Skip to main content

Posts

शनिवार विश्वभर प्राथमिक उपचार दिवस मनाइने

वीरगंज २६ भदौ । भोलि अर्थात् शनिवार विश्व प्राथमिक उपचारदिवस मनाइने भएको छ। आज नेपाल रेडक्रस सोसाइटीले एक पत्रकार सम्मेलन गरी प्राथमिक उपचार दिवस मनाइने जानकारी गराएको छ। प्राथमिक उपचार सबैको सरोकारको विषय रहेको विश्व प्राथमिक उपचार दिवस २००९ का अवसरमा रेडक्रससंग आबद्ध विभिन्न संघसंस्थाले शनिवार विभिन्न कार्यक्रम गरिने जानकारी गराइएको थियो।

सूचिकृत लेखा परीक्षँण कार्यक्रम

वीरगंज २६ भदौ । लेखा परीक्षँण तरिका सम्बन्धी एक दिने अन्तरकि्रया कार्यक्रम सम्पन्न भयो। आज नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा सम्पन्न कार्यक्रम सूचिकृत लेखा परीक्षँकहरुको लागि आयोजना गरिएको हो। डिभिजन सहकारी कार्यालय वीरगंजद्वारा आयोजति सो कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले धारणा राखेका थिए।

व्यवसायजन्य सुरक्षा र दुर्घटना नियन्त्रण

वीरगंज २६ भदौ । वीरगंज उद्योग वाणिज्य संघ तथा नेपाल गुणस्तर तथा नापतौल विभागको संयुक्त आयोजनामा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन विषयक एक गोष्ठीको आयोजना भयो। सो एक दिने गोष्ठीमा वीरगंज-पथलैया कोरिडोरका प्रमुख उद्योगहरुका प्रबन्धकहरु तथा ट्रेड यूनियनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। संघका अध्यक्ष ओम प्रकाश सिकरियाको अध्यक्षतामा संचालन भएको उक्त गोष्ठीमा गुणस्तर विभागका निर्देशक रोमी मानन्धर उपनिर्देशक गजेन्द्र कुमार पौडयाल विशेषज्ञ अशोक कपूर संघका पदाधिकारी एवं सदस्यगण गणेश लाठ अशोक टेमानी अशोक बैद्य गोपाल केडिया प्रदिप केडिया दीपक टिवडेवाल तारा प्रसाद कलवार सुबोध गुप्ता शिवजी कलवार गोविन्द शाह र अनिल अग्रवाल आदि समेतको उपस्थिति रहेको थियो। कार्यस्थलमा हुन सक्ने दुर्घटनाको संभावना नियन्त्रण गर्न ओएचएसएएस १८००१-२००७ प्रणालीको विशेष महत्व रहेको हुन्छ । व्यवसायजन्य सुरक्षाको लागि विश्वभरी यो प्रणालीलाई मानक मापदण्डको रुपमा मान्यता प्राप्त छ। बेलायती गुणस्तर विभागले सर्वप्रथम यसलाई अंगीकार गरेको थियो। त्यसको आधारमा नै विश्वभरी प्रयोगको लागि यो प्रणाली सन् १९९९ मा सर्वप्रथ...

झापा अध्यक्षमा कोइरालाको सभ्भावना

-राजेन्द्र खनाल काठमाडौं २६ भदौ। नेकपा एमालेभित्र तीव्र मतभेद उत्पन्न भइरहेको बेला नेपालका कम्युनिष्टहरुको उर्भरभूमि झापा भने चुनावी सरगर्मी बढेको छ। एमालेको झापा जिल्ला अधिवेसन शुक्रवार एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गरे। २६२७ र २८ गरि तीन दिनसम्म चल्ले आठौं अधिवसेनले जिल्लाको नयाँ नेतृत्व समेत छनोट गर्नेछ। अध्यक्षमा रविन कोइराला र रोम ओली चुनावी मैदानमा उत्रिदै छन्। २०४७ सालदेखी निरन्तर जिल्लाकमिटिमा रहेर काम गरेका कोइराला कार्यकर्ता माझ लोकपि्रय भएका कारण यसपटको जिल्ला नेतृत्व उनको पक्षमा जाने सभ्भावना छ। झापामा नयाँ सोच भएका मान्छे आउन जरुरी छ अहिलेको परिस्थितीमा नेतृत्व चलाउन सक्षम हुनु र सबैको भावना समेटेर अगाडी बढेको कारण मेरो जित कडी हो कोइरालाले भने। कोइराला पूर्व मेयर हुन भने पटक पटक अखिलको केन्द्रयि सदस्य भइसकेका छन्। उनको चुनावी टोली समावेशी समेत छ। कोइरालाको पक्षबाट उपाध्यक्षमा लोकबहादुर धिमाल सचिवमा विर्ख प्रधान र सहसचिवमा विमला विश्वकर्मा चुनावी मैदानमा छन् भने ओलीको पक्षबाट उपाध्यक्षमा हरिचरण सिवाकोटी सचिवमा चिन्तन पाठक र सहसचिवमा बद्री भट्टराई छन्।

वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई फलफूल तथा मिष्ठान्न भोजन गराएर पितृको श्राद्ध

-ओम हमाल पोखरा २६ भदौ। बाहुनलाई बोलाएर श्राद्ध गरेमा स्वर्गीय पितृहरुले पाउँछन् र स्वर्गमा सुखको बास हुन्छ भन्ने नेपाली हिन्दू परम्परालाई चुनौति िदंदै पोखरा उपमहानगरपालिका वडा नं। ९ पृथ्वीचोकस्थित ए-वान ड्राइभिङ इन्ष्टिच्यूटका साचालक शिवप्रसाद वस्ताकोटी -शिवदाईका दाजूभाईले आज वृद्धाश्रममा बस्ने वृद्धवृद्धाहरुलाई फलफूल तथा मिष्ठान्न भोजन गराएर आफ्ना स्वर्गीय पिता बसन्त वस्ताकोटीको ४० औं वार्षिकी मनाएका छन्। हिन्दूहरुको महानचाड बिजयादशमीपूर्व शुरु हुने सोर् ह श्राद्धमा पर्ने सप्तमी तिथिमा आफ्ना पितृलाई स्मरण गर्न गरिने श्राद्धका क्रममा वस्ताकोटीले आफ्ना दाजू रेशम वस्ताकोटीसहित पोखरा उपमहानगरपालिका वडा न। १७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा पुगेर त्यहाँ वसोवास गर्ने वृद्धवृद्धाहरुलाई फलफूल तथा मिष्ठान्न भोजन गराएर आफ्ना स्वर्गीय पिता बसन्त वस्ताकोटीको ४० औं वार्षिकी मनाएका हुन्। आफ्ना स्वर्गीय पिताको स्मरणमा जीवितै रहेपनि अस्वस्थ र अशक्त अवस्थामा रहेका आफू जस्ता वृद्धवृद्धाहरुलाई फलफूल तथा मिष्ठान्न भोजन गराएर आफूहरुलाई सम्मान गरिएकोमा वृद्धाश्रमका वृद्धवृद्धाहरु हर्षित मात्र थिएनन् आफ...

महंगीविरुद्ध महिलाहरु सडकमा

वीरगंज २६ भदौ । बडा दशैं नजिकिदै जांदा बजारमा दाल चामल र तरकारीको भाउ अकासिएपछि महिला विद्यार्थी तथा सर्वसाधारणहरु महंगीविरुद्ध सडकमा उत्रिएका छन्। आज वीरगंजको घण्टाघरबाट महिला सुरक्षु दबाब समूह वीरगंजको नेतृत्वमा निस्किएको महंगीविरुद्ध रयालीले विभिन्न नारा लगाउंदै बजार परिक्रमा गरेको थियो। रयालीमा सहभागीहरुले महंगी नियन्त्रण गर कालाबजारियालाई कारबाही गर मूल्य सूची अनिवार्य गर लगायतको नारा लगाएका थिए। आजसम्म नेपाली जनताले महंगीको यति भयानक अवस्था झेल्नु परेको थिएन कहालीलाग्दो महंगीमा सरकार मूकदर्शक भएर बसेको आयोजकले जनाएको छ।

हिन्दी भाषा भारतको राष्ट्रभाषा होइन- मन्त्री कर्ण

वीरगंज, २६ भदौ । बिना विभागिय मन्त्री लक्ष्मणलाल कर्णले २०६७ साल जेठ १४ गते भित्र संविधान लेखनपछि घोषणा गरिने बताएका छन्। आज मन्त्री एवं सदभावनाका केन्द्रीय उपाध्यक्ष लक्ष्मणलाल कर्णको स्वागत एवं सम्मानमा कि्रयाशील युवा पत्रकार मंच नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। हिन्दी भाषामा बोल्दै मन्त्री कर्णले पहाडी क्षेत्रको सम्पर्क भाषा नेपाली हो भने मधेशको सम्पर्क भाषा हिन्दी हो भन्नुहुंंदै हिन्दी भारतको राष्ट्र भाषा नभएको दाबी गरे। कर्णले नेपाल-भारत सीमा दशगजामा मा धान खेती भएको भन्दै सीमा अतिक्रमणप्रति राजनीति र कुटनीति पहलबाट समाधान खोजिने बताए। कि्रयाशील युवा पत्रकार मंच नेपाल पर्साका अध्यक्ष प्रणय कुमारको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन अरुण विक्रम शाह र स्वागत मन्तव्य जगत राइले गरेका थिए। यसैवीच नेपाल बार एसोसिएसन पर्साले मन्त्री कर्णलाई दोसल्ला ओढाइ सम्म्मान गरेको छ।