Skip to main content

Posts

विजया दशमीको अवसरमा सरसफाइ

विजया दशमीको अवसरमा कंचनजंघा बोर्डिङ स्कूल वीरगंजले आज भिस्वा बौद्ध विहारमा सरसफाइ गर्दै । तस्बिरः जीवनलाल श्रेष्ठ

सिकागोमा सुजाताको भव्य स्वागत

-सिकागोबाट ऋषि धमला अमेरिका, ६ असोज। अमेरीका भ्रमणमा रहेकी परराष्ट्रमन्त्री सुजाता कोईरालाकोे सिकागो राज्य भव्य स्वागत र सम्मान गरिएको छ। सिकागोको नेसनल स्टाटेजीक फोरमले मंगलबार एक भव्य समारोहकावीच परराष्ट्रमन्त्री कोईरालाको सम्मानमा ब्रेकफास्ट मिटिङको आयोजना गर्‍यो। सो कार्यक्रममा मन्त्री कोईरालाले नेपालको शान्ति प्रकृयाबारे लामो भाषण दिएकी थिईन। कोईरालाले सेना समायोजनको प्रसंगमा भनिन, मापदण्ड पुगेका माओवादी सेनालाई मात्र राष्ट्रिय सेनामा समायोजन गरिनेछ। तर समूहगत रुपमा सेना समायोजन गरिनेछैन। बरु, सेनामाबाहेक अन्य सुरक्षा निकाय र क्षेत्रमा उनीहरुलाई समावेश गर्न सकिन्छ। कोईरालाले नेपालको राजनीतिक गतिरोध अन्त्यका लागि नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोईरालाले अघि सार्नु भएको उच्च राजनीतिक संयन्त्रको अवधारणा कार्यान्वयन गर्नुपर्ने बताईन। सो अवसरमा उनले भुटानी शरणार्थीहरुले स-सम्मान स्वदेश र्फकन पाउनर्ुपर्छ भन्ने नेपालको अडान रहेको बताउँदै त्यसबारेमा आफुले भुटानी परराष्ट्रमन्त्रीसंग कुराकानी गर्ने जानकारी दिईन। परराष्ट्रमन्त्री कोईरालाको सम्मानमा सिकागोका काउन्सलर मर्वीन ...

दशैंको रौनक वीरगंजमा बढ्यो

वीरगंज, ७ भदौ । बडादशैंको पांचौ दिन वीरगंजको शक्तिपीठहरुमा देवीको पूजाआजा गर्नेहरुको भीड लागेको छ। आज नवदर्ूर्गे भवानीको पांचौं शक्तिको रुपमा रहेकी स्कन्द माता भगवतीको पूजा गरिन्छ। भगवान स्कन्धकुमारको बालस्वरुपलाई स"धै काखमा राखि ममतामयी स्नेह प्रदान गर्ने स्कन्द माताको हिन्दू धर्मावलम्बीहरुले आजको दिन श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्दछन् । आज वीरगंजको गहवामाइ मन्दिर, लक्ष्मणवाको सातोमाइ मन्दिर लगायत वीरगंज भरिका सम्पर्ूण्ा देवस्थलमा भक्तालुहरुको घु"इचो लागेको छ । वीरगंजको मुख्य सडकमै बोरा ओच्छयाएर भारतीय तथा नेपाली खुद्रे व्यापारीहरुले पसल थापेका छन् । सडकमै तातात्तो जेरी, पकौडी लगायतको खाद्य सामग्रीको बिक्री वितरण भइरहेको छ । तराइको संस्कृति झल्किने विभिन्न सरसामान, पारचुनको सामान, खेलौना, मेला तथा पिंङहरु लगाइएको छ । विशेषगरी फूलपातीदेखि घु"इचो लाग्ने वीरगंजको मेलामा यसपालि भने नवरात्रिको पहिलो दिनदेखि नै उल्लेखनीय भिड लागेको छ ।

दशैं आयो सावधान रहनु होला

वीरगंज, ७ असोज । नेपालको राष्ट्रिय पर्व दशैं हामी सबैको घर आंगनमा भित्रिन लागेको छ। नेपाललगायत भारतमा पनि यसलाई ठूलो पर्वमा मनाइन्छ। तर दशैंमा सावधान रहनु होला। किनकि चार्डपर्वको बेलामा धेरै अपराधिक घटना हुने गरेको पाइन्छ। आजकल चार्डपर्व फेशनको रुपमा आइसकेको छ। फेशनमा भुल्ने नेपालीहरु आज चार्डपर्वको नाममा धेरै खर्च गरिरहेका छन्। घांटी हेरी हाड निल्नु भन्ने उखानलाई सबैले हृदयगम गर्नर्ुपर्छ। दशैंको बारे भन्नुपर्दा असत्यमाथि सत्यको विजय भएकोले यो पर्वलाई धेरै धुमधामका साथ मनाइन्छ । दशैंमा धेरै चोरीको घटना पनि हुने गर्दछ। पर्वको मौका छोपी अपराधीहरुले अपराध गर्ने दाउपेचमा लागिरहेका हुन्छन्। सावधान भएर चार्डपर्व मनाउनु नै वेश हुन्छ किनकि पर्व धनले होइन मनले पनि मनाइन्छ। राम्रँे लगाउंदैमा, राम्रँे खादैमा पर्व मनाउनुपर्ने कुनै जरुरी छैन। अरुको रातो हेरेर मेरो पनि रातो नै होस् जुन चाहना मानवहरुमा पाइन्छ त्यो केवल भ्रम मात्र हो किनकि पर्व भनेको नै आप\mनो शक्ति हरेर मनाउनु पर्छ । नत्र अन्त्यमा पश्चात गर्नुपर्ला। आयो दशैं खुबै खायो, गयो दशैं ऋण बोकायो भन्ने उखानबाट नेपालीहरु पनि दशैंको बेलामा भर...

सुपथ मूल्य बजारको उद्घाटन

वीरगंज, ६ असोज । महंगीको मार झेलिरहेका सर्रर््वसाधारणलाइ राहत दिन विजयादशमी, तिहार तथा छठको अवसरमा वीरगंज उद्योग वाणिज्य संघले सुपथ मूल्यको पसलको आयोजना गरेको छ। आज वीउवासंघको हाताभित्र आयोजित सुपथ मूल्य बजारको उद्घाटन जिल्ला प्रशासन कार्यालय पर्साका प्रजिअ दुर्गा प्रसाद भण्डारीले गरेका थिए। कार्यक्रममा व्यापारी, राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति थियो । यसैवीच वीरगंज उद्योग वाणिज्य संघले आज आफ्नै सभाकक्ष्ँमा दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

वीरगंज, ६ असोज । विजयादशमी २०६६ को अवसरमा शुभकामना आदान -प्रदान तथा चियापान कार्यक्रम आज एक समारोहबीच पत्रकार महासंघको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा प्रस युनियनका उपाध्यक्ष युवराज खडका, प्रेस चौतारी पर्साका अध्यक्ष जीवनलाल श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष शत्रुघन नेपाल, शिवशंकर साह, क्रियाशील युवा पत्रकार मंच नेपालका उपाध्यक्ष विन्दूभूषण साह, सदस्य मनोज पटेल, प्रगतिशील भोजपुरी साहित्य परिषदका धु्रवलाल सहनी लगायतले शुभकामना व्यक्त गर्नुको साथै पत्रकार मंचलाइ उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । क्रियाशील युवा पत्रकार मंच नेपाल पर्साका अध्यक्ष प्रणय कुमारको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन अरुण विक्रम शाहले गरेका थिए ।

दुर्घटनामा एकजनाको मृत्यु

वीरगंज, ६ असोज । दशैंको आगमनसंगै सडक दुर्घटनामा वृद्धि भएको छ। आज बिहानदेखि अवरुद्ध रहेको पूर्व-पश्चिम महेन्द्र राजमार्गको निजगढ-१ नजिकैको सडकखण्ड सुचारु भएको छ। सडक दुर्घटनामा मृत्यु भएका आफन्तजनका परिवारले क्षतिपुर्तिको मांग गर्दै अवरुद्ध गरेको सडक करिब दुइ घण्टापछि सुचारु भएको हो। आज बिहान काठमाडौबाट विराटनगर तर्फजांदै गरेको ना.३ख २६११ नं.को बसले सोही ठाउ“ बस्ने बर्ष४५ को भवनाथ चौलागाईलाई ठक्कर दिंदा उनको घटना स्थलमा नै मृत्यु भएको थियो। आज बिहान मकवानपुर, बसामाडी-१ नजिकै रोकी राखेको ग.१क ११६२ नं.को स्कूल बसलाई ना.२ख ७९४५ नं.को बसलेे ठक्कर दिंदा ६ जना बसका यात्रु घाइते भएका छन्। बिहान हेटौडा-९ नजिकै ना.१ख ७३९२ नं.को रोकी राखेको ट्रकलाई बा.२ ख ३०४५ नं.को बसले ठक्कर दिंदा सोही स्थानमा आईरहेको ज.१ख ५४६ नं.को ट्रकले बा.२ख ३०४५ नं.को बसलाई पछाडीबाट ठक्कर दिंदा बसका यात्री मध्ये ८ जना र्घाईते भएका छन्। घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। बिहान १० बजे हेटौडा १० टेम्पोपार्क नजिक बा.३प ७४३१ नं.को मोटरसाइकलले बसामाडी-२ बस्ने को श्याम पण्डीतलाई ठक्कर दिंएर घाइते बनाएको छ। आजै बिहा...