Skip to main content

वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई फलफूल तथा मिष्ठान्न भोजन गराएर पितृको श्राद्ध

-ओम हमाल पोखरा २६ भदौ। बाहुनलाई बोलाएर श्राद्ध गरेमा स्वर्गीय पितृहरुले पाउँछन् र स्वर्गमा सुखको बास हुन्छ भन्ने नेपाली हिन्दू परम्परालाई चुनौति िदंदै पोखरा उपमहानगरपालिका वडा नं। ९ पृथ्वीचोकस्थित ए-वान ड्राइभिङ इन्ष्टिच्यूटका साचालक शिवप्रसाद वस्ताकोटी -शिवदाईका दाजूभाईले आज वृद्धाश्रममा बस्ने वृद्धवृद्धाहरुलाई फलफूल तथा मिष्ठान्न भोजन गराएर आफ्ना स्वर्गीय पिता बसन्त वस्ताकोटीको ४० औं वार्षिकी मनाएका छन्।

हिन्दूहरुको महानचाड बिजयादशमीपूर्व शुरु हुने सोर् ह श्राद्धमा पर्ने सप्तमी तिथिमा आफ्ना पितृलाई स्मरण गर्न गरिने श्राद्धका क्रममा वस्ताकोटीले आफ्ना दाजू रेशम वस्ताकोटीसहित पोखरा उपमहानगरपालिका वडा न। १७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा पुगेर त्यहाँ वसोवास गर्ने वृद्धवृद्धाहरुलाई फलफूल तथा मिष्ठान्न भोजन गराएर आफ्ना स्वर्गीय पिता बसन्त वस्ताकोटीको ४० औं वार्षिकी मनाएका हुन्।

आफ्ना स्वर्गीय पिताको स्मरणमा जीवितै रहेपनि अस्वस्थ र अशक्त अवस्थामा रहेका आफू जस्ता वृद्धवृद्धाहरुलाई फलफूल तथा मिष्ठान्न भोजन गराएर आफूहरुलाई सम्मान गरिएकोमा वृद्धाश्रमका वृद्धवृद्धाहरु हर्षित मात्र थिएनन् आफूहरुलाई सम्मान गर्नेको भगवानले पनि कल्याण गरुन् भनेर कामना समेत गरेका थिए। सोही वृद्धाश्रममा विगत तीन वर्षदेखि वसोवास गर्दै आएका वृद्ध रामशरण अधिकारीले आफ्ना बाबु-आमा जीवितै रहँदा वेवास्ता गर्ने दुःख दिने तर मरेपछि बाहुन बोलाएर श्राद्ध गरी पिण्ड बनाएर खोलामा बगाउँदैमा धर्म नहुने बताउनुहुन्छ। वहाँ आफूलाई जन्म दिने मातापितालाई जीवितै रहँदा माया ममता दिई सम्मान गर्नुपर्छ भन्नुहुन्छ। वृद्ध अधिकारी अशक्त अवस्थामा बस्नुपरेका आफू जस्ता वृद्धवृद्धाको सम्मान गरे स्वर्गीय पितृको समेत सम्मान हुने कुरामा विश्वस्त हुनुहुन्छ।

उता वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफूल तथा मिष्ठान्न भोजन गराएर आफ्ना पितृको सम्मान गरेकोमा सन्तुष्टि व्यक्त गर्नुहुने शिवराज वस्ताकोटी आफ्ना स्वर्गीय पिताको सम्मान गर्न आफूले जीवितै तर अशक्त अवस्थामा रहेका वृद्धवृद्धाहरुलाई सम्मान गरेको बताउनुहुन्छ। वहाँले आफ्ना पिताको सम्झनामा श्राद्ध गर्ने नाममा घरमा पूजापाठ पनि गर्नुभएन र होम पनि लगाउनुभएन। वहाँले बाहुनलाई बोलाई पिण्ड दिएर मात्र मरेका पितृको श्राद्ध नहुने बताउनुहुँदै जीवितै तर अशक्त अवस्थामा रहेका आफ्ना बाबुआमा जस्ता वृद्धवृद्धालाई श्रद्धा गरेमा मात्र आफ्ना पितृहरुको श्राद्ध र श्रद्धा पनि हुने धारणा राख्नुहुन्छ। पश्चिमााचल ड्राइभिङ प्रशिक्षण एशोसिएसनका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका वस्ताकोटी मरेका आफ्ना पितृको नाममा बाहुन बोलाई पिण्ड खोलामा बगाउँदैमा पितृको श्राद्ध नहुने भएकाले जीवितै अवस्थामा रहेका वृद्धवृद्धाप्रति श्रद्धा गरेमा मात्र पितृको श्राद्ध हुने कुरा बताउनुहुन्छ।

आफू ६ वर्षको हुँदा पिता गुमाउनुभएका वस्ताकोटीले गएको वर्ष पनि सोही वृद्धाश्रममा पुगेर वृद्धवृद्धालाई फलफूल तथा भोजन गराएर आफ्नो पिताको वार्षिकी मनाउनुभएको थियो भने आगामी दिनहरुमा पनि आफूले यस कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो। सो वृद्धाश्रममा महिला तथा पुरुष गरी ३ज्ञ जना वृद्धवृद्धा रहेका छन्।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...