Skip to main content

Posts

नेपाल पिछडावर्गको भरत महतो वैधानिक भएको दाबी

वीरगंज २ असोज । नेपाल पिछडा वर्ग महासंघको वार्ता टोली संयोजकमा भरतप्रसाद महतो रहेको दाबी गरिएको छ । आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षुत्कार कार्यक्रममा बोल्नु हु।दै महतोले जेठ १० र ११ गते राजविराज सप्तरीमा सम्पन्न महाधिवेशनले भरत प्रसाद महतोलाई निर्विरोध निर्वाचन गरेको बताएका छन्। केन्द्रीय अध्यक्ष भरत महतोले आपुनो संस्था अवैधानिक नभइ वैधानिक भएको दाबी गरेका थिए। रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन अरुण विक्रम शाहले गरेका थिए।

खान पनि पाउने जान पनि पाउने नेताहरुको दाऊ

काठमाडौं असोज २ गते। वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले राजनीतिक दलका नेताहरुले खाद्यान्नका आधारमा राजनीति गरिरहेको आरोप लगाएका छन्। ुदसैंका बेला नेताहरुले खाद्यान्नको माग बढाउने गरिरहेका छन्ु रिपोर्टस्र क्लबको साक्षात्कार कार्यक्रममा महतोले भने ुहेलिकोप्टरमा जान पनि पाउने खान पनि पाउने भएकाले यस्तो भएको गरेका हुन्।ु नेताहरुले आपुूले खाद्यान्न ल्याएको देखाउन पनि पहाडी जिल्लाका ३० दुर्गम जिल्लामा नियमितका साथै थप खाद्यान्न माग भइरहेको उनको भनाइ थियो। ुमाग हुँदैमा खाद्यान्न पठाउन सकिँदैनु उनले भने ुस्थानीय स्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बन्ने समितिबाट प्रकि्रयागत रुपमा माग भएपछि मात्र सम्बन्धित निकायले पठाउन सक्छन्।ु स्थल मार्ग नभएका जिल्लामा हवाई मार्गबाट पठाउनुपर्ने तर त्यसका लागि हेलिकोप्टर अभाव भएको उनको भनाइ थियो। खाद्यान्न आपूर्ति व्यवस्थाका लागि निजी जहाजको तुलनामा सैनिक हेलिकोप्टरको भाडा महँगो भएको उनले बताए। ुती जिल्लामा सधैं चामल खाने होइनु महतोले भने ु३६५ दिनका लागि पठाउने हो भने मुलुकको पूरै बजेट ढुवानीमा लाग्छ। उनका अनुसार कालिकोटमा १ हजार हुम्लमा ७...

इमान्दारिताको खडेरीमा प्रतिलिपी अधिकार

हेटौडा ३१ भदौ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रताप विष्टले इमान्दारिताको खडेरी परेपछि प्रतिलिपि अधिकारको कुरा उठेकोमा बताएका छन्। आज हेटौडामा ँप्रतिलिपी अधिकार संरक्षँणको आवश्यकता कानून कार्यान्वयनका जटिलता र सरोकारवालाहरुको दायित्व विषयक एक दिवसीय क्षेत्रीय गोष्ठीमा उनले सो कुरा बताएका हुन्। संस्कृति मन्त्रालयका सचिव मोदराज डोटेलले प्रतिलिपी अधिकार देशले स्वीकार गरीसकेको विकसित हुँदै गइरहेको नीति हो भन्नुभयो। कार्यक्रममा विभिन्न क्षेत्रबाट कार्यपत्र प्रस्तुत गरिएको थियो। नारायणी अंचलको बारा पर्सा रौतहट मकवानपुर र चितवनका पत्रकार साहित्यकार प्रहरी निकाय लगायतको उपस्थिति थियो।

बिहीवार र शुक्रवार बाबा विश्वकर्माको पूजाआजा

वीरगंज ३१ भदौ। विशेषगरी तराइमा मनाइने विश्वकर्मा पूजा बिहीवार र शुक्रवार परेको छ। फलाम धातु कलकारखाना अफसेट कलपूर्जामा आबद्ध रहेका कर्मचारीहरुले धूमधामका साथ बाबा विश्वकर्माको पूजाआजा गरी मनाउँछन्। वीरगंजमा भने विश्वकर्मा पूजाको छुट्टै रौनक देख्न पाइन्छ। सो दिन बाबा विश्वकर्माको मूर्ति तथा तस्बिर राखी विभिन्न सजावट गरी दुइ दिनसम्म हर्षोल्लासपूर्वक मनाइने गरिन्छ। सोही अवसरमा वीरगंजमा बेच्न राखिएको सजावटको सरसामानहरुमा पनि चर्को मूल्य वृद्धि भएको छ।

सुमधुर औद्योगिक सम्बन्ध कायम गरिने

वीरगंज ३१ भदौ । वीरगंज उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त तत्वावधानमा औद्योगिक सम्बन्ध र निजी क्षेत्रका उद्योग प्रतिष्ठानको अवस्था विषयक अध्ययन सर्वेक्षण छलफल कार्यक्रम संघका अध्यक्ष ओमप्रकाश सिकरियाको अध्यक्षतामा संघकै कार्यकक्षमा सम्पन्न भयो। सो अवसरमा अध्यक्ष सिकरियाले उद्योग प्रतिष्ठानको वर्तमान अवस्था र औद्योगिक सम्बन्ध सुदृढ भए मात्र औद्योगिकीकरणका प्रयासले सार्थकता पाउने बताए। श्रम क्षेत्रका समस्या न्यूनीकरणको लागि देशभरिको श्रम सम्बन्धी तथ्यांक संकलनको काम नेउवामहासंघले थालनी गरेको छ । यो काम अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा भइरहेको छ । तथ्यांक संकलनको उपादेयता सम्बन्धमा नेउवामहासंघका हंसराम पाण्डेयले प्रकाश पारेका थिए। कार्यक्रममा संघका नि। अध्यक्ष गणेश लाठ महासचिव गोपाल केडिया सचिवद्वय दीपक टिबडेवाल र पिताम्बर मुन्का लगायत वीरगंज-पथलैया कोरिडोरका प्रमुख उद्योगहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन संघका उपाध्यक्ष अशोक बैधले गर्नुभएको थियो भने कार्यक्रम संचालन मनोज उपाध्यायले गरेका थिए।

ुराष्ट्रपतिको असंवैधानिक कदम नसच्चाए मुलुकमा ठूलो दुर्घटना

काठमाडौं ३१ भदौ। एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माधवकुमार नेपाल नेतृत्वको सरकार नहटेसम्म नागरिक सर्वोच्चता स्थापित हुन नसक्ने बताएका छन्। बुधबार रिपोर्टस्र क्लब नेपालको साक्षात्कार कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले माओवादी आपुनै पार्टीको नेतृत्वमा सरकार बनाउने पक्षमा रहेको दाबी गरे। ुहाम्रो आन्दोलनको मुख्य लक्ष्य आपुनै नेतृत्वको राष्ट्रिय सरकार बनाउने होु कांग्रेस नेतृ सुजाता कोइरालाको नेतृत्वमा सरकार बनाउने योजना भइरहेको छ नि भन्ने प्रश्नमा उनले भने ुकांग्रेस नेतृत्वको सरकार बनाउने कुरा गलत हो हामीले अन्य विकल्पको कल्पना समेत गरेका छैनौं।ु उनले राष्ट्रपतिको असंवैधानिक कदम नसच्चाए मुलुकमा ठूलो दुर्घटना हुने बताए। श्रेष्ठले नागरिक सर्वोच्चता स्थापनाका निम्ति प्रमुख दलहरुले पहल नगरे जनआन्दोलनले नै माधव नेपाललार्य बर्खास्त गर्ने दाबी पनि गरे। अब राष्ट्रपतिको असंवैधानिक कदम नसच्चाई र नागरिक सर्वोच्चता स्थापित नगरी संसद् चलाउनुको कुनै अर्थ छैनु उनले भने ुसंसदको अवरोध माओवादीले होइन वर्तमान सरकार र प्रमुख दुई पार्टी कांग्रेस-एमालेले गरेका हुन्।ु रिपोर्टस्र क्लबका अध्यक्ष...

चीनमा खुटा भएको साप

वीरगंज ३१ भदौ । चीनकी एक ६६ वर्षीया महिला दुआनले आफनो घरमा भित्तामा खुटा भएको साप चढिरहेको देखेपछि अचम्म भएकी छन्। टेलिग्राफ डट को डट युकेको अनुसार महिलाले भनिन् मैले राति केही आवाज सुनेर उठेपछि बत्ती बालेर हेरे एउटा ठूलो साप पर्खालमा चढिरहेको छ। दुआनले भनिन त्यसलाइ हेरेर म धेरै डराए र जुत्ता प्रहार गरे र त्यसलाइ रक्सीको बोटलमा बन्द गरे। १६ इन्च लामो र औला जत्रो चौडाइ भएको सो साप चाइनाको लाइफ साइन्स डिपार्टमेन्टलमा परीक्षँणको लागि राखिएको छ। जानकारहरुका अनुसार म्यूटेशनको कारण या जिनीय गडबडीका कारण पनि यस्तो भएको हो तर सत्य के हो त्यो सबैको सामू आउन बांकी नै छ।