Skip to main content

ुराष्ट्रपतिको असंवैधानिक कदम नसच्चाए मुलुकमा ठूलो दुर्घटना

काठमाडौं ३१ भदौ। एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माधवकुमार नेपाल नेतृत्वको सरकार नहटेसम्म नागरिक सर्वोच्चता स्थापित हुन नसक्ने बताएका छन्। बुधबार रिपोर्टस्र क्लब नेपालको साक्षात्कार कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले माओवादी आपुनै पार्टीको नेतृत्वमा सरकार बनाउने पक्षमा रहेको दाबी गरे।

ुहाम्रो आन्दोलनको मुख्य लक्ष्य आपुनै नेतृत्वको राष्ट्रिय सरकार बनाउने होु कांग्रेस नेतृ सुजाता कोइरालाको नेतृत्वमा सरकार बनाउने योजना भइरहेको छ नि भन्ने प्रश्नमा उनले भने ुकांग्रेस नेतृत्वको सरकार बनाउने कुरा गलत हो हामीले अन्य विकल्पको कल्पना समेत गरेका छैनौं।ु

उनले राष्ट्रपतिको असंवैधानिक कदम नसच्चाए मुलुकमा ठूलो दुर्घटना हुने बताए। श्रेष्ठले नागरिक सर्वोच्चता स्थापनाका निम्ति प्रमुख दलहरुले पहल नगरे जनआन्दोलनले नै माधव नेपाललार्य बर्खास्त गर्ने दाबी पनि गरे।

अब राष्ट्रपतिको असंवैधानिक कदम नसच्चाई र नागरिक सर्वोच्चता स्थापित नगरी संसद् चलाउनुको कुनै अर्थ छैनु उनले भने ुसंसदको अवरोध माओवादीले होइन वर्तमान सरकार र प्रमुख दुई पार्टी कांग्रेस-एमालेले गरेका हुन्।ु

रिपोर्टस्र क्लबका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले राष्ट्रपतिलाई महाअभियोग लगाउने कांग्रेस प्रस्ताव माओवादीको संकल्प प्रस्ताव तुहाउने कुतर्क मात्र भएको बताए। राष्ट्रपति हटाउने या पद खारेज गर्ने मुद्दा माओवादीको नभएको उनको भनाइ थियो।

ुराष्ट्रपतिले कटवाल प्रकरणमा गल्ती भएको भनी आत्मालोचना गरे र सरकारले असंवैधानिक कदमको जगमा बनेको स्वीकारे संसद खोल्न सकिन्छु उनले भने ुतर तीन दलको बैठकमा कांग्रेस एमालेले पहिलेको कुरा बिसे्रर संसद चलाउने नयाँ सहमति खोज्ने बताइरहेका छन्। हामी बीचको सहमति खोज्ने पक्षमा छौं।ु

कांग्रेस र एमालले माओवादीलाई एक्लाउने घेराबन्दी गर्न धम्काउने तसा्रउने राष्ट्रवादी शक्तिबाट विचलित गराएर आपुू जस्तै आत्मसमर्पणवादी दलाल बनाउने जनमुक्ति सेनालाई विसर्जन र विघटन गराउने अनि संसदीय यथास्थितिवादमा अल्झाउने प्रतिक्रान्ति षड्यन्त्र गरेको आरोप लगाए।


Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...