Skip to main content

गाडीको भन्सार मूल्यांकनमा पुनर्विचार हुने संकेत

वीरगंज, २० असोज। भन्सार कार्यालयहरुले कोरियाको ह्युण्र्डाई कम्पनीले उत्पादन गरेको टुक्सन गाडीको मूल्यांकन ९००० यु.एस. डलर कायम गरेर त्यसको आधारमा भन्सार महसुल र अन्य करहरु लिएर जाँच पास गर्दै आएको थियो। त्यसरी पैठारी गरेर ल्याउँदा सो गाडीको लागत मूल्य करिब रु.२५ लाख पर्ने गर्दथ्यो। तर यता आएर भन्सार विभागले त्यस गाडीको मूल्यांकन दोब्बर गरेको छ। यु.एस. डलर १८००० को दरले महसुल लगाउँदा गाडीहरुको लागत मूल्य अब ४७ लाख पर्ने भएको छ। यस कारण आयातकर्ताहरु आफूले पैठारी गरी ल्याएको गाडी छुटाउन सकिरहेका छैनन्। गाडीहरु वीरगंज भन्सार र कोलकाता बन्दरगाहमा अल्पत्र परेका छन्।
पैठारीकर्ताहरुले स्वीकृत बैंकिंग प्रक्रियाबाट आयात गरेको गाडीको मूल्यांकनलाई भन्सार कार्यालयले विगतमा आफैंले ९००० यु.एस. डलर अभिलेख कायम गरेतापनि हाल आएर त्यसलाई नमान्नुलाई रहस्यमय ठानिएको छ। सिपमेन्ट भइसकेपछि पर्ूव प्रभावी मितिबाट भन्सार विभागले मूल्यांकन अभिलेख अभिवृद्धि गर्नु अन्यायपर्ूण्ा रहेको गुनासो पैठारीकर्ताहरुको रहेको छ। भन्सार कार्यालय यदि मूल्यांकन वृद्धिमा अडिग रहन्छ भने हाम्रो बिजक अनुसारको वास्तविक मूल्य र कोलकाताबाट ल्याउनमा लागेको खर्च तिरेर भन्सार कार्यालयले नै हाम्रो गाडी खरिद गरि लिनु पर्ने माग पनि पैठारीकर्ताहरुको रहेको छ। अन्यथा, भन्सार कार्यालयले मूल्यांकन वृद्धि गर्ने निर्ण्र्ाागरेको मितिभन्दा पर्ूव सिपमेन्ट भएको गाडीहरुलाई पहिलेको अभिलेख मूल्यकै आधारमा जाँच पास गरिनुपर्ने उनीहरुको अडान रहेको छ।
कोरियन दूतावासले पैठारी गर्दा निर्यातकर्ताले बढी मूल्यको बिजक बनाएको कारण मूल्यांकन बढाइएको अडान भन्सार विभागको रहेको छ। तर दूतावासले आयात गरेको गाडी फुल अप्सन र फुल वारेण्टीको रहेको र साथै सो सरकारी खरिद भएकोले त्यस बिजकसँग तुलना गरी मूल्यांकन बढाउन नहुने तर्क आयातकर्ताहरुले अघि सारेका छन्। साथै भन्सार विभाग भारतीय गाडी पैठारीकर्ताहरुको सिन्डिकेटको इसारामा काम गरेको समेत आरोप लगाएका छन्। अपुष्ट समाचार अनुसार यो कुरा प्रकाशमा आए पश्चात् भन्सार विभागले टुक्सन गाडीको मूल्यांकन वृद्धिको प्रकरणमा पुनर्विचार गर्ने सोच बनाइरहेको छ।
नेपालमा हाल सबै प्रकारका गाडीहरुको पैठारीमा अन्तःशुल्कको नाममा समिकारक महसुल पनि लगाउँदै आइएको छ जसको कारण गाडीहरुको लागत मूल्य धेरै बढी परिरहेको छ। तर कार र एस.यु.भी. -स्पोर्टस युटेलिटी भेहिकल) को उत्पादन नेपालमा नहुने भएकोले सोमा समिकारक महसुल लिन नमिल्ने भन्ने आयातकर्ताहरुको दाबी छ। पैठारी महसुलको र्सवमान्य सिद्धान्त अनुसार यदि कुनै वस्तुको उत्पादन आफ्नो देशमा भइरहेको छैन भन्ने त्यसमा अन्तःशुल्क लगाई सोको आधारमा पैठारीको अवस्थामा समिकारक महसुल असुल गर्न मिल्दैन। नेपालले डब्लु.टि.ओ. मा प्रवेश गर्दा जापानको अडिगको आधारमा गाडीहरुको महसुल घटाउने वचन दिए अनुसार क्रमिक रुपले भन्सार महसुल घटाइरहेको छ तर अप्रत्यक्ष रुपमा सोही अनुपातमा अन्तःशुल्क बढाएर पैठारी महसुल घटेको प्रभावलाई समाप्त पार्दै आएको छ। यस सम्बन्धमा विश्व व्यापार संगठनले कुनै बेला पनि यसो नगर्ने निर्देशन नेपालको भन्सार प्रशासनलाई दिन सक्ने अवस्था विद्यमान रहेको कुरा विशेषज्ञहरुले बताउँछन्।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।