Skip to main content

सिकागोमा सुजाताको भव्य स्वागत

-सिकागोबाट ऋषि धमला
अमेरिका, ६ असोज। अमेरीका भ्रमणमा रहेकी परराष्ट्रमन्त्री सुजाता कोईरालाकोे सिकागो राज्य भव्य स्वागत र सम्मान गरिएको छ। सिकागोको नेसनल स्टाटेजीक फोरमले मंगलबार एक भव्य समारोहकावीच परराष्ट्रमन्त्री कोईरालाको सम्मानमा ब्रेकफास्ट मिटिङको आयोजना गर्‍यो।
सो कार्यक्रममा मन्त्री कोईरालाले नेपालको शान्ति प्रकृयाबारे लामो भाषण दिएकी थिईन। कोईरालाले सेना समायोजनको प्रसंगमा भनिन, मापदण्ड पुगेका माओवादी सेनालाई मात्र राष्ट्रिय सेनामा समायोजन गरिनेछ। तर समूहगत रुपमा सेना समायोजन गरिनेछैन। बरु, सेनामाबाहेक अन्य सुरक्षा निकाय र क्षेत्रमा उनीहरुलाई समावेश गर्न सकिन्छ। कोईरालाले नेपालको राजनीतिक गतिरोध अन्त्यका लागि नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोईरालाले अघि सार्नु भएको उच्च राजनीतिक संयन्त्रको अवधारणा कार्यान्वयन गर्नुपर्ने बताईन। सो अवसरमा उनले भुटानी शरणार्थीहरुले स-सम्मान स्वदेश र्फकन पाउनर्ुपर्छ भन्ने नेपालको अडान रहेको बताउँदै त्यसबारेमा आफुले भुटानी परराष्ट्रमन्त्रीसंग कुराकानी गर्ने जानकारी दिईन।
परराष्ट्रमन्त्री कोईरालाको सम्मानमा सिकागोका काउन्सलर मर्वीन होसलीनले दिवा भोजको आयोजना गरे। ८० देशका काउन्सलरहरुको सहभागीता रहेको सो कार्यक्रममा पनि कोईरालाले सम्बोधन गरेकी थिईन। कार्यक्रममा भारतका काउन्सलर अशोक आत्रेयले परराष्ट्रमन्त्री कोईरालाको प्रशंसा गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा कोईराला परिवारको योगदानको चर्चा गरेका थिए।

अर्न्तराष्ट्रिय मेयर सम्मेलनमा नेपाल पनि
निकट भविष्यमै सिकागो शहरमा हुने अर्न्तराष्ट्रिय मेयर सम्मेलनमा नेपालको पनि सहभागीता हुने भएको छ। अमेरीका भ्रमणका क्रममा सिकागो शहर पुगेकी नेपाली परराष्ट्रमन्त्री सुजाता कोईराला र सिकागो शहरका मेयर रिर्चड डेलीवीच बुधबार भएको भेटवार्तापछि सो सहमती भएको हो। भेटका अवसरमा सिकागोका मेयर डेलीले काठमाडौंको फोहर व्यवस्थापनका लागि सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए।
परराष्ट्रमन्त्री कोईरालाको स्वागतमा त्यहाँस्थित नेपाली जनसर्म्पर्क समितिले पनि एक कार्यक्रमको आयोजना गरेको थियो। सो अवसरमा कोईरालाले आफुले अमेरीकी पक्षसंग नेपालमा शान्ति र आर्थिक अभिवृद्धीका लागि सहयोग गर्न आग्रह गरेको बताएकी थिईन। अमेरीका नेपाललाई हर तरहले सहयोग गर्न तयार रहेको मैले पाएं, कोईरालाले भनिन्।
सिकागोमा परराष्ट्रमन्त्रीको विशेष स्वागत गरिएको थियो। एय पोर्टदेखी नै सुरक्षाको विशेष प्रवन्ध मिलाईएको थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।