Skip to main content

व्यवसायजन्य सुरक्षा र दुर्घटना नियन्त्रण


वीरगंज २६ भदौ । वीरगंज उद्योग वाणिज्य संघ तथा नेपाल गुणस्तर तथा नापतौल विभागको संयुक्त आयोजनामा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन विषयक एक गोष्ठीको आयोजना भयो। सो एक दिने गोष्ठीमा वीरगंज-पथलैया कोरिडोरका प्रमुख उद्योगहरुका प्रबन्धकहरु तथा ट्रेड यूनियनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। संघका अध्यक्ष ओम प्रकाश सिकरियाको अध्यक्षतामा संचालन भएको उक्त गोष्ठीमा गुणस्तर विभागका निर्देशक रोमी मानन्धर उपनिर्देशक गजेन्द्र कुमार पौडयाल विशेषज्ञ अशोक कपूर संघका पदाधिकारी एवं सदस्यगण गणेश लाठ अशोक टेमानी अशोक बैद्य गोपाल केडिया प्रदिप केडिया दीपक टिवडेवाल तारा प्रसाद कलवार सुबोध गुप्ता शिवजी कलवार गोविन्द शाह र अनिल अग्रवाल आदि समेतको उपस्थिति रहेको थियो।

कार्यस्थलमा हुन सक्ने दुर्घटनाको संभावना नियन्त्रण गर्न ओएचएसएएस १८००१-२००७ प्रणालीको विशेष महत्व रहेको हुन्छ । व्यवसायजन्य सुरक्षाको लागि विश्वभरी यो प्रणालीलाई मानक मापदण्डको रुपमा मान्यता प्राप्त छ। बेलायती गुणस्तर विभागले सर्वप्रथम यसलाई अंगीकार गरेको थियो। त्यसको आधारमा नै विश्वभरी प्रयोगको लागि यो प्रणाली सन् १९९९ मा सर्वप्रथम प्रकाशित गरिएको थियो। उद्योगहरुले आफनो कार्यस्थलमा हुने प्रकृयाहरुको अडीट गरेर दुर्घटना नियन्त्रणको लागि असुरक्षाका कारणहरुलाई हटाउनु पर्ने हुन्छ। दुर्घटनालाई पूर्णरुपले निर्मूल गर्न नसके पनि निश्चित रुपबाट नियन्त्रण गर्न सकिन्छ। कार्यस्थलमा व्यवसायजन्य स्वस्थ्य तथा सुरक्षा प्रणाली लागु गर्दा कार्यस्थलको वातावरण राम्रो हुने भएकोले यसबाट उत्पादकत्वमा पनि सकारात्मक प्रभाव पर्दछ। वीरगंज उद्योग वाणिज्य संघ उद्योगहरुमा दुर्घटना नियन्त्रणको लागी उद्योग प्रबन्धकहरुलाई तालिम प्रदान गर्न फेरी फेरी यस्तो गोष्ठी आयोजना गर्ने कुरा संघका उपाध्यक्ष अशोक बैद्यले बताए। सुरक्षा व्यवस्थापन प्रणाली उद्योगपति कर्मचारी र श्रमिकहरुको सामुहिक दायित्व भएकोले यसको लागि सवैले आ-आफनो भुमिका खेल्नु पर्ने कुरा महासचिव गोपाल केडियाले भने।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।