजमार्ग खुलाउने क्रममा क्रसर मजदुर र प्रहरीवीचको सोमबारको झडपछि तनावग्रस्त बनेको अमलेखगन्जको स्थिती मंगलबारबाट केही सामान्य भएको छ। सोमबार साँझबाट अवरुद्ध राजमार्ग २० घन्टापछि मंगलबार दिउसो १ बजेपछि संचालनमा आएको छ। यात्रुहरुको समस्यालाई ध्यानमा राखेर भोलि बिहान १० बजेसम्मका लागि चक्काजाम फिर्ता लिएको नारायण्ँी रोडा उद्योग सङघका अध्य मदन मरासिनीले जानकारी दिनु भयो । प्रहरीले वस्तीमा पसेर महिला र बालबालिकालाई कुटपिट गरेको विरोधमा त्रिभुवन राजपथ अन्तर्गत बाराको अमलेखगन्जमा स्थानीयवासिन्दाले बाटो अवरुद्ध पारेका थिए । प्रहरीलाई कार्वाहीको माग गर्दै उनीहरुले प्रर्दशन सहित आज बिहान आठ बजेदेखि चक्काजाम गरेका थिए ।

तमयुफद्वारा विरोध प्रदर्शन

वीरगंज ९ भदौ । सर्वोच्च अदालतकॊ निर्णयविरुद्ध तराइ मधेश युवा प्रुन्ट पर्साले विरोध प्रदर्शन गरेको छ। आज प्रुन्ट पर्साका अध्यक्ष काशिम अन्सारीको नेतृत्वमा निस्किएको विरोध रयालीले नाराबाजी लगाउंदै नगर परिक्रमा गरेको थियो। सर्वोच्च अदालते उपराष्ट्रपति झालाइ नेपालीमा सपथ नलिए सात दिनपछि स्वतः पदमुक्त हुने निर्णयको विरोधमा तमलोपाले आज नेपालभरि विरोध प्रदर्शन गरेको हो।

उद्योगीहरु पर्यावरण संरक्षणप्रति गम्भीर

वीरगंज ९ भदौ । वीरगंज उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघले हानिकारक फोहर मैला व्यवस्थापन तथा उर्जा संरक्षण विषयक एक दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ। सो कार्यक्रममा वीरगंज-पथलैया औद्योगिक कोरिडोरका प्रमुख उद्योगहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उद्योगबाट निस्कने ठोस ग्यांस र तरल फोहरहरुको उचित व्यवस्थापन गरेर पर्यावरणलाई सुरक्षिँत राख्नुको साथै मुनाफा पनि बढाउन सकिने कुरा संघका अध्यक्ष ओमप्रकाश सिकारियाले दिनुभएको स्वागत भाषणमा भन्नुभयो । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै संजय गिरीले प्रदूषण नियन्त्रणको लागि भविष्यमा आउने नियम कानून र विनियमप्रति उद्योगहरु सचेत हुन आवश्यक भएकोले यसप्रकारको गोष्ठी आवश्यक भएको कुरा भन्नुभयो । पर्यावरण फोरमका अनिल शंकर गिरीले पर्यावरण व्यवस्थापन विषयमा कार्यपत्र प्रसतुत गर्नुभयो । सोही संस्थाका उत्तम कुंवरले औद्योगिक फोहर मैला व्यवस्थापन विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै विशेषज्ञ रमेश नेपालले उर्जा संरक्षण विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उद्योग मन्त्रालयका विशेषज्ञ प्रभातकुमार िसंहले औद्योगिक...

प्ररायु संघ बारा इलाका नम्बर १३ को अध्यक्षमा रमेश साह

-सुभाषप्रसाद साह- बारा ९ भदौ । नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल बारा ईलाका नम्बर १३ को ईलाका स्तरीय युवा भेला आज भलुहिमा सम्पन्न भएको छ । सम्पन्न सो भेलाले रमेश साहको अध्यक्षतामा ११ सदसिय ईलाका स्तरीय प्ररायु संघको गठन भएको छ । संघको उपाध्यक्षमा बीरेन्द्रप्रसाद कुशवाहा सचिवमा रामकुमार साह कोषाध्यक्षमा हरिन्द्र कुशवाहा रहेका छन् । बीरेन्द्र कुशवाहाको अध्यक्षतामा सम्पन्न सो भेलामा प्ररायु संघ बाराका सदस्य एवं ४ नम्बर क्षेत्रका क्षेत्रीय अध्यक्ष सुभाषप्रसाद साह उपाध्यक्ष जवाहीर कुर्मीको प्रमुख आथित्यमा भेला सम्पन्न भएको हो । साथै संघको यही भदौ २९ र ३० गते कलैयामा हुने जिल्ला अधिबेशनको लागि १३ नम्बर इलाकाबाट रमेश साह सम्भु कुशवाहा र रामसुनर ठाकुरलाई प्रतिनिधि छनौट गरेको प्ररायु संघले जनाएको छ ।

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।

क्रसर मजदूरहरुको आन्दोलन जारी स्थिति तनावपूर्ण

-सुभाषप्रसाद साह- बारा ९ भदौ । बिभिन्न माग गर्दै आन्दोलन गरिरहेका क्रसर उद्योगीहरुको आन्दोलन आज दोस्रो दिन पनि जारी रहेको छ। उनीहरुले महेन्द्र राजमार्ग अन्तरगत पर्ने बाराको अमलेखगंजमा यातायात अवरुद्ध गरी आफनो आन्दोलन जारी राखेका छन्। सरकारले गिटी बालुवा निकासीमा गरेको भन्सार शुल्क बृद्धी घटाउनु पर्ने आरक्ष क्षेत्रबाट क्रसर उद्योग हटाउने वन मन्त्रालयको निर्णय फिर्ता हुनुपर्ने लगएतका माग गर्दै क्रसर उद्योगका व्यवसायी तथा मजदुरहरुले आन्दोलनमा उत्रेका हुन्। यता प्रहरी र आन्दोलनरत क्रसर उधोगीहरु बीच हिजो साझ भएको दोहोरो भिडन्तमा परी हेटौडा रातोमाटो गणमा कार्यरत २३ बर्षीय प्रहरी जवान संजिव बर्माको मृत्यु भए पछि सो क्षेत्रमा अहिले तनाव रहेको छ। सो भिडन्तमा परी प्रहरी तथा आन्दोलनकारीतर्फबाट दर्जनौ घाईते भएका छ।