Skip to main content

Posts

जिशिअ र प्रधानाध्यापकको कालो कर्तुत

वीरगंज, २० असोज । जिल्ला शिक्ष्ँा अधिकारीको मिलोमतोमा एक प्रधानाध्यापकले विद्यालय नै स्थापना नगरी लाखौंको रकम कुम्ल्याउने दाउमा लागेको खबर स्थानीयवासीले थाहा पाएपछि आज बिहान प्रधानाध्यापकलाइ नियन्त्रणमा लिएका थिए। वीरगंज-१५ शिवनगर स्थित होली एन्जल माविका प्रधानाध्यापक महोत्तरी निवासी अरविन्द सिंहले जिल्ला शिक्ष्ँा अधिकारीलाई मोटो नजराना दिइ वीरगंज १८ लक्ष्मणवामा श्री सिन्दुरिया माइ प्रा.वि खडा गरी ३ लाख २७ हजार रकम बुझेका थिए। स्थानीय व्यक्तिहरुले सिंहलाई पक्राउ गरी हरहिसाब माग्दा उनले १ लाख ७ हजार तलब खर्च, समुदायलाई १ लाख, पुस्तक तथा छात्रवृत्तिमा ४० हजार खर्च गर्नुको साथै नगद मौज्दात ८० हजार रहेको बताएका छन्। सिंहले सो गाउंको धर्मशालामा विद्यालय संचालन गर्ने र हरहिसाब बुझाउने सहमति पछि स्थानीयवासीले सिंहलाई छाडिदिएका थिए।

हत्यामा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

वीरगंज, २० असोज । पर्साको अलौं गाविसमा एक युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाइ पक्राउ गरेको छ। आज बिहान प्रहरीले अलौं-४ निवासी अलि मुसलमान, इजरायल मुसलमान र सुल्तान मियांलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा राखिएको हो। मंगलवार सोही ठाउं निवासी कैलाश तुरहाको छोरा जीतेन्द्र तुरहाको छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा पर्सर्ााे केेहुनिया गाउ“को बा“सघारी नजिकै लाश फेला परेको थियो।

नदीमा डुबेर एकजनाको मृत्यु

रौतहट, २० असोज । बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। आज बिहान पौंराही-३ स्थित बागमती नदीमा अपरिचित व्यक्ति डुबेर मृत्यु भएको हो। मृतकको नाम, ठेगाना खुल्न सकेको छैन। यसैगरी सिन्धुपाल्चोक, माङखा-९ अधेरी भन्ने स्थानमा सुनकोशी नदिको किनारमा धुस्कुन-९ बस्ने बर्ष३३ को किरण श्रेष्ठ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

कुटपिटमा तीनजना घाइते

वीरगंज, २० असोज । पुरानो रिसइवी साध्न दुइ व्यक्तिबीच झडप हुंदा तीनजना घाइते भएका छन्। आज बिहान मनियारी-१ बस्ने प्रेम यादव र बाबुलाल यादव बीच झडप भएपछि तीनजना घाइते भएका हुन्। घाइतेहरुको ना.उ.क्षे.अस्पताल बीरगंजमा उपचार भइरहेको छ।

२५ केजी गांजा बरामद

वीरगंज, २० असोज । भारततर्फ लैजांदै गरेको २५ केजी गांजा प्रहरीले बरामद गरेको छ। आज बिहान पर्साको अमरपट्ट िगाविस हुंदै गांजा तस्करहरुले गांजा लैजांदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीलाइ देखेपछि गांजा छाडेर फरार भएको प्राप्त जानकारीमा उल्लेख छ।

गाडीको भन्सार मूल्यांकनमा पुनर्विचार हुने संकेत

वीरगंज, २० असोज। भन्सार कार्यालयहरुले कोरियाको ह्युण्र्डाई कम्पनीले उत्पादन गरेको टुक्सन गाडीको मूल्यांकन ९००० यु.एस. डलर कायम गरेर त्यसको आधारमा भन्सार महसुल र अन्य करहरु लिएर जाँच पास गर्दै आएको थियो। त्यसरी पैठारी गरेर ल्याउँदा सो गाडीको लागत मूल्य करिब रु.२५ लाख पर्ने गर्दथ्यो। तर यता आएर भन्सार विभागले त्यस गाडीको मूल्यांकन दोब्बर गरेको छ। यु.एस. डलर १८००० को दरले महसुल लगाउँदा गाडीहरुको लागत मूल्य अब ४७ लाख पर्ने भएको छ। यस कारण आयातकर्ताहरु आफूले पैठारी गरी ल्याएको गाडी छुटाउन सकिरहेका छैनन्। गाडीहरु वीरगंज भन्सार र कोलकाता बन्दरगाहमा अल्पत्र परेका छन्। पैठारीकर्ताहरुले स्वीकृत बैंकिंग प्रक्रियाबाट आयात गरेको गाडीको मूल्यांकनलाई भन्सार कार्यालयले विगतमा आफैंले ९००० यु.एस. डलर अभिलेख कायम गरेतापनि हाल आएर त्यसलाई नमान्नुलाई रहस्यमय ठानिएको छ। सिपमेन्ट भइसकेपछि पर्ूव प्रभावी मितिबाट भन्सार विभागले मूल्यांकन अभिलेख अभिवृद्धि गर्नु अन्यायपर्ूण्ा रहेको गुनासो पैठारीकर्ताहरुको रहेको छ। भन्सार कार्यालय यदि मूल्यांकन वृद्धिमा अडिग रहन्छ भने हाम्रो बिजक अनुसारको वास्तविक मूल्य र को...

आलु र प्याजको मूल्य अझै बढ्ने

वीरगंज, २१ असोज । आलु र प्याजको भाउ आजदेखि पुन बढेको छ। वीरगंजको मीना बजारमा पांच किलो आलुको मूल्य एक सय ४४ रहदै आएकोमा आजदेखि वृद्धि भएर आज १ सय ५० पुगेको छ भने पांच किलो प्याजको भाउ एक सय ७० बाट १ सय ८० रुपैया पुगेको तरकारी तथा फलफूल व्यवसायी संघ पर्साले जनाएको छ। तरकारी तथा फलफूल व्यवसायी संघले गत वर्ष प्रमुख तरकारी आलुको खेतीमा कमी आएको र भारतको महाराष्ट्रमा बाढीका कारण पर्याप्त मात्रामा प्याज आयात हुन नसकेको कारण आलु र प्याजको मूल्य अझै बढ्ने जनाएको छ।